• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सांसद अपहरण प्रकरण

मुख्य आरोपितको बयान लिन हच्कियो प्रहरी, महोत्तरीबाट फर्कियो अनुसन्धान टोली

दुवैको मुद्दा तामेलीमा राख्ने तयारी
64x64
नारायण अधिकारी मंगलबार, वैशाख ३०, २०७७  २१:३२
1140x725

काठमाडौं- पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टी (राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी बनाउने घोषणा भइसकेको)का सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धानका लागि महोत्तरी गएको प्रहरी टोली काठमाडौं फर्किएको छ। गत शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट अनुसन्धानका लागि भन्दै महोत्तरी गएको प्रहरी निरीक्षक नेतृत्वको टोली फर्किएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका प्रहरी निरीक्षक देवी पौडेलको कमान्डमा शुक्रबार अपराह्न काठमाडौंबाट महोत्तरी गएको टोलीले गत शनिबार बिहान सांसद यादवको महोत्तरीको सम्सीस्थित घर पुगेर मुचुल्का उठाएको थियो। मुचुल्कासँगै यादवको परिवारको सदस्यसँग समेत सोधपुछ गरिएको प्रहरीले जनाएको छ।  

तर परिवारका सदस्यले के बयान दिए भन्नेबारे प्रहरीले केही खुलाएको छैन। ‘अनुसन्धानका लागि महोत्तरी खटिएको प्रहरी काठमाडौं आइपुगेको छ। सम्बन्धित व्यक्तिको बयान पनि लिइएको छ। अहिले यहाँभन्दा बढी भन्न मिल्दैन,’ परिसर स्रोतले नेपाल लाइभसँग भन्यो।

अपहरण प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेकपाकै सांसद कृष्णकुमार श्रेष्ठ (किसन) र गुन्डा नाइके नवीन बस्नेत सांसद डा यादवको घर पुग्दाको अवस्था, त्यहाँको विवरणलगायतका विषय समावेश गरी प्रहरीले मुचुल्का उठाएको थियो। 

यो पनि पढ्नुहोस्

सांसद अपहरण प्रकरण : मुद्दा तामेलीमा राख्न दबाब, डा यादवको घर पुगेर मुचुल्का उठाउँदै प्रहरीशनिबार, वैशाख २७, २०७७

मुचुल्कामा कसुर भएको समयसहितको मिति, कसुर भएको स्थानको विवरण, चार किल्ला र रेखाचित्र, सम्बन्धित ठाउँको वस्तुस्थिति, कसुर वा कसुरदारसँगको सम्बन्ध, त्यस वरपर देखिएका प्रमाण र कसुरसँग सम्बन्धित विषय मुचुल्कामा समावेश गरिएको छ। 

सांसद डा यादवको घरमा मुचुल्का उठाइसकेपछि उनीहरू बसेको तथा खाना खाएको भनिएको बर्दिबासस्थित गौतम होटलमा पुगेर प्रहरी मुचुल्का उठाएको थियो। सँगै उक्त होटलका कर्मचारीसँग पनि घटनाका बारेमा सोधपुछ गरिएको छ।

शनिबार सांसद यादवको घर र गौतम होटलको मुचुल्का उठाइसकेपछि आइतबार प्रहरी निरीक्षक पौडेलको टोली जनकपुर गएको थियो। स्रोतका अनुसार अपरहण प्रकरणमा साक्षी रहेका जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवसँग समेत प्रहरीले बयान लिएको छ। यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले कार्यालयमा उपस्थित हुन भन्दै बोलाएपछि यादव प्रहरी कार्यालय पुगेका थिए। त्यही निरीक्षक पौडेलेको टोलीले उनलाई सोधपुछ गरेको हो। 

नेता यादवलाई प्रहरी निरीक्षकको टोलीले दुई घण्टासम्म सोधपुछ गरेको थियो। सांसद यादवलाई जनकपुरबाट काठमाडौं लैजाने क्रममा सबैभन्दा पहिला उनले नेता शेषनारायणलाई फोन गरेर जानकारी गराएकाले उनीमाथि सोधपुछ गरिएको हो।

