• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

ओम्नीभन्दा सस्तोमा मेडिकल सामग्री दिने अनिताको प्रस्ताव 'बाइपास' गर्न लिस्ट नै फेरिएको खुलासा

२९ वटाबाट १९ मा झारेर आरडिटी किट थप
64x64
उत्तम काप्री आइतबार, असार ७, २०७७  २०:५३
1140x725
ओम्नी ग्रुपले नेपालमा ल्याएका मेडिकल सामग्री। तर सेटिङ गरी महँगोमा ल्याइएको भन्दै स्वास्थ्य सेवा विभागले ओम्नीसँगको ठेक्का रद्द गरेको थियो।

काठमाडौं- स्वास्थ्य सेवा विभागले ओबिबीसिआई (ओम्नी ग्रुप)भन्दा सस्तोमा मेडिकल सामग्री दिने गरी अनिता बिजनेस हाउस प्रालिले प्रस्ताव गरेपछि खरिद गर्ने मेडिकल सामग्रीको सूची नै परिवर्तन भएको तथ्य फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको विभागले बढी रकम कबुल गर्ने ओम्नीलाई टेन्डर दिन मेडिकल सामग्रीको सूची नै परिर्वतन गरेको खुलेको हो।

ओम्नीले भन्दा ४ हजार ५ सय डलर सस्तोमा २९ औषधि दिने प्रस्ताव गरेको अनिता बिजनेस हाउसलाई बाइपास गर्न मेडिकल सामग्रीको कोटेसन नै परिर्वतन गरिएको कागजपत्र नेपाल लाइभले प्राप्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले नेपाल लाइभलाई उपलब्ध गराएको विवरणमा ओम्नीभन्दा ४ हजार ५ सय डलर सस्तो गरी २९ प्रकारका मेडिकल सामान दिने प्रस्ताव अनिता बिजनेस हाउसले पेस गरेको देखिन्छ।

उपप्रधान तथा रक्षामन्त्री संयोजक रहेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बैसाख ११ गते नै यी सामग्री खरिद गर्ने निर्णय गरेको थियो। बैसाख ११ गते नै विभागले २४ घन्टे सूचना प्रकाशन गर्दै २९ प्रकारका मेडिकल सामाग्री खरिदका लागि प्रस्ताव आह्वान गरेको थियो।यसपछि विभागले चैत १३ गते व्यवसायीहरुलाई छलफलमा बोलाएको थियो। छलफलमा सहभागीमध्ये ७ वटा कम्पनीले सरकारले खरिद गर्न लागेको मेडिकल सामग्री दिन सक्ने जनाएका थिए। व्यवसायीको सहमतिपछि विभागले व्यवसायीहरुसँगै २९ प्रकारका मेडिकल सामग्रीको सूची दिएको थियो। सोही सूचीका आधारमा ओम्नी र अनिता बिजनेस हाउसले मूल्यसहितको प्रस्ताव पेस गरेका थिए।

यो पनि पढ्नुहोस्

सेटिङको कम्पनीले नपाउने भएपछि शनिबार गरिएको २८ करोडको टेन्डर शनिबारै रद्दआइतबार, असार ७, २०७७

छलफलमा मेडिकल सामग्री दिन सहमति दिने कम्पनीहरुमा सेनोङ हर्बल मेडिसिन प्रोड्युसर, सिसाज मेडिटेक, न्यू इसा इन्टरप्राइजेज, ओबिबिसिआई (ओम्नी), अम्बला ग्रुप, अनिता बिजनेस हाउस एन्ड मिडिया सोलुसनलगायतका थिए।

विभागले १२ गते साँझ ६ बजेसम्म मूल्यसूची माग्ने र छलफल गर्ने निर्णय गरेको थियो। तर, दुई वटा फर्मले मात्रै मेडिकल सामग्रीको मूल्यसूची बुझाए। मूल्यसूची बुझाउनेमा ओम्नी र अनिता हाउस मात्रै भए। ओम्नीले २ करोड ८५ लाख ८४ हजारमा तोकिएका २९ प्रकारका मेडिकल सामग्री दिने भन्दै मूल्य सूची बुझाएको थियो भने अनिता बिजनेस हाउसले ओम्नीभन्दा ४ हजार ५ सय डलर कम हुने गरी २ करोड ८५ लाख ७९ हजार ५ सय डलरमा ती २९ प्रकारको मेडिकल सामग्री दिने भन्दै सूची पेस गरेको थियो।

