Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ?

64x64
नेपाल लाइभ बुधबार, भदौ १०, २०८३  ०७:१५
1140x725

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सरकारबाट विभिन्न सरकारी निकाय, आयोग, बोर्ड, विश्वविद्यालय तथा सार्वजनिक संस्थानमा ठूलो संख्यामा पदाधिकारी तथा सदस्य नियुक्त भएका छन्। 

सरकारले लामो समयदेखि रिक्त रहेका पदमा नेतृत्व छनोट गर्ने भन्दै विभिन्न निकायमा अध्यक्ष, उपाध्यक्ष, सदस्य, कार्यकारी निर्देशक, महाप्रबन्धक तथा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको हो।

यी सबै नियुक्ति एउटै प्रक्रियाबाट भने भएका होइनन्। सम्बन्धित निकायको गठनसम्बन्धी ऐन, नियमावली र सरकारले पाएको अधिकारका आधारमा अधिकांश नियुक्ति मन्त्रिपरिषद्को निर्णयबाट गरिएको सरकारको दाबी छ। केही पदमा सम्बन्धित मन्त्रालय वा छनोट समितिको सिफारिस आवश्यक पर्ने व्यवस्था छ भने संवैधानिक प्रकृतिका पदमा छुट्टै संवैधानिक प्रक्रिया लागू हुन्छ।

सरकारले रिक्त पद पूर्ति र सार्वजनिक संस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नियुक्ति गरिएको बताउँदै आएको छ। तर‚ ठूलो संख्यामा एकैपटक नियुक्ति हुन थालेपछि नियुक्तिको मापदण्ड, छनोट प्रक्रिया र नियुक्त व्यक्तिको योग्यता तथा राजनीतिक निकटतामाथि पनि प्रश्न उठिरहेका छन्।

को–को बने भाग्यमानी?
भूमि समस्या समाधान समितिमा बलभद्र बास्तोला अध्यक्ष तथा अमिरप्रसाद न्यौपाने, पद्मनिधि सोती र रेहना श्रेष्ठ सदस्य नियुक्त भएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य तथा सदस्यमा नवराज सिंखडा, रोशनबहादुर शाक्य र खेटराज दाहाल नियुक्त भएका छन्।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त भएका छन् भने सदस्यमा अर्जुनजंग थापा, सञ्जय आचार्य, देवेन्द्र गौचन, रेशु अर्याल, सुदन झा र पुकार मल्ल नियुक्त भएका छन्। बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा आनन्दसिंह भाट र नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त भएका छन्।

सुरक्षण मुद्रण कोष/केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना, सार्वजनिक सेवा प्रसारण संस्थाको सदस्यमा उर्वशी बस्न्यात र शोभिता रिसाल तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्यमा डा. अमृता शर्मा, विरेन्द्रराज पाण्डे, डा. दिपेश्वरमान श्रेष्ठ र प्रमिला राना नियुक्त भएका छन्।

नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको अध्यक्षमा विशालकुमार भण्डारी, लेखामान बोर्डको अध्यक्षमा रमेशकुमार धिताल र नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त भएका छन्। सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्षमा सुशीलचन्द्र तिवारी तथा सदस्यमा महेश अर्याल र थानेश्वर गौतम नियुक्त भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धर्मराज खड्का, गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल, काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य तथा नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। दूरसञ्चार प्राधिकरणको सदस्यमा गोपाल प्रधान, अनन्त मल्लिक, निलमकुमार ओझा र सुजिता श्रेष्ठ नियुक्त भएका छन्।

प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ तथा सदस्यमा प्रकाश माथेमा, नम्रता शर्मा, रविराज बराल र उपासना घिमिरे नियुक्त भएका छन्। नेपाल वायुसेवा निगमको अध्यक्ष तथा महाप्रबन्धकमा महेश्वरभक्त श्रेष्ठ नियुक्त भए पनि उक्त नियुक्ति अदालतबाट खारेज भएको छ।

