काठमाडौं- सरकारले दूरसंचार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकम प्रालिको इजाजत नवीकरण गर्ने समय २ महिना थपेको छ।
कोभिड १९ महामारीका कारण इजाजतपत्र नवीकरणका लागि तिर्नुपर्ने शुल्क तिर्न नसकेको भन्दै स्मार्ट टेलिकमले संचार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएपछि २ महिना समय थप्ने निर्णय गरेको अर्थ एवं संचार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बताए।
यो साताको मन्त्रिपरिषदको निर्णय सुनाउँदै मन्त्री खतिवडाले यस्तो जानकारी दिएका हुन्। ‘स्मार्ट टेलिकम प्रालिको इजाजतपत्रको नवीकरण दस्तुर तिर्ने अवधि असार मसान्तसम्म तोकिएकोमा कोभिड १९ का कारणले असहजव भएको भनि निवेदन परेकाले अर्को २ महिना थपेर २०७७ भदौ मसान्तसम्ममा तिर्न भनिएको छ‚’ मन्त्रिपरिषदको निर्णय सुनाउँदै खतिवडाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।