• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

नेपाली कामदार पुग्छन् १७२ मुलुक, ३० देशमा मात्रै कूटनीतिक नियोग

आपतकालीन अवस्था आए उद्धारका लागि छैन पर्याप्त संयन्त्र 
64x64
निर्मला घिमिरे सोमबार, चैत ३, २०७६  ०७:०५
1140x725

काठमाडौं– रोजिरोटीको खोजीमा श्रम स्वीकृति लिएरै १७२ मुलुकमा नेपालीहरु पुग्ने गरेका छन्। तर ती सबै गन्तव्य मुलुकमा कूटनीतिक नियोग भने छैनन्।

नेपालले १ सय ६८ मुलुकसँग कूटनीतिक सम्बन्ध कायम गरे पनि विभिन्न ३० वटा मुलुकमा ३९ वटा आवासीय नियोगमात्र छन्। कूटनीतिक सम्बन्ध कायम भएकै इटली, केन्या, सिंगापुर, जोर्डन, टर्की, भुटान, माल्दिभ्सलगायत १३८ मुलुकमा दूतावास छैनन्। 

यहीकारण नेपाली कामदारहरु कहिलेकाहीँ आपतकालीन अवस्थामा पर्दा उद्धार गर्न तथा हकहितका लागि पहल गर्न निकै चुनौती छ। 

‘थोरै मुलुकमा भएका कूटनीतिक नियोगहरुमा पनि मानव संसाधनको कमि छ। पर्याप्त भौतिक संरचना छैन जसले गर्दा गन्तव्य मुलुकमा नेपाली श्रमिकहरु समस्यामा पर्दा उद्धारको पहल गर्न असहज छ’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगाना भन्छन। 

ठूलो संख्यामा नेपाली कामदार रहेका कतार, संयुक्त अरब इमिरेट्स(युएई), साउदी, कुवेत बहराईन, दक्षिण कोरिया, तथा इजरायल लगायत ३० वटा मुलुकमा ३९ वटा आवासीय नियोग छन्। यिनै नियोगहरुले आवासीय प्रतिनिधि नभएका अन्य मुलुकका नेपालीलाई आवश्यक सेवा उपलब्ध गराउँछन्। 

एउटै नियोगले थुप्रै मुलुकमा रहेका नेपालीलाई सेवा पुर्‍याउन नसक्दा समस्यामा परेका नेपालीलाई उद्धार तथा सहजीकरणको काममा ढिलासुस्ती हुने गरेको श्रम मन्त्रालयले जनाएको छ।  

एउटा दूतावासलाई १३ मुलुक हेर्ने जिम्मा  

इजिप्टको कायरोस्थित नेपाली दूतावासले अफ्रिका र पश्चिम एशियाका १३ मुलुकहरु हेर्नुपर्छ। ती मुलुकमा कार्यरत नेपाली श्रमिकहरुको उद्धार, राहत तथा सुरक्षालगायत श्रमिकको हित प्रवर्द्धनका विषयमा यो दूतावासले सहयोग पुर्‍याउँदै आएको छ। तर यो दूतावासमार्फत् ती १३ मुलुकका नेपालीलाई आवश्यक सेवा पुर्‍याउन सहज भने छैन।

Ncell 2
Ncell 2
nimb
nimb

भौगोलिक हिसाबले अफ्रिका र पश्चिम एशियाका १३ वटा मुलुकका श्रमिकहरुको पहुँच इजिप्टस्थित दूतावासमा पुग्न सहज छैन।  यस्तो अबस्थामा ती मुलुकमा कार्यरत नेपालीलाई अत्यावश्यक सेवा प्रवाह, सूचना सम्प्रेषण तथा आकस्मिक उद्धार गर्न परेमा सहज छैन। 

प्रमुख गन्तव्य मुलुकमा नै पर्याप्त छैनन् श्रम काउन्सिलर र सहचारी 

गन्तव्य मुलुकहरुमा कामदारको गुनासो सुन्ने, विपतपरे सहजीकरणको काम गर्ने तथा रिपोर्टिङलगायत कामका लागि श्रम सहचारी तथा कन्सुलर राख्ने गरिन्छ।  

वैदेशिक रोजगार ऐन २०६४ अनुसार ५ हजारभन्दा बढी कामदार पुगेका देशमा अनिवार्य रुपमा श्रम सहचारी राख्नुपर्ने व्यवस्था गरेको छ। तर धेरै देशका दूतावास श्रमसहचारी बिनाका छन्। करिब ४० हजार नेपाली कामदार रहेको दक्षिण कोरिया र लाखौँको संख्यामा कामदार रहेको साउदी अरब (रियाद)मा श्रम सहचारी छैनन्। करिब ३० हजार नेपाली कार्यरत रहेको इजरायलस्थित नेपाली दूतावासमा समेत श्रम सहचारी छैनन्। 

