• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालय ‘फेल’ बनाउने मुख्य २ पात्र, स्वास्थ्यमन्त्रीकै साथ

कल्पना पौडेल शुक्रबार, असार ५, २०७७  १७:०७
1140x725
डा गुणराज लोहनी र डा खेम कार्की

काठमाडौं– कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ। यो अवस्थामा सबैभन्दा सक्रिय हुनुपर्ने निकाय हो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। 

तर, यही समयमा मन्त्रालय भने निष्क्रिय जस्तै देखिएको छ। केही फाट्टफुट्ट भएका काम पनि विवादित बनेका छन्। जसका कारण आम नागरिकको मात्र नभई स्वयं मन्त्रालय मातहत नै काम गर्ने अधिकांश कर्मचारी पनि मन्त्रालयको कामप्रति सन्तुष्ट छैनन्।

मन्त्रालयले माताहतका सबै कर्मचारीको मनोबल बढाएर धेरैभन्दा धेरै काम लिनुपर्ने समय हो यो। तर मन्त्रालयमा अहिले ठिक उल्टो ढंगमा काम भइरहेको छ। यसका साथै मन्त्रालयले मन्त्रालयभन्दा बाहिर रहेकाहरुसँग पनि सल्लाह–सुझाव लिएर काम अगाडि बढाउनुपर्ने थियो। तर यो काममा पनि मन्त्रालयले चासो दिएको देखिँदैन।

जसका कारण मन्त्रालयले पछिल्लो समय सार्वजनिक गरेका नीति, निर्देशिका, मापदण्ड तथा रणनीति मात्र नभई निर्णयहरु समेत विवादित हुन थालेका छन्। जनस्वास्थ्य विज्ञहरुले मन्त्रालयका निर्णयहरु अवैज्ञानिक भएको भन्दै कोरोना संक्रमण थप फैलनसक्ने चेतावनी दिइरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरु र जनस्वास्थ्य क्षेत्रका विज्ञहरुका अनुसार सक्रिय हुनुपर्ने मन्त्रालयलाई निष्क्रिय र विवादित बनाउनमा मन्त्रालयमा रहेका दुई जनाको भूमिका प्रमुख छ। उनीहरुका अनुसार यतिबेला मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्की र नीति योजना तथा अनुगमन महाशाखा प्रमुखको मात्र हालिमुहाली छ। 

स्वास्थ्यखबरले यो विषयमा मन्त्रालय माताहतका एक दर्जन कर्मचारी, जनस्वास्थ्य विज्ञहरु ५ जना र स्वयं डा काकीसँग कुराकानी गरेको छ।  कुरा गर्न खोज्दा डा लोहनी भने सम्पर्कमा आउन चाहेनन्। डा कार्कीले उनीहरुमाथि लगाएको आरोपलाई गलत दाबी गरेका छन्। 

तर, मन्त्रालयका कर्मचारी र विज्ञले भने उनीहरुकै कारण कोरोना नियन्त्रणको काममा मन्त्रालय फेल भएको आरोप लगाएका छन्।

मन्त्रालयका कर्मचारीहरु भन्छन्, ‘यतिबेला मन्त्रालयमा डा कार्की र डा लोहनीले जे भन्छन्, त्यही काम मात्र हुन्छ। अन्य कर्मचारी तथा विज्ञहरुको सल्लाह सुनिँदैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रालयले पछिल्लो समयमा गर्दै आइरहेको काम–कारबाहीले पनि कर्मचारीहरुको उक्त भनाइलाई पुष्टि गर्दै आइरहेको छ। कोरोना भाइरसको संक्रमण देखिएयता मन्त्रालयले जति पनि नीति तथा निर्देशिका र मापदण्डहरु सार्वजनिक गरेको छ, ती सबै विवादमा आएका छन्। 

नीति तथा निर्देशिका र मापदण्डहरु डा कार्की र लोहनीले सीमित व्यक्तिसँग मात्र बसेर प्राविधिक सल्लाह बिना जारी गरेको मन्त्रालयका कर्मचारी बताउँछन्।

‘प्रविधिक र विज्ञहरुसँग छलफल नै नगरी कोठामा सीमित व्यक्ति बसेर मापदण्ड र नीतिहरु बन्न थाले,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘अरु सबैलाई बाइपास गरेर मनपरी ढंगले उहाँहरुले ल्याएका नीति कार्यान्वयन गर्दा समाजमा झन् महामारी फैलने खतरा देखियो।’ 

विज्ञहरुसँग छलफल नगरी स्वास्थ्य मन्त्री निकट केही व्यक्तिले कोठामा बसेर मापदण्डहरु बनाउँदा मन्त्रालय विवादमा तानिने गरेको जनस्वास्थ्य विज्ञहरुको पनि आरोप छ।

Xtrem

Xtrem

स्वास्थ्य मन्त्रालयले नीति तथा गाइडलाइन बनाउँदा मन्त्रालयका विशिष्ट कर्मचारीलाई समेत जानकारी नदिने क्रम बढेको उनीहरु बताउँछन्।

मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘मन्त्रालयले गाइडलाइन बनाउँछ, को–कोसँग छलफल गर्छ, थाहै हुँदैन। मन्त्रालय र विभागमा गरी १३ प्राविधिक महाशाखा छन् तर यस्तो कुरा आएछ भन्ने कुरा मिडियामा समाचार आएपछि मात्र थाहा हुन्छ।’

उनले जसका लागि नीति बनाइएको हो, ती अस्पतालहरुलाई समेत उक्त नीतिका बारेमा थाहा नहुने बताए। 