विभागका महानिर्देशक र निर्देशकलाई ओम्नीबाट मात्रै मेडिकल सामग्री खरिद गर्ने दबाब थियो। दबाब दिनेमा कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति संयोजक रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल  थिए। उनीहरूले ओम्नीबाहेक अन्यसँग मेडिकल सामग्री खरिद नगर्न दबाब दिए।

यो पनि पढ्नुहोस्

कोरोनाको कहरमा पनि कमिसन चक्करशनिबार, चैत १५, २०७६

त्यति मात्रै नभई विभागले निर्णय गरेर मेडिकल सामग्री खरिद गर्ने जिम्मा दिनुपर्ने ठाउँमा ओम्नीसँग नै मेडिकल सामग्री खरिदको बाटो तय गर्नकै लागि मन्त्री ढकालका विज्ञ सल्लाकार डा खेम कार्कीको संयोजकत्वमा वार्ता कमिटी गठन भएको डकुमेन्टसमेत नेपाल लाइभले प्राप्त गरेको छ। मेडिकल सामग्री खरिद गर्ने वा नगर्ने र कुन कम्पनीसँग खरिद गर्ने निर्क्यौल गर्ने जिम्मा पाएको विभागका तत्कालीन महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई अधिकार दिनुपर्नेमा उनलाई बाइपास गरेर कार्कीलाई वार्ता टोलीको संयोजक बनाइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसबाट पनि ओम्नीसँग मेडिकल सामग्री खरिदका लागि पहिले नै मन्त्री ढकाल, मन्त्री पोखरेल र डा कार्कीबीच सेटिङ गर्ने तय भएको पुष्टि गर्ने बलियो आधार बनेको छ। 

बैसाख १२ गते साँझ ६ बजेसम्म व्यवसायीहरुसँग मेडिकल सामग्रीको मूल्य सूची माग्दा ओम्नीले भन्दा सस्तोमा मेडिकल सामग्री दिने भन्दै अनिता हाउसले प्रस्ताव हाल्यो। यसपछि ओम्नीसँग मात्रै मेडिकल सामग्री खरिद गर्नुपर्ने भन्दै लागी परेकाहरुले मेडिकल सामग्रीको नयाँ लिस्ट तयार पारे। 

तत्कालीन समयमा २९ प्रकारका मेडिकल सामग्रीभन्दा पनि १९ प्रकारका सामग्री मात्रै तत्कालका लागि आवश्यक भएको भन्दै स्वास्थ्यमन्त्री ढकालका विज्ञसमेत रहेका वार्ता कमिटी संयोजक डा कार्कीले लिस्ट बनाएको विभाग उच्च स्रोतको भनाइ छ।

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

यस्ता छन् मेडिकल सामग्री खरिदका 'खलपात्र' र उनीहरूको स्वार्थ-कथासोमबार, असार १, २०७७

डा कार्कीले ओम्नी र अनिताले हालेका प्रस्तावबाट ओम्नीले सस्तोमा दिने चोहेको र अनिताले महँगोमा दिने भन्दै गरेको प्रस्तावका आधारमा १९ वटा मेडिकल सामग्रीको लिस्ट तयार पारेको स्रोतको दाबी छ। त्यति मात्रै नभई डा कार्कीले ओम्नी र अनिताले पहिलो पटक बुझाएको लिस्टमा नभएको आरडिटी किट खरिद गर्ने विषयसमेत समावेश भएको लिस्ट तयार पारेका थिए। 

