• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सहकारी संघसंस्थाको जनशक्ति र सुशासन व्यवस्थापनका लागि नेफ्स्कुनले जारी गर्‍यो १९ बुँदे मार्गदर्शन

कर्मचारी कटौती गर्न नपाइने, लेखापरीक्षण प्रतिवेदन लकडाउन सकिएको १५ दिनभित्र पेश गर्नुपर्ने
64x64
नेपाल लाइभ बिहीबार, वैशाख ११, २०७७  १९:५३
1140x725

काठमाडौं- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले लकडाउन अवधिमा सहकारी संघसंस्थाहरुले जनशक्ति र सुशासन व्यवस्थापनका लागि पालना गर्नुपर्ने १९ बुँदे मार्गदर्शन जारी गरेको छ। स्वास्थ्य संकट रहेको वर्तमान अवस्थामा सहकारीहरुले नियमित कार्यालय संचालन सम्भव नहुने र मानवीय संकटको यस्तो समयमा सदस्यलाई प्रदान गर्नुपर्ने अत्यावश्यक सेवाहरु नियमित र सुरक्षित तवरले संचालनसमेत गर्नुपर्ने विषयलाई मध्यनजर गर्दै मार्गदर्शन जारी गरेको हो। 

बचत तथा ऋण सहकारी संघसस्थाको लागि जारी भएको ‘सहकारी सेवा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७६’ मा उल्लेख गरिएको जनशक्ति परिचालनसम्बन्धि व्यवस्थालाई थप सरलीकृत गर्न ‘सहकारी संघ सस्थाहरुमा जनशक्ति तथा सुशासन व्यवस्थापन मार्गदर्शन-२०७७’ जारी गरिएको नेफ्स्कूनले जनाएको छ। यस्तो छ १९ बुँदे मार्गदर्शनः

nimb
nimb

१. चालु आर्थिक वर्ष २०७६/०७७ को अन्तिम चौमासिकमा बन्दाबन्दीको सामना गर्नु परेकोले संस्थाको वित्तिय अवस्था योजनाअनुसार नभएको हुन सक्दछ वा हाल सदस्य हितमा गरिने कार्यक्रमहरुको आकार बढ्न गई संस्थागत आयको मात्रामा कमी भएको भए पनि बन्दाबन्दी अवधि भर संघ संस्थाको क्षमता, महामारीको चरण र अवधिको विश्लेषण गरी मौजुदा दरबन्दी यथाशक्य कटौती नगर्ने। 

