• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २९, २०८२ Wed, Oct 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पूर्वआइजी खनाल प्रहरीको ‘लेन्स’मा

64x64
नारायण अधिकारी सोमबार, वैशाख १५, २०७७  ०९:०७
1140x725

काठमाडौं- वैशाख १० गते साँझ समाजवादीका सांसद डा सुरेन्द्र यादव ‘अपहरण’ मा परेको समाचार सार्वजनिक भयो। सो पार्टीसम्बद्ध विश्वदीप पाण्डेले आफ्नो फेसबुक र ट्विटरमा ‘सांसद यादवलाई जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने योजनामा काठमाडौं लगेको’ उल्लेख गरेपछि यो ‘अपहरण काण्ड’ बाहिर आएको थियो।

यादवलाई पूर्वआइजी सर्वेन्द्र खनाल, सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसन)ले अपहरण गरेर ल्याएको आरोप लाग्यो। आफूलाई जबरजस्ती काठमाडौं ल्याएको, धाकधम्की दिएको, काठमाडौं जानैपर्छ भनेर करकाप गरेर काठमाडौं ल्याई नक्सालस्थित मेरियट होटलमा बन्धक बनाएको आरोप सांसद यादवले खनाल, बस्नेत र श्रेष्ठलाई लगाएका छन्।

आरोपितमध्ये राजनीतिक पृष्ठभूमिका सांसद बस्नेत र श्रेष्ठले आफूहरुले दलले दिएको जिम्मेवारी पूरा गरेको जिकिर गरिरहेका छन्। उनीहरुले यसलाई अपहरणभन्दा पनि राजनीतिक सल्लाहको प्रक्रिया भन्दै आफ्नो बचाऊ गरिरहेका छन्।

एउटा सांसद र दलको सक्रिय सदस्यका हिसाबले उनीहरुले उच्च तहको निर्देशन पालना गरेको हुनसक्छ। त्यसमा क्रमशः दल पनि जवाफदेही बन्दै जाला। तर, यो प्रकरणमा पूर्वआइजीपी सर्वेन्द्र खनालको संलग्नता र भूमिकाबारे भने अझै चासो र चिन्ता प्रकट भएको छ। प्रहरी संगठन र सुरक्षामा चासो राख्ने सबैसँग एउटै प्रश्न छ, ‘पूर्व आइजीपी खनाल यो उपक्रममा किन संलग्न भए? यसले प्रहरी संगठनलाई फाइदा गरेको छ त?’

कानुन पालना गराउने निकाय प्रहरीको सर्वोच्च पदमा पुगिसकेको व्यक्तिबाट यस्तो गल्ती हुनुले सिंगो प्रहरी संगठनकै शीर निहुरिएको पूर्व डिआइजी रमेश खरेलको भनाइ छ। आइजीको पदबाट अवकाश पाएको तीन महिना पनि नबित्दै खनालमाथि गम्भीर आरोप लागेको छ। यद्यपि सांसद यादवको दाबीमा वास्तविकता नभएको भन्दै उनले अन्तर्वार्ता दिइरहेका छन्। 

आइतबार मात्रै खनालसहित बस्नेत र श्रेष्ठका विरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा किटानी जाहेरी दिन पीडित यादवसहित समाजवादीका नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए। सुरुमा कार्यालय प्रमुख एसएसपी श्यामलाल ज्ञवाली नभएको भन्दै उक्त जाहेरी प्रहरीले लिन मानेन। पछि कार्यालय प्रमुख ज्ञवाली आइसकेपछि घटनास्थल महोत्तरी भएकाले उत्तै जानुपर्ने भन्दै जाहेरी नलिने बताए। यसले केही क्षण टेकु नोकझोकमा पर्‍यो।

थप कानुनी प्रक्रिया चाल्ने भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पीडित यादवलगायतका नेता परिसरबाट बाहिरिए।

तर प्रहरीले जाहेरी नै नलिए पनि सरकारी वकिलमार्फत जाहेरी दर्ता गराउने बाटो छँदैछ। सरकारी वकिलकोमा जाहेरी दर्ता भएपछि सम्बन्धित प्रहरीले उक्त घटनाको अनुसन्धान गर्नैपर्ने हुन्छ।

Ncell 2
Ncell 2

यही कुरालाई बुझेको प्रहरीले आफ्नै पूर्वआइजी खनालको निगरानी भने सुरु गरिसकेको छ। यसबारे जानकारी दिँदै एक प्रहरी अधिकृतले भने, ‘यो स्वभाविक प्रक्रिया हो। आरोप लागेका व्यक्तिको निगरानी हुन्छ। भोलि अनुसन्धान गर्नुपरेको अवस्थामा प्रमाण जुटाउन सहज होस् भनेर प्रहरीले यस्तो अभ्यास गर्छ।’

