• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २०, २०८२ Sat, Dec 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सारीको चुरोट मोह 

64x64
ऋग्वेद शर्मा बिहीबार, वैशाख ११, २०७७  १४:४४
1140x725

काठमाडौं- इटालियन क्लब युभेन्टसका प्रशिक्षक माउरिजियो सारी फुटबल प्रशिक्षणमा जति चिनिएका छन् त्यति नै चुरोटका कारण पनि चर्चामा रहन्छन्। कतिसम्म भने एक समय खेल चलिरहँदा नै चुरोट सल्काउने सारी त्यो नपाउँदा चुरोट चपाएरसमेत खाइदिन्छन्। 

कोरोना भाइरस (कोभिड १९) का कारण अहिले विश्व खेलकुद गतिविधि ठप्प छ। रोकिएका खेलहरु कहिले सुरु हुने भन्ने यकिन छैन। युभेन्टसमा नै केही खेलाडीलाई कोरोना संक्रमण भएपछि सबै सेल्फ आइसोलेसनमा छन्। यस्तोमा क्लबको चिन्ता लगातार चुरोट खानुपर्ने सारीलाई यो सबैबाट कसरी जोगाउने भन्नेमा छ। 

कोरोना भाइरस प्रशिक्षणमा सारीको नतिजा नेगेटिभ आएको भए पनि उनको लगातारको चुरोट खाने बानीले संक्रमण भइहालेमा निको हुन गाह्रो हुने डर क्लब ब्यवस्थापनमा देखिन्छ। कतिसम्म भने इंग्लिस क्लब चेल्सीमा पूर्वप्रशिक्षक रहिसकेका सारी दिनमा ६० खिल्लीसम्म चुरोट खाने उनको नजिक रहेकाहरु बताउँछन्। २०१९–२० को सिजनको सुरुवातमा निमोनियाबाट बिरामी परेका सारी अहिले पनि उस्तै चुरोट खाइरहेका हुन्छन्। 

सुन्दा अचम्म लाग्न सक्छ तर सारीको चुरोट मोह अति अनौठो छ। कसैले गुगलमा ‘सारी’ सर्च गर्यो भने पनि उनको चुरोटबिनाको फोटो निकै कम भेटछन्। चेन स्मोकर सारीको यही बानीले उनी बेलाबेला आलोचित पनि हुन्छन्।

यसअघि इंग्लिस क्लब चेल्सीमा रहँदा सारीलाई खेलका दौरान चुरोट खान असाध्यै मुस्किल थियो। त्यसअघि इटालियन क्लब नापोलीमा रहँदा भने खेल भइरहेका बेला पनि उनलाई चुरोट पिउन छुट थियो। मैदानको बाहिरी लाइनमा बसेर धुँवा उडाइरहेका भेटिन्थे। 

आफ्नो प्रशिक्षणमा अहिले २० औं क्लब युभेन्टसमा रहेका सारीलाई यस्तो अप्ठ्यारो यसअघि थिएन। नापोलीअघि अर्को इटालियन क्लब इपोलीमा रहँदा पनि उनी उसै गरी मनमौजी धुँवा उडाइरहेका हुन्थे। इंग्लिस क्लब चेल्सीमा जाँदा उनको त्यो बानी छुट्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन। 

नापोलीमा रहँदा पनि धेरै नै आलोचना हुन थालेपछि नापोलीले मैदानमै चुरोट खान प्रतिबन्ध लगायो। तर, सारीका लागि मैदान छेउमै चुरोट खाने एउटा विशेष स्थान नै छुट्याइदियो। त्यस्तो स्थान चेन्जिङमा रुममा पनि थियो। 

Ncell 2
Ncell 2

कतिसम्म भने टिम अवे खेलका लागि प्लेनमा जाँदा उनी भने एक्लै रेल चढेर जान्थे। त्यसको एउटै कारण थियो बीच बीचमा चुरोट खाने चाहना। उनले दिनमा पाँच बट्टासम्म चुरोट खाने गरेको उनको नजिकै रहेर काम गरेकाहरु सुनाउँछन्। 

‘सारी चुरोटमा असाध्यै डुब्छन्। त्यो एकदमै अविश्वसनीय छ’ नापोलीका कप्तान मरेक ह्यामसिक भन्छन्, ‘त्यस्तो धेरै चुरोट खाने मैले अरु कोही देखेको छैन। तर, त्यस्तरी चुरोटमा डुबेर पनि उनको सोच खेलभन्दा बाहिर कहिल्यै गएन।’

सारी र चुरोटका सम्बन्धमा एउटा रोचक घटना छ। इटालियन र्यापर नास्टाले ‘जस्ट लाइक पाउरिजियो सारी’ बोलमा एउटा गीत नै बनाए। जुन गाएर उनले सारीसँगको भेट पक्का गरे। 

नास्टाले सारीसँगको भेटमा तस्बिर खिचाए र एउटा चुरोटको खिलीमा अटोग्राफसमेत लिए। त्यसमा उनी भन्छन्, ‘म्यारोडोनालाई भेट्दा फुटबलमा अटोग्राफ लिए जस्तै हो सारीसँग चुरोटमा लिनु।’

युभेन्टस आउनुअघि चेल्सीले सारीलाई क्लब ल्याउने कुरा चलेसँगै उनका लागि नापोलीमा जस्तै चुरोट खान मिल्ने ठाउँ बनाइदिने बहस पनि चलेको थियो। जसमा क्लब सकारात्मक रहेको खबरहरु बाहिरिरहेका थिए। तर, पछि कुरा उठेको थियो ‘ब्रिटिश एटिच्युड’ को। 

