मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी निमन्त्रणामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न तयार रहेको बताएका रूसी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ।
ट्रम्पले पुटिनसँग गत मार्च २० मा भएको टेलिफोन वार्तामा ह्वाइट हाउसमा भेट गर्नका लागि प्रस्ताव गरेको रूसी विदेशमन्त्री सेर्गेई लाभरोभले विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित अन्तवार्तामा बताएका छन्। लाभरोभले भने, 'अमेरिकाले निमन्त्रणाको विषयलाई प्रस्ट रूपमा प्रस्तुत गरोस्।'
ट्रम्प र पुटिनबीचको वार्तापछि सोही दिन अमेरिकी राष्ट्रपतिले सञ्चारमाध्यमसँग कुराकानी गरी आफूले पुटिनलाई ‘ढिलो नगरी’ भेट्न चाहेको बताएका थिए।
अमेरिकाले रसियामाथि लगाएको नयाँ चरणको नाकाबन्दी र सिरियामा अमेरिकी नेतृत्वमा भएको हवाई हमलाले पुटिन र ट्रम्पबीच हुने भनिएको वार्तालाई अनिश्चित बनाइदिएको विश्लेषण गरिएको छ ।
लाभरोभले भने रूस र अमेरिकाबीचको सैन्य विवादलाई ट्रम्प र पुटिनले सशस्त्र युद्धमा परिणत हुन नदिने दृढ विश्वास रहेको बताए। 'ट्रम्पले ट्वीटरमा रूस र अमेरिकाबीचको सम्बन्ध सुधारका लागि इच्छा व्यक्त गर्नुभएको छ,' उनले भने।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।