• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

ओम्नीभन्दा सस्तोमा मेडिकल सामग्री दिने अनिताको प्रस्ताव 'बाइपास' गर्न लिस्ट नै फेरिएको खुलासा

२९ वटाबाट १९ मा झारेर आरडिटी किट थप
64x64
उत्तम काप्री आइतबार, असार ७, २०७७  २०:५३
1140x725
ओम्नी ग्रुपले नेपालमा ल्याएका मेडिकल सामग्री। तर सेटिङ गरी महँगोमा ल्याइएको भन्दै स्वास्थ्य सेवा विभागले ओम्नीसँगको ठेक्का रद्द गरेको थियो।

काठमाडौं- स्वास्थ्य सेवा विभागले ओबिबीसिआई (ओम्नी ग्रुप)भन्दा सस्तोमा मेडिकल सामग्री दिने गरी अनिता बिजनेस हाउस प्रालिले प्रस्ताव गरेपछि खरिद गर्ने मेडिकल सामग्रीको सूची नै परिवर्तन भएको तथ्य फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको विभागले बढी रकम कबुल गर्ने ओम्नीलाई टेन्डर दिन मेडिकल सामग्रीको सूची नै परिर्वतन गरेको खुलेको हो।

ओम्नीले भन्दा ४ हजार ५ सय डलर सस्तोमा २९ औषधि दिने प्रस्ताव गरेको अनिता बिजनेस हाउसलाई बाइपास गर्न मेडिकल सामग्रीको कोटेसन नै परिर्वतन गरिएको कागजपत्र नेपाल लाइभले प्राप्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले नेपाल लाइभलाई उपलब्ध गराएको विवरणमा ओम्नीभन्दा ४ हजार ५ सय डलर सस्तो गरी २९ प्रकारका मेडिकल सामान दिने प्रस्ताव अनिता बिजनेस हाउसले पेस गरेको देखिन्छ।

उपप्रधान तथा रक्षामन्त्री संयोजक रहेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बैसाख ११ गते नै यी सामग्री खरिद गर्ने निर्णय गरेको थियो। बैसाख ११ गते नै विभागले २४ घन्टे सूचना प्रकाशन गर्दै २९ प्रकारका मेडिकल सामाग्री खरिदका लागि प्रस्ताव आह्वान गरेको थियो।यसपछि विभागले चैत १३ गते व्यवसायीहरुलाई छलफलमा बोलाएको थियो। छलफलमा सहभागीमध्ये ७ वटा कम्पनीले सरकारले खरिद गर्न लागेको मेडिकल सामग्री दिन सक्ने जनाएका थिए। व्यवसायीको सहमतिपछि विभागले व्यवसायीहरुसँगै २९ प्रकारका मेडिकल सामग्रीको सूची दिएको थियो। सोही सूचीका आधारमा ओम्नी र अनिता बिजनेस हाउसले मूल्यसहितको प्रस्ताव पेस गरेका थिए।

यो पनि पढ्नुहोस्

सेटिङको कम्पनीले नपाउने भएपछि शनिबार गरिएको २८ करोडको टेन्डर शनिबारै रद्दआइतबार, असार ७, २०७७

छलफलमा मेडिकल सामग्री दिन सहमति दिने कम्पनीहरुमा सेनोङ हर्बल मेडिसिन प्रोड्युसर, सिसाज मेडिटेक, न्यू इसा इन्टरप्राइजेज, ओबिबिसिआई (ओम्नी), अम्बला ग्रुप, अनिता बिजनेस हाउस एन्ड मिडिया सोलुसनलगायतका थिए।

विभागले १२ गते साँझ ६ बजेसम्म मूल्यसूची माग्ने र छलफल गर्ने निर्णय गरेको थियो। तर, दुई वटा फर्मले मात्रै मेडिकल सामग्रीको मूल्यसूची बुझाए। मूल्यसूची बुझाउनेमा ओम्नी र अनिता हाउस मात्रै भए। ओम्नीले २ करोड ८५ लाख ८४ हजारमा तोकिएका २९ प्रकारका मेडिकल सामग्री दिने भन्दै मूल्य सूची बुझाएको थियो भने अनिता बिजनेस हाउसले ओम्नीभन्दा ४ हजार ५ सय डलर कम हुने गरी २ करोड ८५ लाख ७९ हजार ५ सय डलरमा ती २९ प्रकारको मेडिकल सामग्री दिने भन्दै सूची पेस गरेको थियो।

