• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पूर्वआइजी खनाल प्रहरीको ‘लेन्स’मा

64x64
नारायण अधिकारी सोमबार, वैशाख १५, २०७७  ०९:०७
1140x725

काठमाडौं- वैशाख १० गते साँझ समाजवादीका सांसद डा सुरेन्द्र यादव ‘अपहरण’ मा परेको समाचार सार्वजनिक भयो। सो पार्टीसम्बद्ध विश्वदीप पाण्डेले आफ्नो फेसबुक र ट्विटरमा ‘सांसद यादवलाई जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने योजनामा काठमाडौं लगेको’ उल्लेख गरेपछि यो ‘अपहरण काण्ड’ बाहिर आएको थियो।

यादवलाई पूर्वआइजी सर्वेन्द्र खनाल, सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसन)ले अपहरण गरेर ल्याएको आरोप लाग्यो। आफूलाई जबरजस्ती काठमाडौं ल्याएको, धाकधम्की दिएको, काठमाडौं जानैपर्छ भनेर करकाप गरेर काठमाडौं ल्याई नक्सालस्थित मेरियट होटलमा बन्धक बनाएको आरोप सांसद यादवले खनाल, बस्नेत र श्रेष्ठलाई लगाएका छन्।

आरोपितमध्ये राजनीतिक पृष्ठभूमिका सांसद बस्नेत र श्रेष्ठले आफूहरुले दलले दिएको जिम्मेवारी पूरा गरेको जिकिर गरिरहेका छन्। उनीहरुले यसलाई अपहरणभन्दा पनि राजनीतिक सल्लाहको प्रक्रिया भन्दै आफ्नो बचाऊ गरिरहेका छन्।

एउटा सांसद र दलको सक्रिय सदस्यका हिसाबले उनीहरुले उच्च तहको निर्देशन पालना गरेको हुनसक्छ। त्यसमा क्रमशः दल पनि जवाफदेही बन्दै जाला। तर, यो प्रकरणमा पूर्वआइजीपी सर्वेन्द्र खनालको संलग्नता र भूमिकाबारे भने अझै चासो र चिन्ता प्रकट भएको छ। प्रहरी संगठन र सुरक्षामा चासो राख्ने सबैसँग एउटै प्रश्न छ, ‘पूर्व आइजीपी खनाल यो उपक्रममा किन संलग्न भए? यसले प्रहरी संगठनलाई फाइदा गरेको छ त?’

कानुन पालना गराउने निकाय प्रहरीको सर्वोच्च पदमा पुगिसकेको व्यक्तिबाट यस्तो गल्ती हुनुले सिंगो प्रहरी संगठनकै शीर निहुरिएको पूर्व डिआइजी रमेश खरेलको भनाइ छ। आइजीको पदबाट अवकाश पाएको तीन महिना पनि नबित्दै खनालमाथि गम्भीर आरोप लागेको छ। यद्यपि सांसद यादवको दाबीमा वास्तविकता नभएको भन्दै उनले अन्तर्वार्ता दिइरहेका छन्। 

आइतबार मात्रै खनालसहित बस्नेत र श्रेष्ठका विरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा किटानी जाहेरी दिन पीडित यादवसहित समाजवादीका नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए। सुरुमा कार्यालय प्रमुख एसएसपी श्यामलाल ज्ञवाली नभएको भन्दै उक्त जाहेरी प्रहरीले लिन मानेन। पछि कार्यालय प्रमुख ज्ञवाली आइसकेपछि घटनास्थल महोत्तरी भएकाले उत्तै जानुपर्ने भन्दै जाहेरी नलिने बताए। यसले केही क्षण टेकु नोकझोकमा पर्‍यो।

थप कानुनी प्रक्रिया चाल्ने भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पीडित यादवलगायतका नेता परिसरबाट बाहिरिए।

तर प्रहरीले जाहेरी नै नलिए पनि सरकारी वकिलमार्फत जाहेरी दर्ता गराउने बाटो छँदैछ। सरकारी वकिलकोमा जाहेरी दर्ता भएपछि सम्बन्धित प्रहरीले उक्त घटनाको अनुसन्धान गर्नैपर्ने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यही कुरालाई बुझेको प्रहरीले आफ्नै पूर्वआइजी खनालको निगरानी भने सुरु गरिसकेको छ। यसबारे जानकारी दिँदै एक प्रहरी अधिकृतले भने, ‘यो स्वभाविक प्रक्रिया हो। आरोप लागेका व्यक्तिको निगरानी हुन्छ। भोलि अनुसन्धान गर्नुपरेको अवस्थामा प्रमाण जुटाउन सहज होस् भनेर प्रहरीले यस्तो अभ्यास गर्छ।’