२. महामारीको अवधि बिदाको अवधि होइन, त्यसैले यस अवधिमा संस्थागत निर्णय बमोजिम कार्यसम्पादन गर्नुपर्दछ। महामारी अवधिमा परिचालन गर्नुपर्ने जनशक्ति व्यवस्थापनका योजना व्यवस्थापकले तयार गरी नीतिगत रुपमा जोखिम व्यवस्थापन कार्यदलबाट निर्णय गराई स्थानीय प्रशासनसँगको समन्वयमा संघ वा संस्थाको सेवालाई निरन्तरता प्रदान गर्ने।
३. बन्दाबन्दी अवधिमा निश्चित जिम्मेवारीसहित कार्यसम्पादान गर्नु नपरेका कर्मचारीहरुको हकमा बन्दाबन्दी अवधिमा बिदा सञ्चित नहुने व्यवस्था गर्ने।
४. महामारीको समयमा काम गर्ने जनशक्तिहरुको लागि आवश्यक आधारभूत स्वास्थ्य सुरक्षा (पीपीई, स्यानिटाइजर, मास्क, चश्मा, सुरक्षित कार्यस्थल) को प्रबन्ध भएको हुनुपर्दछ र वैकल्पिक विधिबाट सेवा दिँदा सुरक्षालाई पहिलो प्राथमिकता दिने व्यवस्था मिलाउने। 
५. महामारीको समयमा कार्यालयले तोकेको कार्य, क्षेत्र, समय र साधन बाहेकको यात्रा प्रतिबन्ध गर्ने। 
६. जनशक्ति परिचालन योजनाअनुरुप संस्थागत कार्यमा खटिएका व्यक्तिहरुको नियमित रुपमा स्वास्थ्य अवस्थाबारे जानकारी लिने व्यवस्था मिलाउने। 
७. संस्थाको क्षमता तथा वित्तिय अवस्थाको आधारमा महामारीको समयमा कार्यस्थलमा नियमित खटिने कर्मचारीहरुको थप बिमा, प्रोत्साहन भत्ता, यातायात साधन, आवागमन अनुमति प्रबन्ध आवश्यक संचार खर्च जस्ता न्यूनतम व्यवस्था संस्थागत रुपमा गर्ने।
८. गर्भवती महिला, नियमित औषधि सेवन गरिरहेका जनशक्तिहरुलाई महामारीको समयमा परिचालन नगर्ने। 
९. नियमित काममा रहेको समयमा कर्मचारीहरुमा स्वास्थ्य समस्या देखिएमा सो समस्या समाधान गर्दा  भएको खर्च संस्थाले व्यवस्था गर्ने।
१०. बन्दाबन्दीको अवधि लम्बिन गई संस्थाको खुद बचत ऋणात्मक भएमा, कर्मचारीहरुको आधारभूत तलवमान (तलव स्केल र ग्रेड) बाहेक अन्य सुविधाहरु पूनरावलोकन गर्ने।  
११. महामारीको अवस्था, सरकारको निर्देशन, स्थानीय तह र प्रशासनले जारी गरेका निर्देशनहरु, सहकारी सञ्जालको मार्गनिर्देशन नियमित अध्ययन र विश्लेषण गरी आवश्यक समन्वयमा सेवा प्रवाहका विधि तय गर्ने व्यवस्था मिलाउने। 
१२. महामारीको अन्त्य भई जनजीवन सामान्य अवस्थामा आई संघ सस्था पूर्ववतः सञ्चालन नहुँदासम्म नयाँ कर्मचारीहरुको नियुक्तिसम्बन्धी प्रक्रिया स्थगन वा रद्ध गर्ने।   
१३. सदस्य संघ संस्थाले संचालन गरेको कुनै सेवा तत्काल संचालन गर्न नसकिने वा गर्नु नपर्ने भएको अवस्थामा श्रम ऐन २०७४ को दफा १५ बमोजिम जनशक्ति व्यवस्थापन गर्न सकिनेछ।  यसमा, कुनै विशेष परिस्थिति उत्पन्न भएमा रोजगारदाता (संघ संस्था) ले कार्य स्थगन गरी जनशक्तिलाई जगेडामा राख्न सकिने व्यवस्था रहेको छ जसमा, दश जना वा सोभन्दा बढी जनशक्ति कार्यरत रहेको रोजगारदाता (संघसंस्था) ले श्रमिक जगेडामा रहेको अवस्थामा त्यस्तो जनशक्ति र संघसंस्थाबीच रोजगार सम्बन्ध कायमै रहनेछ र जनशक्तिलाई पन्ध्र दिनसम्म जगेडामा राख्न सक्नेछ तर सोभन्दा बढी समयको लागि जगेडामा राख्नु परेमा आन्तरिक कार्यविधिमा व्यवस्था गरी लागू गर्ने। 
१४. यस मार्गनिर्देशनमा उल्लेख गरिएको प्रावधानहरुलाई सदस्य संघ संस्थाले विकास गरेको मानव संशाधन व्यवस्थापन नीतिमा महामारीमा जनशक्ति व्यवस्थापनसम्बन्धी परिच्छेद थप गरी अद्यावधिक गर्ने। 
१५. महामारी अवधिमा सम्पादन भएका सम्पूर्ण कार्यहरुको नीतिगत निर्णय र स्तरीय अभिलेखीकरण गर्ने। 
१६. महामारीको समयमा संस्थाको दैनिक क्रियाकलापलाई नियमित गर्न मुख्य जिम्मेवारीमा रहेका व्यक्तिहरु कार्यालयमा उपस्थित हुन नसक्ने अवस्थामा अख्तियारी प्रत्यायोजन गर्ने। 
१७. सम्पर्कको आधारमा सेवा दिने कर्मचारी सेवा दिन निर्धारण गरिएको समय र स्थानमा सेवा प्रदान गर्ने व्यवस्था मिलाउने। 
१८. महामारीको प्रभाव न्यूनीकरण, नियन्त्रण र राहतका लागि स्थानीय, प्रदेश र संघीय सरकारले आह्वान गरेका राहत कोषमा सहयोग प्रदान गर्दा सदस्यको सेयर, बचत तथा उनीहरुको हक लाग्ने कोषमा असर नपर्ने गरी नीतिगत निर्णय र सदस्य हित प्राथमिकतामा पर्ने क्षेत्रमा सहभागिता जनाउने। 
१९. लेखा सुपरिवेक्षण समितिले बन्दाबन्दी अवधि समाप्त भएको मितिले १५ दिनभित्र उक्त अवधिको आन्तरीक लेखापरिक्षण गरी संञ्चालक समितिमा प्रतिवेदन पेश गर्ने।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि २ करोड २५ लाख सहयोग गर्ने
भोटेकोशी बाढी: पीडितको उद्धार र राहतका लागि एनआईसी एसिया बैंकले गर्‍यो २ करोड २१ लाख सहयोग
बाढीपीडितका लागि पूर्व प्रधानमन्त्री कार्कीले दिइन् एक महिनाको पेन्सन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि २ करोड २५ लाख सहयोग गर्ने बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: पीडितको उद्धार र राहतका लागि एनआईसी एसिया बैंकले गर्‍यो २ करोड २१ लाख सहयोग बिहीबार, भदौ ११, २०८३
बाढीपीडितका लागि पूर्व प्रधानमन्त्री कार्कीले दिइन् एक महिनाको पेन्सन बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा इप्पानको ५ करोड ५ लाख ५० हजार सहयोग घोषणा बिहीबार, भदौ ११, २०८३
राहत तथा पुनर्स्थापनाका लागि रेड बुलद्वारा २ करोड सहयोग बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्