एजेन्सी- सिरियामा रासायनिक हतियार आक्रमण गरिएको भनिएको राजधानी दमास्कस नजिकैको डुमा भन्ने ठाउँमा अन्तर्राष्ट्रिय रासायनिक हतियार सम्बन्धी विशेषज्ञ पुगेका छन्।
अर्गनाइजेसन फर द प्रोहिबिजन अफफ केमिकल विपन्स (ओपिसिडब्ल्यू) ले डुमामा पुगेर रासायनिक हतियारको नमूना र अन्य प्रमाण संकलन गरेको छ।
डुमा अहिले सिरिया र रूसको नियन्त्रण छ। दुवै देशले त्यहाँ कुनै पनि प्रकारको रासायनिक हतियारको प्रयोग नगरेको बताउँदै आएका छन्।
गत अप्रिल ७ मा भएको रासायनिक आक्रमणमा ४० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको थियो।
सिरियामा भइरहेका रासायनिक आक्रमणलाई विषय बनाउँदै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा पटक-पटक चर्चा र आरोप-प्रत्यारोप चलेको थियो। यस लगत्तै अमेरिका, फ्रान्स र बेलायतले सिरियामा मिसाइल आक्रमण गरेका थिए।
ओपिसिडब्ल्यूले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो टिमले आक्रमण भएका ठाउँको निरीक्षण गर्दै संकलित नमूना परीक्षणका लागि द हेगको रिजस्विकमा रहेको प्रयोगशालामा पठाइएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।