कोरोना संक्रमितको उपचारमा जुटिरहेका एक अस्पतालका निर्देशकले भने, ‘मन्त्रालयबाट हामीलाई साथ र सहयोगभन्दा पनि अनावश्यक तनाव मात्र दिने काम भएको छ। नीति–नियम र गाइडलाइन कसलाई सोधेर, कसरी बनाइन्छ हामी पनि छक्क परिरहेका छौं।’

कोरोना भाइरसको संक्रमण नेपाल भित्रिएसँगै हरेक दिन बिहान ८ बजे मन्त्रालयमा बैठक हुन्छ। जुन बैठकमा मन्त्रालय र स्वास्थ्य सेवा विभागअन्र्तगतका सबैजसो प्रमुखहरु उपस्थित हुन्छन्।

‘सो बैठकमा विज्ञ सल्लाहकार डा कार्की र डा लोहनीसँग विवाद नभएको दिन छैन,’ बैठकमा सहभागी हुँदै आएका एक महाशाखा प्रमुख भन्छन्।

उनका अनुसार प्रमुख सल्लाहकारले मिडियामा स्वास्थ्य मन्त्रालयबारे कुनै पनि नकारात्मक समाचार आए भने त्यो किन, कसरी र कसले दिएर आयो भनेर टर्चर गरिरहन्छन्। डा कार्कीले आफूले सबैको ‘गुप्त’ फाइल तयार बनाइरहेको र कसले के गरिरहेको छ सबै आफूलाई थाहा भएको भन्दै मानसिक तनाव दिने गरेको कर्मचारीको भनाइ छ।

कोरोना संक्रमितको उपचारमा खटिएका कोरोना अस्पतालका प्रमुखहरुले समेत अस्पतालमा समस्या परेको विषयमा जानकारी दिन पहिलो फोन नीति योजना महाशाखा प्रमुख डा लोहनीलाई गर्ने गर्छन्। तर फोन नउठ्ने र उठे पनि उल्टै तनाव मात्र दिने गरेको उनीहरुको आरोप छ।

‘फ्रन्ट लाइनमा खटेका हामीहरुको अस्पतालमा केही समस्या आए हामीले त्यसको जानकारी उहाँलाई नै गराउने हो, तर उहाँको फोन हतपत उठ्दैन,’ एक अस्पतालका चिकित्सकले भने, ‘कहिलेकाहीँ मुस्किलले उठाउनुभयो भने पनि रेस्पोन्स राम्रो हुँदैन। समस्या समाधान होला भनेर फोन ग¥यो तर उल्टै उनैले तनाव दिन्छन्।’

संघीयता कार्यान्वयन सुरुवाती चरण भएकाले कोरोना महामारी व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय राम्रो हुन सकेको छैन। यस्तो समयमा स्वास्थ्य मन्त्रालयले वडा तहसम्म भएका आफ्ना संरचनाबीच समन्यव स्थापित गर्नुपर्नेमा मन्त्रालय यी कुराबाट पन्छिएको महसुस भइरहेको कर्मचारी बताउँछन्।

कोरोना कहरमा अग्रस्थानमा रहेर उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना हुँदा समेत मन्त्रालयले कुनै प्रतिक्रिया नदिएको आरोप स्वास्थ्यकर्मीहरुले लगाउँदै आइरहेका छन्।

‘यस्तो समयमा काम गर्न त्रास सिर्जना हुनु स्वभाविक हो। एकातिर कोरोनाको कहर, अर्कोतिर भौतिक सुरक्षाको जोखिम। अभिभावकको रुपमा यो बेला स्वास्थ्य मन्त्रालय अगाडि आउनुपर्ने हो। तर मन्त्रालय कहाँ छ, केही थाहा छैन,’ स्वास्थ्यकर्मीहरु भन्छन्।

त्रास र जोखिममा सेवा दिइरहेका चिकित्सक स्वास्थ्यकर्मीको हौसला बढाउनु पर्नेमा काम गरिरहेका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई दिनहुँ मानसिक तनाव दिने, काममा बाधा सिर्जना गर्ने काम डा कार्की र डा लोहनीबाट नै हुँदै आइरहेको उनीहरुको गुनासो छ।

स्वास्थ्य मन्त्रालयकै एक उच्च तहका कर्मचारी भन्छन्, ‘अहिले जति काम गर्न असहज कहिल्यै भएको थिएन। पहिले पनि राजनीतिक आस्थाका आधारमा अप्ठेरो नभएको त होइन तर अहिले काम गरिरहेका कर्मचारीलाई सहयोग नगर्ने, टर्चर गरिरहने काम भइरहेको छ।’

लाइसेन्स खारेजको धम्की
नेपालमा कोरोना संक्रमितको संख्या २ मात्र रहेको समयमा डा लोहनीले अधिकार क्षेत्रभन्दा बाहिर गएर डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई धम्कीपूर्ण पत्र लेखेका थिए। गत चैत १९ गते डा लोहनीको हस्ताक्षरसहित जारी भएको पत्रमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी लगायतको भविष्यमा अयोग्य ठहर गर्दै लाइसेन्स खारेज गर्ने उल्लेख थियो। 

उक्त पत्रपछि सरकारी चिकित्सकदेखि गैरसरकारी चिकित्सकसम्म र नर्सदेखि स्वास्थ्यकर्मीसम्म सबैले विरोध गरेका थिए। स्वास्थ्यकर्मीलाई काममा उत्पेरित गर्नेभन्दा निरुत्साहित र हेपाहा प्रवृृत्ति देखाएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  १७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’
सम्बन्धित सामग्री
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस परिषद्को २०८३ असोज २० गते बसेको बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्... मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता थापाले साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी उनले नयाँ र पुरानो पुस्ताबीच पर्खाल खडा गर्ने नभई दुवै पुस्तालाई जोड्ने ‘सेतु’ बन्ने उद्देश्यले उम्मेदवारी दिएको बताए। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्