• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
विद्युतीय भुक्तानीमा भ्याट फिर्ता योजना असफल, १ वर्षमा ग्राहकले फिर्ता पाए ४८ हजार ८५८ रुपैयाँ भ्याटको कम्प्लाएन्स बढाउने सिग्नेचर प्रोग्राम कार्यान्वयन फितलो
64x64
सविन मिश्र मंगलबार, असार ३०, २०७७  १४:२०
1140x725

काठमाडौं- विद्युतीय भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने सरकारको महत्वकांक्षी योजना पहिलो वर्ष असफल भएको छ। विद्युतीय माध्यम वा कार्डमार्फत् हुने भुक्तानीमा १० प्रतिशत भ्याट उपभोक्ताको बैक खातामै फिर्ता दिने घोषणा भएको एक वर्षसम्म पनि प्रभावकारी नदेखिएको हो।

आन्तरिक राजस्व विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको बजेटमार्फत् ल्याइएको यो योजनाअन्तर्गत अहिलेसम्म उपभोक्ताले ४८ हजार ८ सय ५८ रुपैयाँ भ्याट फिर्ता पाएका छन्। भाटभटेनी सुपरस्टोर, केकेएफ्‌सी र सेल्वेजमार्फत् भएका १६ सय २३ कारोबारबाट उपभोक्ताले उक्त रकम फिर्ता पाएका हुन्। 

सेल्वेजले दुईवटा परीक्षण कारोबार गरे पनि त्यसपछि कुनै काम गरेको छैन। लकडाउन सुरु भएका कारण कारोबार लामो समय नहुँदा यो कम्पनीको कारोबार नदेखिएको हुन सक्ने विभागको भनाइ छ। यसबीचमा सबैभन्दा धेरै कारोबार भाटभटेनी सुपरस्टोरअन्तर्गत भएको छ। भाटभटेनीमा १३ सय ४ वटा कारोबार कार्डबाट भएको र ग्राहकले भ्याट फिर्ता पाएको विभागको भनाइ छ। 

केकेएफसीअन्तर्गत ३१७ वटा कारोबार भएका छन्। यसबाट ग्राहकले ५ हजार २ सय ९८ रुपैयाँ भ्याट फिर्ता पाएको विभागको तथ्यांकमा उल्लेख छ। भाटभटेनीबाट ४३ हजार ५ सय २८ रुपैयाँ ग्राहकले फिर्ता पाएका छन्। 

ग्राहकले कार्डबाट भएको भुक्तानीमा मूल्य अभिवृद्धि कर फिर्ता पाएको भएपनि अन्य विद्युतीय माध्यम तथा भुक्तानी प्रदायकहरुको माध्यमबाट भुक्तान भएको छैन। सेलकम, इसेवा र खल्तीले यस्तो सेवा दिन आन्तरिक राजस्व विभागबाट अनुमति पाएको भएपनि उनीहरुको माध्यमबाट अहिलेसम्म कुनै रकम भुक्तानी भएको छैन। 

आन्तरिक राजस्व विभागका अधिकारीहरुले भने भुक्तानी र फर्स्योटको प्रणाली प्रभावकारी नभएका कारण सोचेजस्तो उपलब्धि हुन नसकेको बताउँछन्। 'यो विषय अलि प्राविधिक थियो, हामीले केही व्यवस्था त गर्‍यौँ तर त्यो पर्याप्त छैन,' विभागका एक अधिकारीले भने, 'यसलाई अझै परिस्कृत बनाउन नेपाल राष्ट्र बैंकसहित अन्य सरोकारवालासँग छलफल भइरहेको छ, सुधार हुँदैछ।' 

के हो यो योजना?
सरकराले मूल्य अभिवृद्धि करको कम्प्लाएन्स बढाउन चालु आर्थिक वर्षबाट उपभोक्तालाई सहजता दिने गरी यो प्याकेज ल्याएको थियो। भ्याटको कम्प्लाएन्स बढाउन सरकारले 'सिग्नेचर प्रोग्राम'कै रूपमा यसलाई अघि बढाउन खोजेको थियो। 

चालु वर्षको बजेट बक्तव्यको बुँदा नं ३८८ मा भनिएको छ, 'मूल्य अभिवृद्धि करको संकलन प्रभावकारी तुल्याउन उपभोक्ताले वस्तु तथा सेवा खरिदको मूल्य कार्ड वा विद्यतीय भुक्तानीबाट गरेमा त्यसरी भुक्तानी गरिएको बिजकमा उल्लेखित मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम भुक्तानीकर्ताको बैंक खातामा स्वत: हुने व्यवस्था गरी त्यसरी जम्मा हुने रकममा अग्रिम करकट्टी गर्नु नपर्ने व्यवस्था मिलाएको छु।' 

यसअनुसार कुनै ग्राहकले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु १००० रुपैयाँमा खरिद गर्दा उसले १३० रुपैयाँ भ्याट तिर्नुपर्ने हुन्छ। यदि उसले यो रकम विद्युतीय माध्यम वा कार्डबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर रकमको १० प्रतिशत अर्थात् १३ रुपैयाँ आफ्नो बैंक खातामा फिर्ता पाउँछ। 

प्रणालीगत जटिलताका कारण साउनबाट कार्यान्वयनमा आउन नसकेको यो व्यवस्था पुसबाट कार्यान्वयनमा ल्याइएको थियो। आन्तरिक राजस्व विभागले यो व्यवस्था कार्यान्वयन गर्न विद्युतीय बिजकसम्बन्धी कार्यविधि संशोधन गरेर केही व्यवस्था थपेको छ। संशोधित कार्यविधिको अनुसूची ८ मा उपभोक्तालाई कसरी मूल्य अभिवृद्धि कर फिर्ता दिने विषय उल्लेख गरिएको छ। 

नयाँ व्यवस्थाअनुसार करदाताको स्थायी लेखा नम्बर, बिजक नम्बर, भुक्तानी दिएको कूल रकम, मूल्य अभिवृद्धि कर रकम, त्यसको १० प्रतिशत हुन आउने रकम, ग्राहक पहिचान नम्बर र कारोबार संकेत नम्बर उल्लेख गर्नुपर्छ। 'दर्तावाल करदाताले यी जानकारी भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकलाई नेपाल राष्ट्र बैंकले निर्धारण गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्व:चालितरूपमा पठाउनुपर्नेछ,' कार्यविधिमा भनिएको छ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सेयर बजारमा हरियाली सेयर बजारमा उछाल आए पनि कारोबार रकममा गिरावट आएको छ। अघिल्लो साताको बिहीबार ८ अर्ब बराबरको सेयर कारोबार हुँदा आइतबार ७ अर्ब बराबरको... आइतबार, असार १५, २०८२
बजारमा अधिक तरलता कायमै, आज फेरि ३० अर्ब तान्दै राष्ट्र बैंक बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र  बैंकले यस्तो तरलता निरन्तर खिच्दै आएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप बढेपछि आइतबार ३ ब... आइतबार, असार १५, २०८२
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै गत आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आवको असार १० गतेसम्मको अवधिमा भने त... शनिबार, असार १४, २०८२
ताजा समाचारसबै
फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै १२ लाख बढिको क्षति सोमबार, असार १६, २०८२
मोहना नदीमा पानीको बाहव बढ्यो, उच्च सतर्क रहन आग्रह सोमबार, असार १६, २०८२
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन सोमबार, असार १६, २०८२
मुगुमा पुनः भूकम्पको धक्का सोमबार, असार १६, २०८२
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
पोखराले कुशल भुर्तेल सहित ६ खेलाडी रिटेन गर्‍यो आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्