• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विद्युतीय भुक्तानीमा भ्याट फिर्ता योजना असफल, १ वर्षमा ग्राहकले फिर्ता पाए ४८ हजार ८५८ रुपैयाँ

भ्याटको कम्प्लाएन्स बढाउने सिग्नेचर प्रोग्राम कार्यान्वयन फितलो
64x64
सविन मिश्र मंगलबार, असार ३०, २०७७  १४:२०
1140x725

काठमाडौं- विद्युतीय भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने सरकारको महत्वकांक्षी योजना पहिलो वर्ष असफल भएको छ। विद्युतीय माध्यम वा कार्डमार्फत् हुने भुक्तानीमा १० प्रतिशत भ्याट उपभोक्ताको बैक खातामै फिर्ता दिने घोषणा भएको एक वर्षसम्म पनि प्रभावकारी नदेखिएको हो।

आन्तरिक राजस्व विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको बजेटमार्फत् ल्याइएको यो योजनाअन्तर्गत अहिलेसम्म उपभोक्ताले ४८ हजार ८ सय ५८ रुपैयाँ भ्याट फिर्ता पाएका छन्। भाटभटेनी सुपरस्टोर, केकेएफ्‌सी र सेल्वेजमार्फत् भएका १६ सय २३ कारोबारबाट उपभोक्ताले उक्त रकम फिर्ता पाएका हुन्। 

सेल्वेजले दुईवटा परीक्षण कारोबार गरे पनि त्यसपछि कुनै काम गरेको छैन। लकडाउन सुरु भएका कारण कारोबार लामो समय नहुँदा यो कम्पनीको कारोबार नदेखिएको हुन सक्ने विभागको भनाइ छ। यसबीचमा सबैभन्दा धेरै कारोबार भाटभटेनी सुपरस्टोरअन्तर्गत भएको छ। भाटभटेनीमा १३ सय ४ वटा कारोबार कार्डबाट भएको र ग्राहकले भ्याट फिर्ता पाएको विभागको भनाइ छ। 

केकेएफसीअन्तर्गत ३१७ वटा कारोबार भएका छन्। यसबाट ग्राहकले ५ हजार २ सय ९८ रुपैयाँ भ्याट फिर्ता पाएको विभागको तथ्यांकमा उल्लेख छ। भाटभटेनीबाट ४३ हजार ५ सय २८ रुपैयाँ ग्राहकले फिर्ता पाएका छन्। 

ग्राहकले कार्डबाट भएको भुक्तानीमा मूल्य अभिवृद्धि कर फिर्ता पाएको भएपनि अन्य विद्युतीय माध्यम तथा भुक्तानी प्रदायकहरुको माध्यमबाट भुक्तान भएको छैन। सेलकम, इसेवा र खल्तीले यस्तो सेवा दिन आन्तरिक राजस्व विभागबाट अनुमति पाएको भएपनि उनीहरुको माध्यमबाट अहिलेसम्म कुनै रकम भुक्तानी भएको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

आन्तरिक राजस्व विभागका अधिकारीहरुले भने भुक्तानी र फर्स्योटको प्रणाली प्रभावकारी नभएका कारण सोचेजस्तो उपलब्धि हुन नसकेको बताउँछन्। 'यो विषय अलि प्राविधिक थियो, हामीले केही व्यवस्था त गर्‍यौँ तर त्यो पर्याप्त छैन,' विभागका एक अधिकारीले भने, 'यसलाई अझै परिस्कृत बनाउन नेपाल राष्ट्र बैंकसहित अन्य सरोकारवालासँग छलफल भइरहेको छ, सुधार हुँदैछ।' 

के हो यो योजना?
सरकराले मूल्य अभिवृद्धि करको कम्प्लाएन्स बढाउन चालु आर्थिक वर्षबाट उपभोक्तालाई सहजता दिने गरी यो प्याकेज ल्याएको थियो। भ्याटको कम्प्लाएन्स बढाउन सरकारले 'सिग्नेचर प्रोग्राम'कै रूपमा यसलाई अघि बढाउन खोजेको थियो। 

चालु वर्षको बजेट बक्तव्यको बुँदा नं ३८८ मा भनिएको छ, 'मूल्य अभिवृद्धि करको संकलन प्रभावकारी तुल्याउन उपभोक्ताले वस्तु तथा सेवा खरिदको मूल्य कार्ड वा विद्यतीय भुक्तानीबाट गरेमा त्यसरी भुक्तानी गरिएको बिजकमा उल्लेखित मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम भुक्तानीकर्ताको बैंक खातामा स्वत: हुने व्यवस्था गरी त्यसरी जम्मा हुने रकममा अग्रिम करकट्टी गर्नु नपर्ने व्यवस्था मिलाएको छु।' 

Xtrem
Xtrem

यसअनुसार कुनै ग्राहकले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु १००० रुपैयाँमा खरिद गर्दा उसले १३० रुपैयाँ भ्याट तिर्नुपर्ने हुन्छ। यदि उसले यो रकम विद्युतीय माध्यम वा कार्डबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर रकमको १० प्रतिशत अर्थात् १३ रुपैयाँ आफ्नो बैंक खातामा फिर्ता पाउँछ। 

प्रणालीगत जटिलताका कारण साउनबाट कार्यान्वयनमा आउन नसकेको यो व्यवस्था पुसबाट कार्यान्वयनमा ल्याइएको थियो। आन्तरिक राजस्व विभागले यो व्यवस्था कार्यान्वयन गर्न विद्युतीय बिजकसम्बन्धी कार्यविधि संशोधन गरेर केही व्यवस्था थपेको छ। संशोधित कार्यविधिको अनुसूची ८ मा उपभोक्तालाई कसरी मूल्य अभिवृद्धि कर फिर्ता दिने विषय उल्लेख गरिएको छ। 

नयाँ व्यवस्थाअनुसार करदाताको स्थायी लेखा नम्बर, बिजक नम्बर, भुक्तानी दिएको कूल रकम, मूल्य अभिवृद्धि कर रकम, त्यसको १० प्रतिशत हुन आउने रकम, ग्राहक पहिचान नम्बर र कारोबार संकेत नम्बर उल्लेख गर्नुपर्छ। 'दर्तावाल करदाताले यी जानकारी भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकलाई नेपाल राष्ट्र बैंकले निर्धारण गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्व:चालितरूपमा पठाउनुपर्नेछ,' कार्यविधिमा भनिएको छ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्