• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सांसद अपहरण प्रकरण

मुख्य आरोपितको बयान लिन हच्कियो प्रहरी, महोत्तरीबाट फर्कियो अनुसन्धान टोली

दुवैको मुद्दा तामेलीमा राख्ने तयारी
64x64
नारायण अधिकारी मंगलबार, वैशाख ३०, २०७७  २१:३२
1140x725

काठमाडौं- पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टी (राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी बनाउने घोषणा भइसकेको)का सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धानका लागि महोत्तरी गएको प्रहरी टोली काठमाडौं फर्किएको छ। गत शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट अनुसन्धानका लागि भन्दै महोत्तरी गएको प्रहरी निरीक्षक नेतृत्वको टोली फर्किएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका प्रहरी निरीक्षक देवी पौडेलको कमान्डमा शुक्रबार अपराह्न काठमाडौंबाट महोत्तरी गएको टोलीले गत शनिबार बिहान सांसद यादवको महोत्तरीको सम्सीस्थित घर पुगेर मुचुल्का उठाएको थियो। मुचुल्कासँगै यादवको परिवारको सदस्यसँग समेत सोधपुछ गरिएको प्रहरीले जनाएको छ।  

तर परिवारका सदस्यले के बयान दिए भन्नेबारे प्रहरीले केही खुलाएको छैन। ‘अनुसन्धानका लागि महोत्तरी खटिएको प्रहरी काठमाडौं आइपुगेको छ। सम्बन्धित व्यक्तिको बयान पनि लिइएको छ। अहिले यहाँभन्दा बढी भन्न मिल्दैन,’ परिसर स्रोतले नेपाल लाइभसँग भन्यो।

अपहरण प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपाकै सांसद कृष्णकुमार श्रेष्ठ (किसन) र गुन्डा नाइके नवीन बस्नेत सांसद डा यादवको घर पुग्दाको अवस्था, त्यहाँको विवरणलगायतका विषय समावेश गरी प्रहरीले मुचुल्का उठाएको थियो। 

यो पनि पढ्नुहोस्

सांसद अपहरण प्रकरण : मुद्दा तामेलीमा राख्न दबाब, डा यादवको घर पुगेर मुचुल्का उठाउँदै प्रहरीशनिबार, वैशाख २७, २०७७

मुचुल्कामा कसुर भएको समयसहितको मिति, कसुर भएको स्थानको विवरण, चार किल्ला र रेखाचित्र, सम्बन्धित ठाउँको वस्तुस्थिति, कसुर वा कसुरदारसँगको सम्बन्ध, त्यस वरपर देखिएका प्रमाण र कसुरसँग सम्बन्धित विषय मुचुल्कामा समावेश गरिएको छ। 

सांसद डा यादवको घरमा मुचुल्का उठाइसकेपछि उनीहरू बसेको तथा खाना खाएको भनिएको बर्दिबासस्थित गौतम होटलमा पुगेर प्रहरी मुचुल्का उठाएको थियो। सँगै उक्त होटलका कर्मचारीसँग पनि घटनाका बारेमा सोधपुछ गरिएको छ।

शनिबार सांसद यादवको घर र गौतम होटलको मुचुल्का उठाइसकेपछि आइतबार प्रहरी निरीक्षक पौडेलको टोली जनकपुर गएको थियो। स्रोतका अनुसार अपरहण प्रकरणमा साक्षी रहेका जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवसँग समेत प्रहरीले बयान लिएको छ। यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले कार्यालयमा उपस्थित हुन भन्दै बोलाएपछि यादव प्रहरी कार्यालय पुगेका थिए। त्यही निरीक्षक पौडेलेको टोलीले उनलाई सोधपुछ गरेको हो। 

नेता यादवलाई प्रहरी निरीक्षकको टोलीले दुई घण्टासम्म सोधपुछ गरेको थियो। सांसद यादवलाई जनकपुरबाट काठमाडौं लैजाने क्रममा सबैभन्दा पहिला उनले नेता शेषनारायणलाई फोन गरेर जानकारी गराएकाले उनीमाथि सोधपुछ गरिएको हो।

nimb
nimb
Ncell 2
Ncell 2

जनकपुर र महोत्तरीको काम सकाएपछि यादवलाई काठमाडौं ल्याउँदा खाना खाएको भनिएको सिन्धुलीस्थित होटलमा समेत गएर प्रहरीले सोधपुछ गरेको थियो। मंगलबार काठमाडौं फर्कने क्रममा काभ्रेस्थित उनीहरूले खाजा खाएको ठाउँमा समेत प्रहरीले सोधपुछ गरेको छ।