सारीको सम्बन्धमा बेलायती मनोवृत्तिको कुरा चेल्सीका मालिक रोमन एब्रामोभिचले नै उठाएका थिए। सारीले बेलायती मनोवृत्तिलाई स्वीकार गर्नुपर्ने उनले सार्वजनिक रुपमा नै बताएका थिए। 

मैदानमा चुरोट खाने बानी छाड्न मात्रै होइन कोट लगाएर आउन पनि एब्रामोभिचको सुझाव थियो। सामान्यतः मैदानमा टिसर्ट टाउजरमा देखिने सारीले त्यहाँ रहँदा कोर्ट पनि लगाइसकेका थिएनन् र चुरोट पनि छाडेनन्। 

प्रिमियर लिगमा मैदान छेउमा चुरोट खान लागेको प्रतिबन्धमा सारीले आफ्नै तरिका अपनाए। चुरोट सल्काएर खान नपाए पनि चपाएर खाइदिए। उनको त्यही बानी अहिले युभेन्टसमा रहँदा पनि देखिन्छ। फिल्टरपट्टिको भाग चपाइरहेका हुन्छन्। 

सारीले त्यसरी चुरोट चपाएर खाएको पहिलोपटक देखिएको प्रिमियर लिगमा हडर्सफिल्डसँगको खेलको दौरान हो। जसमा निकोटिनको साह्रै याद आएर होला सारीले चुरोटको फिल्टरपपट्टीको भाग चुइगम चपाए जस्तो चपाइरहेका थिए। चुरोट खाँदा पनि धेरैजस्तो फिल्टरसम्म नै खाने उनले त्यसको लत मेट्न फिल्टर चपाइरहेको फोटो भाइरल नै बनेको थियो।  

चुरोट चपाइरहेको मात्रै होइन चेल्सीमा सारीको अर्को तस्बिर पनि भाइरल बनेको थियो। प्रिमियर लिगको दोस्रो खेलमा चेल्सीले आर्सनलविरुद्ध गोल गर्दाको खुसी मनाइरहेका बेला सारीको हातमा चुरोटको बट्टा थियो। 

चेल्सीले पहिलो हाफमा दुई गोल गरेपछि पहिलो हाफमा नै आर्सनलले दुई गोल फर्काएर थियो। खेल निकै रोचक भइरहँदा प्रशिक्षक सारीलाई केही समय निकोटिनको तलतलले अत्याएको थियो। 

‘पहिलो हाफको अन्तिम १५ मिनेट त निकै तनावपूर्ण थियो। बाँकी ७५ मिनेट मैले खेल निकै रमाइलो मानें। तर त्यो १५ मिनेटमा मैले चुरोट खान पाएको भए निकै ठीक हुने थियो’ त्यो समय खेलपछि सारीले भनेका थिए। 

‘म बेलुका मात्रै चुरोट खाने प्रयासमा छु। त्यो नसके पनि खेलको बेला नखान धेरै मेहनत गरिरहेको छु। कम्तिमा दुई वर्ष नखान सक्छु भन्ने लागेको छ’ उनले यसो भनेको नै पनि झण्डै दुई वर्ष भइसकेको छ तर चुरोट छाडेका छैनन्। 

हुन त त्यसका लागि उनले आफ्ना बुबामार्फत प्रेरणा पनि पाएका हुन्। यदि कसैले सारीको चुरोट खाने बानीमा नियन्त्रण गर्न सक्छ भने त्यो उनको बुबा नै हो। चेल्सीबाट बोलावट आएपछि चेल्सी जान सुझाव दिएका उनका बुबाले नै चुरोट कम गर्न सल्लाह पनि दिएका थिए। 

‘जब चेल्सीबाट मलाई लैजान खोजेको खबर बुबाले थाहा पाउनुभएको थियो। उहाँले चेल्सी जाने सल्लाह दिनुभयो। साथै कम्तिमा चेल्सीमा दुई वर्ष चुरोट नखान पनि सल्लाह दिनुभएको थियो’ सारीले भनेका थिए। चेल्सीबाट युभेन्टस आउने सोच पनि उनी एक्लैले बनाएको सोच होइन। 

यो सबैले सारीको विशेष चाह फुटबलमा भन्दा चुरोटमा बढी छ भन्ने लाग्ला। तर, कुरो त्यस्तो होइन। सारी फुटबलमा सिद्धान्त र मनोरञ्जनलाई एकसाथ लैजान्छन्। उनी भन्छन्, ‘यसैले तपाइँले खेललाई रमाइलो साथ अघि बढाउनु भयो भने मेहनत कम गर्दा पनि राम्रो नतिजा देखिन्छ।’

निमोनियाको समस्यामा परेर बाहिर निस्कन सकेका सारीले त्यसपछि पनि चुरोट नछाड्दा भने युभेन्टस ब्यवस्थापन निकै चिन्तित बनेको थियो। ६० वर्षको उमेरमा रोगले समातिसक्दा पनि सारीको चुरोट मोह कम भएको छैन। 

अहिले भने सारीले भन्ने गरेका छन्- ‘पहिले जस्तो खेल चलिरहेकै बेला मलाई चुरोट खाउँ जस्तो हुँदैन तर खेल सकिने वित्तिकै भने चाहि नै हाल्छ। समर्थकहरुको मन जित्न त हामीले मेहनत गरेर उपाधि नै जित्नुपर्छ।’ 

(यो सामग्री युभेएफसी, फुटबल इटालिया, मार्का, चेल्सी न्युज र स्पोर्टसमा आधारित रहेर तयार पारिएको हो।)
 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य शनिबार, मंसिर २०, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्