काठमाडौं- मोबाइल फोन इम्पोर्टर्स एसोशिएसन र नेपाल मोबाइल वितरक संघले मोबाइल फोनको अवैध कारोबार बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपालमा विभिन्न ब्राण्डका मोबाइल फोनका आयातकर्ताहरुको छाता संगठन, मोबाइल फोन इम्पोर्टर्स एसोशिएसन र देशका विभिन्न क्षेत्रमा मोबाइल फोनका बिक्री वितरण गर्दै आएका क्षेत्रीय वितरकहरुको छाता संगठन, नेपाल मोबाइल वितरक संघले बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै देशभित्र मोबाइल फोनका अनाधिकृत तथा अवैध कारोबार खुल्ला रुपमा बढेकोप्रति गम्भीर ध्यानाकर्षणको भएको बताएका छन्।
यी दुवै संस्थाले आफू आवद्ध मोबाइल पसललाई साउन १ गतेबाट बाट अनाधिकृत तथा अवैध मोबाइल फोनको खरीद बिकी नगर्न/नगराउन पनि निर्देशन दिएका छन्। यदि कुनै बिक्रेताबाट त्यस्ता मोबाइल फोनको खरिद बिक्री गरेको प्रमाण पाइएमा एक पटकका लागि सचेत गराएर छाड्ने र दोस्रो पटक पनि कुनै बिक्रेताबाट अनाधिकृत अवैध मोबाइल फोनका खरिद बिकी गरेको प्रमाण पाइएमा यस्ता फर्म बिक्रेतासँग मोबाइल फोन इम्पोर्टर्स एसोशिएसनका कुनै पनि सदस्यले कारोबार वा व्यापारिक सम्बन्ध नराख्ने गरी कालोसूचीमा राख्ने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।