• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सेटिङको कम्पनीले नपाउने भएपछि शनिबार गरिएको २८ करोडको टेन्डर शनिबारै रद्द

64x64
उत्तम काप्री आइतबार, असार ७, २०७७  १८:३५
1140x725
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल। मेडिकल सामग्री खरिदमा आफू निकटका कम्पनीलाई टेन्डर दिन लागी परेको आरोप मन्त्री ढकालमाथि लाग्दै आएको छ।

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले सेटिङमा गत शनिबार ३ दिनको समय दिँदै २८ करोडका रुपैयाँ बराबरको मेडिकल सामाग्री खरिदका लागि टेन्डर गरेको थियो। तर, विभागले फेरि सेटिङमा शनिबार (असार ६ गते) नै टेन्डर रद्द गरेको छ।

विभागले अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन मेसिन ७ सेट र ५ लाख किट खरिदका लागि जुन महिनाको १३ तारेखमा ३ दिनको समय दिँदै टेन्डर सूचना प्रकाशन गरेको थियो। विभागले टेन्डर सूचना प्रकाशन लगत्तै उक्त विषय विवादित बनेको थियो।

विभागले गरेको टेन्डरमा ७ वटा कम्पनीले ती सामग्री दिने सक्ने भन्दै प्रस्ताव पेस गरेका थिए। प्रस्ताव पेस गर्ने कम्पनीहरुले १६ करोड ९३ लाख ११ हजार रुपैयाँदेखि ३२ करोड ७० लाख रुपैयाँमा ७ सेट अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन मेसिन र ५ लाख किट विभागलाई उपलब्ध गराउन प्रस्ताव गरेका थिए।

विभागले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाकारले भनेकै कम्पनीले टेन्डर नपाउने अवस्था आएकाले टेन्डर नै रद्द गरेको छ।

तीन दिनको म्याद दिएर विभागले गरेको टेन्डर प्रस्ताव आह्वानमा चामुन्डाले ३२ करोड ७० लाख रुपैयाँ, एमएपीले २४ करोड २३ लाख ८८ हजार ८ सय रुपैयाँ, बायोमेडेल २३ करोड १६ लाख १७ हजार, सेरोले १९ करोड ६९ लाख ७५ हजार २ सय ५ रुपैयाँ, लुम्बिनीले १९ करोड ३१ लाख, हाम्रोले १७ करोठ ५४ लाख ४३ हजार ३ सय ९२ र सबैभन्दा सस्तो एचई (हस्पिटेक) इन्टरप्राइजेजले १६ करोड ९३ लाख ११ हजार रुपैयाँमा ती मेडिकल सामग्री दिने भन्दै प्रस्ताव पेस गरेका थिए।

स्वार्थअनुसारका कम्पनी छनौट हुने अवस्था नभएकाले सेटिङमा नै टेन्डर रद्द गरेको विभाग स्रोत बताउँछ। ‘पहिले नै स्वार्थपूर्ति गर्न आफू निकट कम्पनीलाई टेन्डर पार्ने गरी सूचना प्रकाशन भएको थियो,’ विभाग स्रोतले भन्यो, ‘टेन्डरमा सहभागी कम्पनीहरूमध्येबाट आफूनिकट कम्पनीलाई टेन्डर दिन नसक्ने अवस्था आएपछि टेन्डर नै रद्द गर्ने काम भएको छ।'

Ncell 2
Ncell 2

यसमा सिधै मन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डा खेम कार्कीको हस्तक्षेप थियो। विभागले सेटिङमै अघिल्लो साता जेठ ३१ गते शनिबार नै टेन्डर सूचना प्रकाश गरेको थियो भने रद्दको टेन्डर सूचना पनि शनिबार (हिजो) नै गरेको छ।

कहिले भएको थियो टेन्डर?
विभागले झन्डै २८ करोड रुपैयाँ बराबरको मेडिकल सामग्री खरिदका लागि जेठ ३१ मा ३ दिनको मात्र समय दिँदै टेन्डर आह्वान गरेको थियो। विभागले कोरोना परीक्षणमा प्रयोग हुने उपकरण अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन मेसिन ७ सेट र ५ लाख किट खरिदका लागि टेन्डर गरेको थियो। कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब पिसिआर परीक्षण मेसिनमा राख्नुअघि प्रशोधनका लागि अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन मेसिन प्रयोग गरिन्छ। संकलित नमुनाको परीक्षणको दायरा बढाउन यो मेसिन आएपछि सहज हुने विभागको विश्वास छ। 

अहिले कोरोना परीक्षणका लागि संकलन भएको स्वाब प्रशोधनको काम म्यानुयल रूपमा भइरहेको छ। जसका कारण संकलन भएको नमुनाको परीक्षण गर्न लामो समय लाग्ने गरेको छ। सातै प्रदेशमा एक-एक वटा यो मेसिन उपलब्ध गराउने भन्दै विभागले खरिद गर्न लागको हो। विभागले ५ लाख किट पनि आवश्यक पर्ने भन्दै खरिद गर्न शनिबार टेन्डर सार्वजनिक गरेको  थियो भन्ने रद्द पनि शनिबार नै असार ६ गते गरेको छ।

विभागले जेठ ३१ गते शनिबार १३ जुनमा सूचना प्रकाशन गर्दै मंगलबार १६ जुनको दिउँसो १२ बजेभित्र इच्छुक फर्मले ७० लाख रुपैयाँको बैंक ग्यारेन्टीसहितको धरौटी राखी टेन्डरमा सहभागी हुनुपर्ने सर्त राखेको थियो। सबै सामग्रीको लागत २८ करोड रुपैयाँ हाराहारी थियो। 

फेरि ३ दिनकै समय दिएर टेन्डर
विभागले असार ७ गते अर्थात् आइतबार (आज) पुनः ३ दिनकै समय दिँदै  टेन्डर सूचना प्रकाशन गरेको छ। अहिले भएको टेन्डरमा पनि जेठ ३१ गते भएको टेन्डरमा उल्लेख भएकै सर्त राखिएको छ।

विभागले जुन २३ मा प्रस्ताव खोल्ने गरी टेन्डर सूचना प्रकाशन गरेको हो। प्रस्ताव मंगलबार दिँउसो ४ बजेभित्र आइपुग्ने गरी पेस गर्न भनिएको छ भने ती प्रस्तावहरू मंगलबार नै दिउँसो साढे ४ मा खोलिने जनाइएको छ।

प्रकाशित मिति: आइतबार, असार ७, २०७७  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला सूचनाअनुसार देशभर नेपाली शिक्षक ७४ जना, अंग्रेजी शिक्षक ९६ जना माग गरेको छ। यस्तै, गणित शिक्षक ८३ जना, विज्ञान शिक्षक ११३ जना, सामाज... शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२... शनिबार, माघ ३, २०८२
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमा... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही चयन शनिबार, माघ ३, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्