Ncell 2
Ncell 2

जनकपुर र महोत्तरीको काम सकाएपछि यादवलाई काठमाडौं ल्याउँदा खाना खाएको भनिएको सिन्धुलीस्थित होटलमा समेत गएर प्रहरीले सोधपुछ गरेको थियो। मंगलबार काठमाडौं फर्कने क्रममा काभ्रेस्थित उनीहरूले खाजा खाएको ठाउँमा समेत प्रहरीले सोधपुछ गरेको छ।

यो पनि पढ्नुहोस्

सांसद अपहरण प्रकरण : अनुसन्धानका लागि काठमाडौंबाट प्रहरी टोली महोत्तरी गयोशुक्रबार, वैशाख २६, २०७७

यता शुक्रबार नै सांसद यादवलाई राखिएको काठमाडौंको नक्सालस्थित मेरियट होटलमा प्रहरीले मुचुल्का उठाइसकेको छ। शनिबार नै पूर्वआइजी खनालका चालक प्रहरी हवल्दार शिव तामाङसँग पनि प्रहरीले बयान लिइसकेको छ। सांसद यादव राजीखुसीमै काठमाडौं आएको दाबी बयान तामाङले दिएका छन्। दुवै पक्षले विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वातासमेत प्रमाणको रुपमा प्रहरीले संकलन गरेको छ। 

तर घटनाको मुख्य आरोपितको भने प्रहरीले अहिलेसम्म बयान लिने हिम्मत जुटाएको छैन। ‘आवश्यकता देखिएको अवस्थामा लिन्छौं,’ यसबारे परिसर स्रोतले नेपाल लाइभसँग भनेको छ।

दुवै पक्षको मुद्दा तोमलीमा राख्ने तयारी
महानगरीय प्रहरी परिसर काठमाडौंमा सांसद यादव अपहरणको आरोपमा सांसददेखि पूर्वआइजिपीसम्मको जाहेरी दर्ता भएको छ भने साइबर अपराधमा पनि अपरहणमा पीडित भनिएका सांसद यादवसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र विश्वदीप पाण्डेविरुद्ध पनि मुद्दा दर्ता भएको छ। 

यो पनि पढ्नुहोस्

महेश बस्नेत, पूर्वआइजिपी सर्वेन्द्र खनालसहित ४ विरुद्ध सांसद यादवद्वारा अपहरणको उजुरी दर्तासोमबार, वैशाख २२, २०७७

अपरहणको आरोप लागेका सांसद र पूर्वआइजीले उनीहरुविरुद्ध जाहेरी दर्ता गरेका हुन्। यी दुवै पक्षको जाहेरी उपर प्रहरीले भने मुद्दा दर्ता गराउने भन्दा पनि तामेलीमा राख्ने प्रक्रिया अघि बढाएको स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ ।

जाहेरी लिईसकेपछि झुठा मुद्दा भएको, अनुसन्धान गर्न नपर्ने वा मुद्धा चलाउनु पर्ने अवस्था नदेखिएमा 'भ्रमपूर्ण, झुठ्ठा वा काल्पनिक सूचनालाई तामेलीमा राख्न सकिने भन्ने फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११ लाई आधार सरकारी वकिल कार्यालयमा प्रतिवेदन पठाउन सक्ने कानूनी व्यवस्था छ। 

त्यस्तै मुद्दा तामेलीमा नराखी अनुसन्धान गर्न जरुरी देखिएको तर अनुसन्धान गर्दै जाँदा तथ्यगत र पर्याप्त प्रमाण नभएको अवस्थामा कार्यविधि संहिताको दफा ३१ को १ अनुसार मुद्दा नचलाउने निर्णयको लागि सरकारी वकिलसमक्ष पठाउन सकिनेछ। सोही अनुसार दुवै पक्षको मुद्दा तामेलीमा राख्ने तयारी काठमाडौं परिसरले गरेको छ।

यो पनि पढ्नुहोस्

पूर्वआइजी खनाल प्रहरीको ‘लेन्स’मासोमबार, वैशाख १५, २०७७

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्