• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आर्थिक समृद्धि र विकास लोकतन्त्रमा मात्रै सम्भव : प्रधानमन्त्री ओली

64x64
नेपाल लाइभ आइतबार, चैत २५, २०७४  ०१:०१
1140x725

- रमेश लम्साल/रासस

नयाँदिल्ली– भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको वर्तमान सरकारले लोकतन्त्रलाई थप परिष्कृत, मर्यादित र व्यवस्थित बनाएर नेपाललाई प्रगतिको पथमा अगाडि बढाउन क्रियाशील रहेको बताएका छन्। 

इन्डिया फाउण्डेशनले शनिबार बेलुका नयाँ दिल्लीमा प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वाम गठबन्धनको सरकार लोकतन्त्र मास्न उद्यत रहेको भन्दै केहीले भ्रम फिँजाएको आरोप लगाए।

प्रधानमन्त्री ओलीले भने,‘केही मान्छेले नेपालमा लोकतन्त्र संकटमा पर्दैछ भनेर अनावश्यक चर्चा र भ्रम फिँजाएका छन्। त्यो सरासर गलत हो। लोकतन्त्रका लागि आधा शताब्दीभन्दा बढी संघर्ष गरेको मेरा लागि लोकतन्त्र नै सर्वोत्तम शासन व्यवस्था हो।’ 

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा नै आर्थिक समृद्धि र विकासले उल्लेख्य फड्को मार्ने भन्दै कोही कसैले अनावश्यक रुपमा फैलाएका गलत अफवाहको पछाडि नलाग्न सबैलाई आग्रह गरे।

नेपाल दुवै छिमेकी मुलुकसँग पारस्परिक विश्वास, मित्रता र मैत्री सम्बन्धका साथ अगाडि बढ्न लागेको भन्दै प्रधानमन्त्रीले भने,‘हामी भारतसँग र अरु मुलुकसँग पनि समानताका आधारमा मैत्री सम्बन्धलाई थप विस्तार गर्दै नेपालको विकास र समृद्धिको यात्रालाई तय गर्न चाहन्छौँ।’ 

नेपाल स्वतन्त्र र आफ्नै पहिचानका साथ विश्व मानचित्रमा विगतदेखि नै स्थापित भएको सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले मैत्री, पञ्चशील र असंलग्नता नै आफूहरुको प्रमुख विशेषता रहेको बताए।

प्रधानमन्त्रीले ऊर्जाको विकासबाट नेपालको मात्रै नभइ भारतको समेत हित हुने भएकाले सो क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरिसकेको दृष्टान्त पेश गर्दै द्विपक्षीय साझेदारीको अनुपम नमूनासमेत ऊर्जा क्षेत्र नै हुने स्पष्ट पारे।

Ncell 2
Ncell 2
nimb
nimb

दुई देशबीच लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वरजस्ता आयोजना अगाडि बढाएर दुवै मुलुकले फाइदा लिन सक्ने उनको भनाइ थियो।

सम्पर्क सञ्जालको विस्तार, साझा चासो र चिन्ताको सम्बोधन तथा क्षेत्रीय तथा बहुपक्षीय रुपमा मिलेर जाने विषयले नै नेपाल र भारतको हित गर्ने प्रधानमन्त्रीले स्पष्ट पारे।

वेदान्त दर्शन नेपाल र विशेष गरी दक्षिण एशियाबाटै विश्वव्यापी रुपमा फैलिएको जानकारी दिँदै प्रधानमन्त्रीले बुद्धदर्शनबाटै शान्ति र अहिंसाको मार्गमा विश्व समुदायलाई डोर्याउनसमेत आफूहरु सफल हुने उनको प्रष्टोक्ति थियो।

Xtrem

Xtrem

प्रबुद्व व्यक्ति समूह (इपिजी)लाई नेपाल र भारतका विषयमा रहेका र देखिएका समस्या समाधानका लागि ठोस खाका प्रस्तुत गर्न भनिएको र त्यसबाट प्राप्त प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयन गरिने प्रधानमन्त्रीको भनाइ थियो। 

नेपाल एक्लैले मात्रै केही गर्न नसक्ने भएकाले छिमेकी मुलुकसँगकोे साझा प्रयास र सहकार्यबाट मात्रै क्षेत्रीयस्तरमा नयाँ सन्देश प्रवाह हुन सक्ने प्रधानमन्त्रीको जोड थियो। 

कार्यक्रममा प्रधानमन्त्रीलाई फाउण्डेशनका तर्फबाट सम्मान गरिएको थियो। फाउण्डेशनले नेपाल र भारतको समान चासो र हितलाई केन्द्रमा राखेर भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको जानकारी गराएको थियो। 

कार्यक्रममा भारतीय बुद्धिजीवी तथा नेपाली प्रतिनिधिमण्डलको समेत उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: आइतबार, चैत २५, २०७४  ०१:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ
गगनलाई बधाई दिँदा खड्गीले के भने?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन शनिबार, असोज २४, २०८३
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्