यो पनि पढ्नुहोस्

सांसद अपहरण प्रकरण : अनुसन्धानका लागि काठमाडौंबाट प्रहरी टोली महोत्तरी गयोशुक्रबार, वैशाख २६, २०७७

यता शुक्रबार नै सांसद यादवलाई राखिएको काठमाडौंको नक्सालस्थित मेरियट होटलमा प्रहरीले मुचुल्का उठाइसकेको छ। शनिबार नै पूर्वआइजी खनालका चालक प्रहरी हवल्दार शिव तामाङसँग पनि प्रहरीले बयान लिइसकेको छ। सांसद यादव राजीखुसीमै काठमाडौं आएको दाबी बयान तामाङले दिएका छन्। दुवै पक्षले विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वातासमेत प्रमाणको रुपमा प्रहरीले संकलन गरेको छ। 

तर घटनाको मुख्य आरोपितको भने प्रहरीले अहिलेसम्म बयान लिने हिम्मत जुटाएको छैन। ‘आवश्यकता देखिएको अवस्थामा लिन्छौं,’ यसबारे परिसर स्रोतले नेपाल लाइभसँग भनेको छ।

दुवै पक्षको मुद्दा तोमलीमा राख्ने तयारी
महानगरीय प्रहरी परिसर काठमाडौंमा सांसद यादव अपहरणको आरोपमा सांसददेखि पूर्वआइजिपीसम्मको जाहेरी दर्ता भएको छ भने साइबर अपराधमा पनि अपरहणमा पीडित भनिएका सांसद यादवसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र विश्वदीप पाण्डेविरुद्ध पनि मुद्दा दर्ता भएको छ। 

यो पनि पढ्नुहोस्

महेश बस्नेत, पूर्वआइजिपी सर्वेन्द्र खनालसहित ४ विरुद्ध सांसद यादवद्वारा अपहरणको उजुरी दर्तासोमबार, वैशाख २२, २०७७

अपरहणको आरोप लागेका सांसद र पूर्वआइजीले उनीहरुविरुद्ध जाहेरी दर्ता गरेका हुन्। यी दुवै पक्षको जाहेरी उपर प्रहरीले भने मुद्दा दर्ता गराउने भन्दा पनि तामेलीमा राख्ने प्रक्रिया अघि बढाएको स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ ।

जाहेरी लिईसकेपछि झुठा मुद्दा भएको, अनुसन्धान गर्न नपर्ने वा मुद्धा चलाउनु पर्ने अवस्था नदेखिएमा 'भ्रमपूर्ण, झुठ्ठा वा काल्पनिक सूचनालाई तामेलीमा राख्न सकिने भन्ने फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११ लाई आधार सरकारी वकिल कार्यालयमा प्रतिवेदन पठाउन सक्ने कानूनी व्यवस्था छ। 

त्यस्तै मुद्दा तामेलीमा नराखी अनुसन्धान गर्न जरुरी देखिएको तर अनुसन्धान गर्दै जाँदा तथ्यगत र पर्याप्त प्रमाण नभएको अवस्थामा कार्यविधि संहिताको दफा ३१ को १ अनुसार मुद्दा नचलाउने निर्णयको लागि सरकारी वकिलसमक्ष पठाउन सकिनेछ। सोही अनुसार दुवै पक्षको मुद्दा तामेलीमा राख्ने तयारी काठमाडौं परिसरले गरेको छ।

यो पनि पढ्नुहोस्

पूर्वआइजी खनाल प्रहरीको ‘लेन्स’मासोमबार, वैशाख १५, २०७७

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
रसुवा बाढी: अहिलेसम्म ५५ जनाको शव फेला बुधबार, भदौ १०, २०८३
रसुवागढी नाकाबाट २० किलोमिटर उत्तरपूर्वमा हिमपहिरो, त्यसकै कारण भोटेकोशीमा बाढी आएको प्रारम्भिक निष्कर्ष बुधबार, भदौ १०, २०८३
नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता बुधबार, भदौ १०, २०८३
कांग्रेसको रसुवा बाढी विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन बुधबार, भदौ १०, २०८३
कांग्रेसले बोलाएको आकस्मिक बैठकमा के–के भए निर्णयहरु? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्