विभागका महानिर्देशक र निर्देशकलाई ओम्नीबाट मात्रै मेडिकल सामग्री खरिद गर्ने दबाब थियो। दबाब दिनेमा कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति संयोजक रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल  थिए। उनीहरूले ओम्नीबाहेक अन्यसँग मेडिकल सामग्री खरिद नगर्न दबाब दिए।

यो पनि पढ्नुहोस्

कोरोनाको कहरमा पनि कमिसन चक्करशनिबार, चैत १५, २०७६

त्यति मात्रै नभई विभागले निर्णय गरेर मेडिकल सामग्री खरिद गर्ने जिम्मा दिनुपर्ने ठाउँमा ओम्नीसँग नै मेडिकल सामग्री खरिदको बाटो तय गर्नकै लागि मन्त्री ढकालका विज्ञ सल्लाकार डा खेम कार्कीको संयोजकत्वमा वार्ता कमिटी गठन भएको डकुमेन्टसमेत नेपाल लाइभले प्राप्त गरेको छ। मेडिकल सामग्री खरिद गर्ने वा नगर्ने र कुन कम्पनीसँग खरिद गर्ने निर्क्यौल गर्ने जिम्मा पाएको विभागका तत्कालीन महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई अधिकार दिनुपर्नेमा उनलाई बाइपास गरेर कार्कीलाई वार्ता टोलीको संयोजक बनाइएको थियो।

Ncell 2
Ncell 2

यसबाट पनि ओम्नीसँग मेडिकल सामग्री खरिदका लागि पहिले नै मन्त्री ढकाल, मन्त्री पोखरेल र डा कार्कीबीच सेटिङ गर्ने तय भएको पुष्टि गर्ने बलियो आधार बनेको छ। 

बैसाख १२ गते साँझ ६ बजेसम्म व्यवसायीहरुसँग मेडिकल सामग्रीको मूल्य सूची माग्दा ओम्नीले भन्दा सस्तोमा मेडिकल सामग्री दिने भन्दै अनिता हाउसले प्रस्ताव हाल्यो। यसपछि ओम्नीसँग मात्रै मेडिकल सामग्री खरिद गर्नुपर्ने भन्दै लागी परेकाहरुले मेडिकल सामग्रीको नयाँ लिस्ट तयार पारे। 

तत्कालीन समयमा २९ प्रकारका मेडिकल सामग्रीभन्दा पनि १९ प्रकारका सामग्री मात्रै तत्कालका लागि आवश्यक भएको भन्दै स्वास्थ्यमन्त्री ढकालका विज्ञसमेत रहेका वार्ता कमिटी संयोजक डा कार्कीले लिस्ट बनाएको विभाग उच्च स्रोतको भनाइ छ।

यो पनि पढ्नुहोस्

यस्ता छन् मेडिकल सामग्री खरिदका 'खलपात्र' र उनीहरूको स्वार्थ-कथासोमबार, असार १, २०७७

डा कार्कीले ओम्नी र अनिताले हालेका प्रस्तावबाट ओम्नीले सस्तोमा दिने चोहेको र अनिताले महँगोमा दिने भन्दै गरेको प्रस्तावका आधारमा १९ वटा मेडिकल सामग्रीको लिस्ट तयार पारेको स्रोतको दाबी छ। त्यति मात्रै नभई डा कार्कीले ओम्नी र अनिताले पहिलो पटक बुझाएको लिस्टमा नभएको आरडिटी किट खरिद गर्ने विषयसमेत समावेश भएको लिस्ट तयार पारेका थिए। 