मलेसिया, युएई  र कतारमा श्रम सहचारी र श्रम काउन्सिलर दुवैको व्यवस्था छ। ओमान, बहराइन, कुवेत, साउदी अरब(जेद्दाह) लगायत मुलुकमा श्रम सहचारीको व्यवस्था भए पनि श्रम काउन्सिलरको व्यवस्था हुन सकेको छैन। 

कतिपय नेपाली कामदारका प्रमुख गन्तव्य मुलुकहरुमा नै दूतावास स्थापना हुन सकेका छैनन्। 

आपतकालीन अवस्था आए छैन उद्धारका लागि संयन्त्र 

गन्तव्य मुलुकस्थित नेपाली श्रमिकहरु आपतकालीन अवस्थामा परे उद्धारका लागि कूटनीतिक नियोगको आवश्यकता पर्छ। नियोगले नै सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्छ। तर सबै गन्तव्य मुलुकमा कूटनीतिक नियोगहरु पनि नहुँदा आपतकालीन अवस्था आए कसरी उद्धार गर्ने भन्ने समस्या छ। 

कार्यरत मुलुकमा कूटनीतिक नियोग नभएका कारण समस्यामा परेका श्रमिकको उद्धार गर्न तथा शव नेपाल ल्याउने कार्यमा समेत निकै जटिल समस्या परेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउँछन्। 

‘नेपाली महिलाहरुको प्रमुख गन्तव्य मुलुक बन्दै आएको जोर्डनमा हाल ८ हजारभन्दा बढी नेपाली श्रमिक रहेको अनुमान छ, तर त्यहाँ दूतावास नहुँदा एउटा शव नेपाल ल्याउन पनि महिनौँ कुनुपर्ने अबस्था छ। यस्ता थुप्रै मुलुकमा दूतावास आबश्यक छ’ बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले भने। 

श्रममन्त्री रामेश्वर राय यादव विश्वमा फैलिरहेको कोभिड १९ कोरोना भाइरस जोखिमका कारण गन्तव्य मुलुकबाट नेपाली कामदार उद्धार गर्नुपर्ने अवस्था आए नसकिने अवस्था रहेको बताउँछन्। 

देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा रोजिरोटिको खोजिमा विदेशिएका करिब ४० लाख श्रमिकलाई उद्धार गर्नुपर्ने अवस्था आयो भने सरकारसामु चुनौती हुने उनको भनाइ छ।
परराष्ट्र मन्त्रालयले भने विदेशस्थित कूटनीतिक नियोगको पुनर्संरचनाका लागि तयारी गरिरहेको जनाएको छ। 

२०७५ मंसीर २१ गते विदेशस्थित नियोगहरुको पुनरावलोकन तथा थपघटका लागि परराष्ट्रमन्त्रीस्तरीय निर्णय भएको थियो। त्यसैअनुसार पूर्वराजदूत रुद्र नेपालको संयोजकत्वमा कार्यदल गठन भएको थियो। उक्त कार्यदलले डेनमार्क, स्पेन, दक्षिण अफ्रिका तथा क्यानडास्थित दूतावास हटाइ टर्की, इन्डोनेसिया, केन्या, इटली र सिंगापुरमा दूतावास थप्न प्रस्ताव गरेको थियो। त्यसबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

कुन देशमा कति कामदार छन् ? 

  • मलेसिया– करिब ५ लाख 
  • साउदी–३ लाख ५० हजार
  • कतार–४ लाख
  • ओमान–३० हजार 
  • युएई–३ लाख 
  • बहराइन–३५ हजार 
  • कुवेत–१ लाखभन्दा बढी 
  • इराक–१५ हजार
  • इरान–३० जना
  • इजरायल–३० हजार 
  • लेवनान–२५ हजार 
  • जापान–८० हजार 
  • दक्षिण कोरिया–४० हजार

(गन्तव्य मुलुकहरुमा श्रमिकहरुको यकिन तथ्यांक कसैसँग छैन। यो संख्या श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सम्बन्धित मुलुकका कूटनीतिक नियोगहरुको अनुमानमा आधारित हो)

यी लगायत १ सय १० मुलुकमा संस्थागत (म्यानपावरमार्फत्) र १ सय ७२ मुलुकमा व्यक्तिगतमार्फत् श्रम स्वीकृति लिएर नेपाली श्रमिकहरु पुग्ने गरेका छन्। भारतबाहेकका मुलुकमा करिब ४० लाख नेपाली युवा कार्यरत रहेको अनुमान छ।  

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  ०७:०५
  • #nepali
  • #nepaliworker

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
साउदीको सीप प्रमाणीकरण कार्यक्रम स्थगित काठमाडौंस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरू गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र... बुधबार, असार ३, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्