तर, २९ प्रकारका मेडिकल सामग्रीको लिस्टमा आरडिटी किट उल्लेख थिएन। त्यसमा पनि ओम्नीले भन्दा अनिता हाउसले नै कम रकममा मेडिकल सामग्री दिने प्रस्ताव गरेको थियो। दुई वटा व्यावसायिक हाउसले दिएको प्रस्तावबाट मेडिकल सामग्री कम गराउने र आरडिटी थप्ने काम पनि डा कार्कीले नै गरेको विभाग स्रोत बताउँछ। डा कार्कीले ओम्नी ग्रुपले अनिता बिजनेस हाउसभन्दा सस्तोमा सामान दिन तयार भएको बताएका थिए। त्यसको एउटै कारण हो ओम्नीको रकम कम भएको देखाउनु र टेन्डर पनि ओम्नीलाई नै दिनु। मेडिकल सामग्री खरिदमा डा कार्कीलाई कमिसन सेटिङको कामकै लागि वार्ता समिति संयोजक बनाइएको थियो। मन्त्रीको योजनाअनुसार काम भयो पनि। डा कार्की ओम्नीलाई नै ठेक्का दिलाउन सफल भए। डा कार्कीले २९ वटा सामग्रीबाट १९ मा झार्दै ओम्नीसँग १ करोड ३ लाख ९० हजार ४ सय डलरमा ३ लटमा सामग्री लिने गरी दुईपक्षीय सम्झौता गराउन सफल भए।

यो पनि पढ्नुहोस्

कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालय ‘फेल’ बनाउने मुख्य २ पात्र, स्वास्थ्यमन्त्रीकै साथशुक्रबार, असार ५, २०७७

सम्झौतामा पहिलो लटका सामग्री ३० मार्चमा आइपुग्ने उल्लेख थियो। पहिलो पटक ९० लाख ४८ हजार ८ सय ७३ डलरका सामग्री आइपुग्नुपर्ने उल्लेख थियो। तर, उक्त समयमा ओम्नीले १६ लाख ४९ हजार डलरका मात्र सामान ल्याउन सक्यो। तर पहिलो लटमा नै ल्याउने भनिएका सामग्री उसले ल्याउन सकेन। बरु दोस्रो र तेस्रो लटमा ल्याउने भनी सम्झौतामा उल्लेख भएका मेडिकल सामग्री उसले पहिलो लटमा विभागलाई बुझाएको थियो। यसमा आरडिटी किट पनि समावेश थिए। 

यसरी डा कार्कीकै डिजाइनमा डब्लुएचओले समेत मान्यता नदिएका आरडिटी किट नेपाल भित्र्याइएको थियो। ओम्नीले सुरुमा नै ७५ हजार आरडिटी किट ल्याएको थियो।

यो पनि पढ्नुहोस्

रक्षामन्त्रीको स्वार्थले बदनाम भएको भन्दै मेडिकल सामग्री खरिदबाट बाहिरियो सेना, यी हुन् सवा २ अर्बका सामग्रीबुधबार, असार ३, २०७७

ओम्नीले महँगो मूल्यमा विभागलाई सामग्री बुझाउन लागेको र यो प्रकरणमा व्यापक आर्थिक अनियमितता भएको भन्दै सर्वत्र विरोध भएपछि विभागका तत्कालीन महाननिर्देश महेन्द्रप्रसाद श्रेष्ठले चैत २० गते ओम्नीसँगको टेन्डर सम्झौता रद्द गरिएको जानकारी दिए।

समयमै मेडिकल सामग्री नदिएको र दिएका मेडिकल सामग्री पनि गुणस्तरहीन भएको भन्दै श्रेष्ठले ओम्नीसँगको ठेक्का रद्द गरेका बताएका थिए। यो ठेक्काको विषयमा सार्वजनिक लेखा समितिमा असार ८ गते छलफल हुने भएको छ। 

यो पनि पढ्नुहोस्

सेनाले जिटुजीमार्फत् किनेका मेडिकल सामग्रीमा एक अर्बभन्दा बढी घोटाला! कुन सामानमा कति?मंगलबार, जेठ २७, २०७७

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  २०:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्