• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सारीको चुरोट मोह 

64x64
ऋग्वेद शर्मा बिहीबार, वैशाख ११, २०७७  १४:४४
1140x725

काठमाडौं- इटालियन क्लब युभेन्टसका प्रशिक्षक माउरिजियो सारी फुटबल प्रशिक्षणमा जति चिनिएका छन् त्यति नै चुरोटका कारण पनि चर्चामा रहन्छन्। कतिसम्म भने एक समय खेल चलिरहँदा नै चुरोट सल्काउने सारी त्यो नपाउँदा चुरोट चपाएरसमेत खाइदिन्छन्। 

कोरोना भाइरस (कोभिड १९) का कारण अहिले विश्व खेलकुद गतिविधि ठप्प छ। रोकिएका खेलहरु कहिले सुरु हुने भन्ने यकिन छैन। युभेन्टसमा नै केही खेलाडीलाई कोरोना संक्रमण भएपछि सबै सेल्फ आइसोलेसनमा छन्। यस्तोमा क्लबको चिन्ता लगातार चुरोट खानुपर्ने सारीलाई यो सबैबाट कसरी जोगाउने भन्नेमा छ। 

कोरोना भाइरस प्रशिक्षणमा सारीको नतिजा नेगेटिभ आएको भए पनि उनको लगातारको चुरोट खाने बानीले संक्रमण भइहालेमा निको हुन गाह्रो हुने डर क्लब ब्यवस्थापनमा देखिन्छ। कतिसम्म भने इंग्लिस क्लब चेल्सीमा पूर्वप्रशिक्षक रहिसकेका सारी दिनमा ६० खिल्लीसम्म चुरोट खाने उनको नजिक रहेकाहरु बताउँछन्। २०१९–२० को सिजनको सुरुवातमा निमोनियाबाट बिरामी परेका सारी अहिले पनि उस्तै चुरोट खाइरहेका हुन्छन्। 

सुन्दा अचम्म लाग्न सक्छ तर सारीको चुरोट मोह अति अनौठो छ। कसैले गुगलमा ‘सारी’ सर्च गर्यो भने पनि उनको चुरोटबिनाको फोटो निकै कम भेटछन्। चेन स्मोकर सारीको यही बानीले उनी बेलाबेला आलोचित पनि हुन्छन्।

यसअघि इंग्लिस क्लब चेल्सीमा रहँदा सारीलाई खेलका दौरान चुरोट खान असाध्यै मुस्किल थियो। त्यसअघि इटालियन क्लब नापोलीमा रहँदा भने खेल भइरहेका बेला पनि उनलाई चुरोट पिउन छुट थियो। मैदानको बाहिरी लाइनमा बसेर धुँवा उडाइरहेका भेटिन्थे। 

आफ्नो प्रशिक्षणमा अहिले २० औं क्लब युभेन्टसमा रहेका सारीलाई यस्तो अप्ठ्यारो यसअघि थिएन। नापोलीअघि अर्को इटालियन क्लब इपोलीमा रहँदा पनि उनी उसै गरी मनमौजी धुँवा उडाइरहेका हुन्थे। इंग्लिस क्लब चेल्सीमा जाँदा उनको त्यो बानी छुट्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन। 

नापोलीमा रहँदा पनि धेरै नै आलोचना हुन थालेपछि नापोलीले मैदानमै चुरोट खान प्रतिबन्ध लगायो। तर, सारीका लागि मैदान छेउमै चुरोट खाने एउटा विशेष स्थान नै छुट्याइदियो। त्यस्तो स्थान चेन्जिङमा रुममा पनि थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

कतिसम्म भने टिम अवे खेलका लागि प्लेनमा जाँदा उनी भने एक्लै रेल चढेर जान्थे। त्यसको एउटै कारण थियो बीच बीचमा चुरोट खाने चाहना। उनले दिनमा पाँच बट्टासम्म चुरोट खाने गरेको उनको नजिकै रहेर काम गरेकाहरु सुनाउँछन्। 

‘सारी चुरोटमा असाध्यै डुब्छन्। त्यो एकदमै अविश्वसनीय छ’ नापोलीका कप्तान मरेक ह्यामसिक भन्छन्, ‘त्यस्तो धेरै चुरोट खाने मैले अरु कोही देखेको छैन। तर, त्यस्तरी चुरोटमा डुबेर पनि उनको सोच खेलभन्दा बाहिर कहिल्यै गएन।’

सारी र चुरोटका सम्बन्धमा एउटा रोचक घटना छ। इटालियन र्यापर नास्टाले ‘जस्ट लाइक पाउरिजियो सारी’ बोलमा एउटा गीत नै बनाए। जुन गाएर उनले सारीसँगको भेट पक्का गरे। 

नास्टाले सारीसँगको भेटमा तस्बिर खिचाए र एउटा चुरोटको खिलीमा अटोग्राफसमेत लिए। त्यसमा उनी भन्छन्, ‘म्यारोडोनालाई भेट्दा फुटबलमा अटोग्राफ लिए जस्तै हो सारीसँग चुरोटमा लिनु।’

युभेन्टस आउनुअघि चेल्सीले सारीलाई क्लब ल्याउने कुरा चलेसँगै उनका लागि नापोलीमा जस्तै चुरोट खान मिल्ने ठाउँ बनाइदिने बहस पनि चलेको थियो। जसमा क्लब सकारात्मक रहेको खबरहरु बाहिरिरहेका थिए। तर, पछि कुरा उठेको थियो ‘ब्रिटिश एटिच्युड’ को। 

