काठमाडौं– एनआईसी एसिया बैंकले भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
बैंकका अध्यक्ष अशोककुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन्।
रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिमा राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।