नयाँ दिल्ली- प्रधानमन्त्री केपी ओलीले नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिएका छन्। तीनदिने राजकीय भ्रमणका लागि दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले मोदीसँग औपचारिक वार्ताका क्रममा नेपाल भ्रमणको निम्तो दिएका हुन्। संयुक्त वक्तव्यमा समेत प्रधानमन्त्री ओलीले छिटै नेपाल भ्रमण गर्न भारतीय समकक्षी मोदीलाई आग्रह गरे।
‘भेटवार्ताका क्रममा मैले चाँडोभन्दा चाँडो नेपाल भ्रमण गर्न मोदीजीलाई निमन्त्रणा दिएको छु। आशा छ, उहाँको नेपाल भ्रमण चाँडै हुनेछ’, ओलीले भने। मोदीसँगको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू भारत आएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।