बुटवल– बुटवल उपमहानगरपालिका–८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ बजेदेखि आगलागी भएको छ।
भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ तलामा आगलागी भएको छ। आगलागी विद्युत् सर्टका कारण भएको बताइए पनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
सो सुपरमार्केट ९५ करोड रुपैयाँको लागतमा सम्पन्न गरी गत वर्षदेखि सुरु गरिएको थियो ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।