काठमाडौं–सानिमा बैंकले बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत प्रदान गर्ने निर्णय गरेको जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सहयोग गर्न लागिएको बैंकले जनाएको हो।
बैंकले बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।