नयाँ दिल्ली– भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैँ छन्। भारतसँगको सम्बन्ध सुधार र पुराना सम्झौताको कार्यान्वयनमा पहल गर्ने एजेण्डा बोकेर दिल्ली उत्रिएका प्रधानमन्त्री ओलीले महत्वपुर्ण राजनीतिक भेटवार्ता सम्पन्न गरिसकेका छन्।
भ्रमणको तेस्रो दिन आज प्रधानमन्त्री ओलीले उत्तराखण्डमा रहेको कृषि परियोजना कार्यक्रमको अवलोकन गरेका छन्। लगत्तै उनलाई गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधिले सम्मानित गर्दैछ।
भारत भ्रमणको अन्तिम दिन आज बिहान प्रधानमन्त्री ओलीले केही राजनीतिक भेटघाट समेत गरेका छन्।
भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हिजो भेटवार्ता भएको थियो। सो क्रममा दुवै देशले १३ बुँदे संयुक्त विज्ञप्ती सार्वजनीक गरेका थिए।
संयुक्त विज्ञप्तीमा दिल्ली काठमाडौं रेलमार्ग निर्माणदेखि अरुण तेस्रो, पञ्चेश्वरलगायतका विभिन्न जलविद्युत परियोजनाको कामलाई गति दिने सहमति भएको थियो।
भारत भ्रमणको क्रममा ओलीले नेपालका विविधि आर्थिक क्षेत्रमा लगानी गर्न भारतीय सरकारी र नीजि क्षेत्रलाई आग्रह गरेका थिए।
प्रधानमन्त्री ओली आजै साँझ ६ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।