विद्युत् नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताल तथा सदस्यमा जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाल नियुक्त भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा धर्मराज उप्रेती र गुठी संस्थानको प्रशासकमा शैलेशराज कुँवर नियुक्त भएका छन्।

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्गबहादुर केसी, सचिवमा रोजी श्रेष्ठ तथा सदस्यमा रेशु अर्याल ढुंगाना नियुक्त भएका छन्। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा यांकी उक्याब, नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह र वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त भएका छन्।

Xtrem

Xtrem

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त भएका छन्। त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा तथा सदस्यमा रेजिना मास्के नियुक्त भएका छन्। नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्षमा आदित्य पराजुली तथा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा तीर्थ श्रेष्ठ नियुक्त भएका छन्।

पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा गंगासागर बानियाँ तथा सदस्यमा केदारमान भण्डारी, रूपा शाही बाँस्तोला, राम सोभित नायक र संगिताकुमारी राम नियुक्त भएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को उपकुलपतिमा प्रा. डा. जनार्दन लामिछाने तथा नेपाल स्काउटको प्रमुख आयुक्तमा सन्तोषकुमार थापा नियुक्त भएका छन्।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. भीमबहादुर चन्द नियुक्त भएका छन्। नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा भीमप्रसाद खतिवडा, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, पूर्वाञ्चल विश्वविद्यालयमा सुजनबाबु मरहट्ठा, सुदूरपश्चिम विश्वविद्यालयमा किसनदत्त भट्ट, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल तथा काठमाडौं विश्वविद्यालयमा विवेक बराल नियुक्त भएका छन्।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त भएका छन्। परिषद्को उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा तथा सदस्यमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिशकुमार देव, धर्मागत भट्टराई र रबा थापा नियुक्त भएका छन्।

नेपाल नर्सिङ परिषद्को अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमलाकुमारी साह तथा रजिस्ट्रारमा पार्वती विष्ट नियुक्त भएका छन्। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल र रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त भएका छन्। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम तथा रजिस्ट्रारमा डा. हरिश सिंह थापा नियुक्त भएका छन्। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुवास प्याकुरेल, नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल तथा रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर)को उपकुलपतिमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नवीसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङम्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्र उपकुलपति नियुक्त भएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी, उपकुलपतिमा अविनाश श्रेष्ठ र सदस्य सचिवमा रोशन शेरचन नियुक्त भएका छन्। सदस्यमा प्रतिसरा मानन्धर, डा. कृष्णराज चौधरी, सीता सुब्बा, तिर्थबहादुर गुरुङ, रुपा कुमारी, नविन नेपाली, दिपक सापकोटा र दुर्गाबहादुर घर्ती नियुक्त भएका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिना ताम्राकार, उपकुलपतिमा चन्द्रश्याम डंगोल र सदस्य सचिवमा कैलाशकुमार श्रेष्ठ नियुक्त भएका छन्। सदस्यमा जुपिटर प्रधान, कुबिर देवान, संगी श्रेष्ठ, ध्रुवराज शर्मा र ओमप्रकाश यादव नियुक्त भएका छन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल, उपकुलपतिमा झुमा बनेम तथा सदस्य सचिवमा भूपेन्द्र सिंह रायमाझी नियुक्त भएका छन्। सदस्यमा छेन्दोक हाङ्ग राई, जीतबहादुर देउजा, सुबिमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ र रेखा शाह गुरुङ नियुक्त भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा विशाल श्रेष्ठ तथा सदस्यमा मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन, पवन शाही, ललिता नाथ र धनीराम चौधरी नियुक्त भएका छन्।
 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले आज पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौँ बसाइँको खर्च पार्टीले व्... बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने पार्टीको स्थायी कमिटी बैठकले तल्लो तहका भेला सम्पन्न गरी राष्ट्रिय स्तरको कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो। बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री किरण था... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्