सारीको सम्बन्धमा बेलायती मनोवृत्तिको कुरा चेल्सीका मालिक रोमन एब्रामोभिचले नै उठाएका थिए। सारीले बेलायती मनोवृत्तिलाई स्वीकार गर्नुपर्ने उनले सार्वजनिक रुपमा नै बताएका थिए। 

मैदानमा चुरोट खाने बानी छाड्न मात्रै होइन कोट लगाएर आउन पनि एब्रामोभिचको सुझाव थियो। सामान्यतः मैदानमा टिसर्ट टाउजरमा देखिने सारीले त्यहाँ रहँदा कोर्ट पनि लगाइसकेका थिएनन् र चुरोट पनि छाडेनन्। 

प्रिमियर लिगमा मैदान छेउमा चुरोट खान लागेको प्रतिबन्धमा सारीले आफ्नै तरिका अपनाए। चुरोट सल्काएर खान नपाए पनि चपाएर खाइदिए। उनको त्यही बानी अहिले युभेन्टसमा रहँदा पनि देखिन्छ। फिल्टरपट्टिको भाग चपाइरहेका हुन्छन्। 

सारीले त्यसरी चुरोट चपाएर खाएको पहिलोपटक देखिएको प्रिमियर लिगमा हडर्सफिल्डसँगको खेलको दौरान हो। जसमा निकोटिनको साह्रै याद आएर होला सारीले चुरोटको फिल्टरपपट्टीको भाग चुइगम चपाए जस्तो चपाइरहेका थिए। चुरोट खाँदा पनि धेरैजस्तो फिल्टरसम्म नै खाने उनले त्यसको लत मेट्न फिल्टर चपाइरहेको फोटो भाइरल नै बनेको थियो।  

चुरोट चपाइरहेको मात्रै होइन चेल्सीमा सारीको अर्को तस्बिर पनि भाइरल बनेको थियो। प्रिमियर लिगको दोस्रो खेलमा चेल्सीले आर्सनलविरुद्ध गोल गर्दाको खुसी मनाइरहेका बेला सारीको हातमा चुरोटको बट्टा थियो। 

चेल्सीले पहिलो हाफमा दुई गोल गरेपछि पहिलो हाफमा नै आर्सनलले दुई गोल फर्काएर थियो। खेल निकै रोचक भइरहँदा प्रशिक्षक सारीलाई केही समय निकोटिनको तलतलले अत्याएको थियो। 

‘पहिलो हाफको अन्तिम १५ मिनेट त निकै तनावपूर्ण थियो। बाँकी ७५ मिनेट मैले खेल निकै रमाइलो मानें। तर त्यो १५ मिनेटमा मैले चुरोट खान पाएको भए निकै ठीक हुने थियो’ त्यो समय खेलपछि सारीले भनेका थिए। 

‘म बेलुका मात्रै चुरोट खाने प्रयासमा छु। त्यो नसके पनि खेलको बेला नखान धेरै मेहनत गरिरहेको छु। कम्तिमा दुई वर्ष नखान सक्छु भन्ने लागेको छ’ उनले यसो भनेको नै पनि झण्डै दुई वर्ष भइसकेको छ तर चुरोट छाडेका छैनन्। 

हुन त त्यसका लागि उनले आफ्ना बुबामार्फत प्रेरणा पनि पाएका हुन्। यदि कसैले सारीको चुरोट खाने बानीमा नियन्त्रण गर्न सक्छ भने त्यो उनको बुबा नै हो। चेल्सीबाट बोलावट आएपछि चेल्सी जान सुझाव दिएका उनका बुबाले नै चुरोट कम गर्न सल्लाह पनि दिएका थिए। 

‘जब चेल्सीबाट मलाई लैजान खोजेको खबर बुबाले थाहा पाउनुभएको थियो। उहाँले चेल्सी जाने सल्लाह दिनुभयो। साथै कम्तिमा चेल्सीमा दुई वर्ष चुरोट नखान पनि सल्लाह दिनुभएको थियो’ सारीले भनेका थिए। चेल्सीबाट युभेन्टस आउने सोच पनि उनी एक्लैले बनाएको सोच होइन। 

यो सबैले सारीको विशेष चाह फुटबलमा भन्दा चुरोटमा बढी छ भन्ने लाग्ला। तर, कुरो त्यस्तो होइन। सारी फुटबलमा सिद्धान्त र मनोरञ्जनलाई एकसाथ लैजान्छन्। उनी भन्छन्, ‘यसैले तपाइँले खेललाई रमाइलो साथ अघि बढाउनु भयो भने मेहनत कम गर्दा पनि राम्रो नतिजा देखिन्छ।’

निमोनियाको समस्यामा परेर बाहिर निस्कन सकेका सारीले त्यसपछि पनि चुरोट नछाड्दा भने युभेन्टस ब्यवस्थापन निकै चिन्तित बनेको थियो। ६० वर्षको उमेरमा रोगले समातिसक्दा पनि सारीको चुरोट मोह कम भएको छैन। 

अहिले भने सारीले भन्ने गरेका छन्- ‘पहिले जस्तो खेल चलिरहेकै बेला मलाई चुरोट खाउँ जस्तो हुँदैन तर खेल सकिने वित्तिकै भने चाहि नै हाल्छ। समर्थकहरुको मन जित्न त हामीले मेहनत गरेर उपाधि नै जित्नुपर्छ।’ 

(यो सामग्री युभेएफसी, फुटबल इटालिया, मार्का, चेल्सी न्युज र स्पोर्टसमा आधारित रहेर तयार पारिएको हो।)
 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्