तर, २९ प्रकारका मेडिकल सामग्रीको लिस्टमा आरडिटी किट उल्लेख थिएन। त्यसमा पनि ओम्नीले भन्दा अनिता हाउसले नै कम रकममा मेडिकल सामग्री दिने प्रस्ताव गरेको थियो। दुई वटा व्यावसायिक हाउसले दिएको प्रस्तावबाट मेडिकल सामग्री कम गराउने र आरडिटी थप्ने काम पनि डा कार्कीले नै गरेको विभाग स्रोत बताउँछ। डा कार्कीले ओम्नी ग्रुपले अनिता बिजनेस हाउसभन्दा सस्तोमा सामान दिन तयार भएको बताएका थिए। त्यसको एउटै कारण हो ओम्नीको रकम कम भएको देखाउनु र टेन्डर पनि ओम्नीलाई नै दिनु। मेडिकल सामग्री खरिदमा डा कार्कीलाई कमिसन सेटिङको कामकै लागि वार्ता समिति संयोजक बनाइएको थियो। मन्त्रीको योजनाअनुसार काम भयो पनि। डा कार्की ओम्नीलाई नै ठेक्का दिलाउन सफल भए। डा कार्कीले २९ वटा सामग्रीबाट १९ मा झार्दै ओम्नीसँग १ करोड ३ लाख ९० हजार ४ सय डलरमा ३ लटमा सामग्री लिने गरी दुईपक्षीय सम्झौता गराउन सफल भए।

यो पनि पढ्नुहोस्

कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालय ‘फेल’ बनाउने मुख्य २ पात्र, स्वास्थ्यमन्त्रीकै साथशुक्रबार, असार ५, २०७७

सम्झौतामा पहिलो लटका सामग्री ३० मार्चमा आइपुग्ने उल्लेख थियो। पहिलो पटक ९० लाख ४८ हजार ८ सय ७३ डलरका सामग्री आइपुग्नुपर्ने उल्लेख थियो। तर, उक्त समयमा ओम्नीले १६ लाख ४९ हजार डलरका मात्र सामान ल्याउन सक्यो। तर पहिलो लटमा नै ल्याउने भनिएका सामग्री उसले ल्याउन सकेन। बरु दोस्रो र तेस्रो लटमा ल्याउने भनी सम्झौतामा उल्लेख भएका मेडिकल सामग्री उसले पहिलो लटमा विभागलाई बुझाएको थियो। यसमा आरडिटी किट पनि समावेश थिए। 

यसरी डा कार्कीकै डिजाइनमा डब्लुएचओले समेत मान्यता नदिएका आरडिटी किट नेपाल भित्र्याइएको थियो। ओम्नीले सुरुमा नै ७५ हजार आरडिटी किट ल्याएको थियो।

यो पनि पढ्नुहोस्

रक्षामन्त्रीको स्वार्थले बदनाम भएको भन्दै मेडिकल सामग्री खरिदबाट बाहिरियो सेना, यी हुन् सवा २ अर्बका सामग्रीबुधबार, असार ३, २०७७

ओम्नीले महँगो मूल्यमा विभागलाई सामग्री बुझाउन लागेको र यो प्रकरणमा व्यापक आर्थिक अनियमितता भएको भन्दै सर्वत्र विरोध भएपछि विभागका तत्कालीन महाननिर्देश महेन्द्रप्रसाद श्रेष्ठले चैत २० गते ओम्नीसँगको टेन्डर सम्झौता रद्द गरिएको जानकारी दिए।

समयमै मेडिकल सामग्री नदिएको र दिएका मेडिकल सामग्री पनि गुणस्तरहीन भएको भन्दै श्रेष्ठले ओम्नीसँगको ठेक्का रद्द गरेका बताएका थिए। यो ठेक्काको विषयमा सार्वजनिक लेखा समितिमा असार ८ गते छलफल हुने भएको छ। 

यो पनि पढ्नुहोस्

सेनाले जिटुजीमार्फत् किनेका मेडिकल सामग्रीमा एक अर्बभन्दा बढी घोटाला! कुन सामानमा कति?मंगलबार, जेठ २७, २०७७

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  २०:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१... शनिबार, माघ १७, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले घटेर तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको... शुक्रबार, माघ १६, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट आज कारोबार भएका कुल कम्पनीमध्ये १७० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ वटा कम्पनीको मूल्य बढेको छ । ५ वटा कम्पनीको सेयर मूल्यमा... बिहीबार, माघ १५, २०८२
ताजा समाचारसबै
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि शनिबार, माघ १७, २०८२
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्