ती प्रहरी अधिकारीले नेपाल लाइभलाई अझ प्रष्ट पार्दै भने, ‘जसरी सभामुख महराको केसमा घटना भयो भन्ने जानकारी आएपछि प्रहरीले प्रमाण संकलन गरेको थियो, त्यही नै प्रक्रिया हो। त्यसबेला पहिल्यै प्रमाण संकलन भए पनि जाहेरी परेपछि मात्रै अनुसन्धान सुरु भएको थियो। अनुसन्धानलाई पुष्टि गर्न प्रहरीले बेलैमा यस्ता प्रमाण संकलन गर्छ। सोही अनुरुप आरोपितको निगरानी गरिन्छ। अझ यस्तो अभ्यास प्रायः भिआइपी आरोपितमा गरिन्छ। जसले प्रमाण नष्ट गर्ने सम्भावना बढी हुन्छ।’

भोलि जाहेरी परेर अनुसन्धान नै गर्नुपरेको अवस्थामा अहिल्यै गरिएको निगरानीले सहयोग पुग्ने उनको तर्क छ।

सोही अनरुप प्रहरीले पूर्वआइजी खनालको गतिविधिमाथि सुक्ष्म निगरानी बढाएको छ। उनले क-कसलाई भेट गरे? के कुरा गरे? कहाँ गए? कोसँग फोन सम्पर्क भयो? के कुरा भयो? लगायतको निगरानी प्रहरीले यो चरणमा गर्छ।

स्रोतका अनुसार पूर्वआइजी खनाल आइतबार साँझ मात्रै गाडी लिएर काठमाडौंमै रहेका एक प्रभावशाली व्यक्तिकोमा पुगेका छन्। उनी को हुन् भन्नेबारे प्रष्ट भएको छैन।

पीडित भनिएका सांसद यादवले खनालले नै अघिल्लो दिन फोन गरेर आफू बालुवाटारमा रहेको र प्रधानमन्त्री भेट गर्न चाहेको बताएका छन्। त्यसको भोलिपल्ट उनी महोत्तरी पुगेर जबरजस्ती काठमाडौं ल्याएको आरोप लगाएका छन्। सांसदद्वयभन्दा पनि खनालले नै तपाईं काठमाडौं जानैपर्छ भन्दै करकाप गरेको उनको भनाइ छ। उनले घुमाउरो पारामा ‘अपहरण–प्रकरण’को योजनाकार खनाल भएको हुनसक्ने आरोप लगाएका छन्। अघिल्लो दिन फोन गरेर प्रधानमन्त्री भेट्न खोज्नुभएको छ भन्ने बताउनु र भोलिपल्ट पिएसओमार्फत घर पत्ता लगाएर त्यहीँ पुग्नुले खनालको गतिविधि शंकास्पद रहेको उनको आरोप छ।

यिनै कुरालाई मध्यनजर गर्दै यादवले दिएको जाहेरी भने प्रहरीले लिन मानेको छैन। सरकारी वकिल कार्यालयमा दर्ता भएको अवस्थामा भने प्रहरीले अनुसन्धान गर्नुपर्ने अवस्था हुन्छ। यस्तो अवस्था आएमा अनुसन्धानलाई सहज होस् भन्नका लागि प्रहरीले खनालको गतिविधि निगरानी गरेको हो।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  ०९:०७
  • #दल_फुटाउने_अध्यादेश
  • #अपहरण
  • #सर्वेन्द्र
  • #निगरानी
  • #लेन्स

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
झापा एसपीबाट सम्मानित विश्वकर्मा सरकारी र राजनीतिक पदको दुरुपयोगमा पक्राउ हल्दिबारी गाउँपालिकाका २६ वर्षीय सुजन विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीले प्रारम्भि... मंगलबार, भदौ ३०, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग बालेनले राखेको बैठकमा तामाङ पनि सहभागी भएका थिए । बैठकलगत्तै उनलाई सिंहदरबारबााट पक्राउ गरिएक... सोमबार, भदौ २९, २०८३
प्रधान सेनापति सिग्देल चीन प्रस्थान चिनियाँ पक्षको निमन्त्रणामा प्रधान सेनापति सिग्देलले भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीनको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उनल... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
लिपुलेकबारे परराष्ट्रमन्त्री खनालले भने– ‘पुरानो ब्यागेज होइन, नेपालको साझा संकल्प हो’ मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
झापा एसपीबाट सम्मानित विश्वकर्मा सरकारी र राजनीतिक पदको दुरुपयोगमा पक्राउ मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
गगन र शेरबहादुर दुवै पक्षको महाधिवेशन रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा दरपिठ सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्