काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) एवं इप्पान सम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
इप्पानको बिहीबारको बैठकले बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा चितवन, तनहुँलगायत जिल्लामा दिवंगत भएका नागरिकप्रति श्रद्धाञ्जली एवं घाइतेप्रति शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग दिने निर्णय गरेको हो ।
इप्पानको बिहीबार बसेको २०६ औं बैठकले बुधबार भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा चितवन, तनहुँ लगायत जिल्लामा दिवंगत भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली एवं घाइतेप्रति शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
'बाढीबाट सञ्चालनमा रहेका र निर्माणाधीन धेरै विद्युत आयोजनाहरुमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै ज्यान गुमाएका कर्मचारी र मजदूरप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको,' इप्पानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । क्षतिमा भएका जलविद्युत आयोजनाको पुर्ननिर्माण र पुर्नस्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहायता गर्ने समेत इप्पानले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।