काठमाडौं– सरकारद्वारा गठित कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा स्वास्थ्य क्षेत्रको जानकार कोही पनि नरहेका कारण सो समितिको प्रभावकारीतामा प्रश्न उठेको छ।
चिकित्सक स्वर्णीम ज्ञवालीले उच्च स्तरीय समितिमा स्वास्थ्य क्षेत्रको व्यक्ति नसमेटिएको प्रति आश्चर्य प्रकट गरेका छन्।
सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको १४ सदस्यीय समिति फागुन १८ मा गठन गरेको थियो। उक्त समितिमा स्वास्थ्य क्षेत्रका जानकार तथा विशेषज्ञ चिकित्सकलाई सहभागी गरिएको छैन।
समितिमा दश जना मन्त्री छन् भने बाँकी मुख्य सचिव र तीन मन्त्रालयका सचिवहरु छन्।
चिकित्सक क्षेत्रका विज्ञहरु समितिमा नसमेटिएसँगै उक्त समितिले गर्ने निर्णय र कार्यान्वयन प्रक्रियामा प्रभावकारिता हुन नसकेको टिप्पणी हुन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।