काठमाडौं– सर्वोच्च अदालतको पूर्ण इजलासमा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यबहाक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोकी पाउँ भन्दै दिएको पूरक निवेदनमा सुनुवाइ सुरु भएको छ ।
भदौ ९ गते दिएको निवेदनमाथि बिहीबार सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल संलग्न पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो ।
देउवा र खड्काले कांग्रेस विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयका विषयमा पुनरवलोकनको निस्सा पाएर मुद्दा विचाराधीन रहेको अवस्थामा १५औँ महाधिवेशनका कुनै पनि क्रियाकलाप अघि नबढाउन अन्तरकालीन आदेशको माग गरेका छन् ।
देउवा र खड्काले यसअघि गत पुसमा सम्पन्न विशेष महाधिवेशन एवं निर्वाचन आयोगले वैधता दिनेगरी सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसलामा पुनरवलोकन निवेदन दिएका थिए । उक्त पुनरवलोकनमा सर्वोच्चबाट सुनुवाइ अघि बढाउन निस्सा (अनुमति) प्रदान भइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।