काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा आफूले राजीनामा दिए पछि नेपाली सेनाको सुरक्षामा बस्दा मोबाइल सिज गरिएको खुलाएका छन्।
उनले प्रधानमन्त्रीमा सुशीला कार्कीले शपथग्रहण गरेपछि मात्रै आफूले मोबाइल पाएको सुनाए।
आइतबार सम्पादकहरूसँगको संवादमा ओलीले भने- मैले राजीनामा दिएपछि सेनाको सुरक्षामा थिएँ। मेरो मोबाइल फोनसमेत सिज गरिएको थियो। पछि प्रधानमन्त्रीको शपथग्रहणपछि मात्रै मैले मोबाइल पाएँ।'
फरक प्रशंगमा अध्यक्ष ओलीले एमालेभित्र नेतृत्वको अभाव नरहेको भन्दै पार्टीभित्र थुप्रै आकांक्षी भएको बताए। उनले पार्टीमा आफ्नो खाँचो देखेको भन्दै उमेर नछेक्ने दाबी गरे। 'अमेरिकामा ८० वर्षका मान्छे नेतृत्वमा छन्। भारतका प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि चिनियाँ राष्ट्रपति सी जिनफिङसम्मलाई उमेरले छेकेको छैन,' ओलीको भनाइ छ।
उनले माओवादी संयोजक प्रचण्डले केही दिन अघि भयानक झुट बोलेको आरोप लगाए। 'राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसबिना प्रधानमन्त्री बनाउन गाह्रो हुन्छ भनेपछि मैले त्यो कुरा स्वीकार गरेको हुँ। जटिल अवस्थामा मैले त्यो सिफारिस गरेको हुँ,' ओलीले स्पष्टीकरणमा भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।