ती प्रहरी अधिकारीले नेपाल लाइभलाई अझ प्रष्ट पार्दै भने, ‘जसरी सभामुख महराको केसमा घटना भयो भन्ने जानकारी आएपछि प्रहरीले प्रमाण संकलन गरेको थियो, त्यही नै प्रक्रिया हो। त्यसबेला पहिल्यै प्रमाण संकलन भए पनि जाहेरी परेपछि मात्रै अनुसन्धान सुरु भएको थियो। अनुसन्धानलाई पुष्टि गर्न प्रहरीले बेलैमा यस्ता प्रमाण संकलन गर्छ। सोही अनुरुप आरोपितको निगरानी गरिन्छ। अझ यस्तो अभ्यास प्रायः भिआइपी आरोपितमा गरिन्छ। जसले प्रमाण नष्ट गर्ने सम्भावना बढी हुन्छ।’

भोलि जाहेरी परेर अनुसन्धान नै गर्नुपरेको अवस्थामा अहिल्यै गरिएको निगरानीले सहयोग पुग्ने उनको तर्क छ।

सोही अनरुप प्रहरीले पूर्वआइजी खनालको गतिविधिमाथि सुक्ष्म निगरानी बढाएको छ। उनले क-कसलाई भेट गरे? के कुरा गरे? कहाँ गए? कोसँग फोन सम्पर्क भयो? के कुरा भयो? लगायतको निगरानी प्रहरीले यो चरणमा गर्छ।

स्रोतका अनुसार पूर्वआइजी खनाल आइतबार साँझ मात्रै गाडी लिएर काठमाडौंमै रहेका एक प्रभावशाली व्यक्तिकोमा पुगेका छन्। उनी को हुन् भन्नेबारे प्रष्ट भएको छैन।

पीडित भनिएका सांसद यादवले खनालले नै अघिल्लो दिन फोन गरेर आफू बालुवाटारमा रहेको र प्रधानमन्त्री भेट गर्न चाहेको बताएका छन्। त्यसको भोलिपल्ट उनी महोत्तरी पुगेर जबरजस्ती काठमाडौं ल्याएको आरोप लगाएका छन्। सांसदद्वयभन्दा पनि खनालले नै तपाईं काठमाडौं जानैपर्छ भन्दै करकाप गरेको उनको भनाइ छ। उनले घुमाउरो पारामा ‘अपहरण–प्रकरण’को योजनाकार खनाल भएको हुनसक्ने आरोप लगाएका छन्। अघिल्लो दिन फोन गरेर प्रधानमन्त्री भेट्न खोज्नुभएको छ भन्ने बताउनु र भोलिपल्ट पिएसओमार्फत घर पत्ता लगाएर त्यहीँ पुग्नुले खनालको गतिविधि शंकास्पद रहेको उनको आरोप छ।

यिनै कुरालाई मध्यनजर गर्दै यादवले दिएको जाहेरी भने प्रहरीले लिन मानेको छैन। सरकारी वकिल कार्यालयमा दर्ता भएको अवस्थामा भने प्रहरीले अनुसन्धान गर्नुपर्ने अवस्था हुन्छ। यस्तो अवस्था आएमा अनुसन्धानलाई सहज होस् भन्नका लागि प्रहरीले खनालको गतिविधि निगरानी गरेको हो।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  ०९:०७
  • #दल_फुटाउने_अध्यादेश
  • #अपहरण
  • #सर्वेन्द्र
  • #निगरानी
  • #लेन्स

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... खतिवडाले भने, 'नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ। रातको १२ बज... मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाउने बताए। मंगलबार, असोज २८, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी... सोमबार, असोज २७, २०८२
ताजा समाचारसबै
४ बुँदे माग अघि सार्दै राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले गर्यो बहिष्कार बुधबार, असोज २९, २०८२
आज पनि बढ्यो सुनको मूल्य बुधबार, असोज २९, २०८२
राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो बुधबार, असोज २९, २०८२
सिंहदरबारमा सभामुख र राजनीतिक दलबिच छलफल बुधबार, असोज २९, २०८२
विश्वकप छनोट: नेपालले आज ‌ओमानसँग प्रतिस्पर्धा गर्दै बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान मंगलबार, असोज २८, २०८२
राष्ट्र बैंकले यो वर्ष तिहारमा सुनको सिक्का वितरण नगर्ने , चाँदी नियमित रुपमा वितरण गरिदै मंगलबार, असोज २८, २०८२
राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो बुधबार, असोज २९, २०८२
संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले बोलाए ११ दललाई बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्