• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

एस बैंकको घटनाबाट नेपालले के सिक्ने?

'नाफा बढी देखाउन खराब कर्जा लुकाउनु घातक'
64x64
अरुण सापकोटा सोमबार, फागुन २६, २०७६  १३:३६
1140x725

काठमाडौं- आक्रामकरूपमा व्यवसाय विस्तारको परिणाम सधैं राम्रो नहुने उदाहरण भारतको एस बैंक बनेको छ। बजार विस्तार गर्दै बजार हिस्सा वृद्धिको दौडमा एस बैंक पछारिएको छ।

बैंक तथा वित्तीय संस्था सञ्चालनको संवेदनशीलता नबुझी नाफा बढाउने र शेयर बजारमा मूल्य बढाउने नाममा हुने होडबाजीले दुर्घटना निम्त्याउने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्। यदि नेपाली बैंकहरूले पनि भारतको एस बैंककै जस्तै व्यवसाय बढाउने नाममा जथाभावी लगानी गरे र सुशासन कायम गर्न सकेनन् भने ठूलो दुर्घटनामा पर्ने उनको टिप्पणी छ।

नेपाल राष्ट्र बैंकले बैंकहरूको पुँजी बढाएपछि पछिल्ला केही वर्षमा नेपाली बैंकहरू पनि धेरै नै आक्रामक देखिएका छन्। अहिलेको अवस्थामा भारतीय बैंक र नेपाली बैंकहरू बीचमा तुलना गर्न सक्ने अवस्था नरहे पनि नेपाली बैंकहरू सचेत हुनुपर्ने उनको भनाइ छ। भारतमा ७० प्रतिशत बजार सरकारी बैंकको र ३० प्रतिशत मात्रै निजीस्तरका बैंकहरू रहेका छन्। जसले गर्दा निजी बैंकहरू सरकारी बैंकहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। 

कतिपय निजी बैंकहरू सरकारी बैंकसँग प्रतिस्पर्धा गर्ने होडमा अहिलेको अवस्था आएको हो। सरकारले प्राथमिकता प्रदान गरेका क्षेत्रमा सरकारी बैंकले नै कर्जा प्रवाह गर्ने तथा निक्षेप संकलन गर्छन्। उनीहरू सरकारबाटै संरक्षित हुन्छन्। 

नेपालको बैंकिङ क्षेत्र ठीक उल्टो छ। निजी क्षेत्रका बैंकहरूको बजार हिस्सा ९५ प्रतिशत छ भने सरकारी बैंकको बजार हिस्सा जम्मा ५ प्रतिशत छ। यस कारण निजी क्षेत्रका बैंकहरू सरकारको पनि प्राथमिकतामा पर्छन्। नेपालमा निजी बैंक र सरकारी बैंकका लागि अलगअलग नीति बन्दैनन्। 

भारतको एस बैंकको सबैभन्दा ठूलो कमजोरी विजनेस बढाउने नाममा आक्रामकरूपमा बजार विस्तार गर्‍यो। कतिपय नेपाली बैंकहरूमा पनि यही रणनीति छ। तर, नेपाल राष्ट्र बैंकले त्यस्ता बैंकहरूलाई नजिकबाट नियाल्ने गरेकोले वजार विस्तार गर्दैमा नेपाली बैंकहरू समस्यामा छन् भन्न नमिल्ने थापाको तर्क छ।

एस बैंकले खराब कर्जा लुकाउन ऋणीलाई ओभर ड्राफ्टको औजार प्रयोग गर्न दिनु नै सबैभन्दा धेरै घातक रहेको थापाको विश्लेषण छ। बैंकले वित्तीय विवरणलाई पारदर्शी रूपमा नदेखाइ आफू अनुकूल बनाउँदै लैजाँदा अहिलेको दुर्घटना भोग्नु परेको हो। सबैकुरा लुकाउँछु भन्दै गर्दा एक दिन न एक दिन सार्वजनिक हुने हुँदा नेपाली बैंकहरूले पनि आफ्ना वित्तीय विवरण स्वस्छ र पारदर्शीरूपमा देखाउँदै लैजानुपर्ने उनको सुझाव छ। नेपाल राष्ट्र बैंकले सबै पक्षलाई नजिकबाट नियालीरहेको हुँदा नेपाली बैंकहरूले आफूखुसी बदमासी गर्न नसकेको थापाले बताए। 

भारतको एस बैंकको जस्तै अभ्यास नेपाली बैंकमा जलविद्युत कम्पनीहरूको कर्जामा देखिएको छ। यसले तत्कालका लागि नेपालका बैंकहरू कुनै पनि समस्यामा नदेखिए पनि भविष्यमा जलविद्युत् कम्पनीहरूको कर्जामा कुनै समस्या आयो राम्रो नहुने हिमायन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

जलविद्युत् कम्पनीमा गरिएको लगानी नेपाल सरकारले प्राथमिकता प्रदान गरेको क्षेत्रमा भएको हुँदा धेरै समस्या नहुने थापाको तर्क छ। तर, यस्ता कर्जालाई 'वाच लिष्ट'मा भने पार्नु पर्ने उनले बताए।

एस बैंकको अर्को नराम्रो पक्ष व्यवसाय विस्तारको नाममा आक्रामकरूपमा शाखाको विस्तार पनि हो। शाखा बढाउँदा नयाँ कर्मचारी आवश्यक पर्छ जसको परिणाम सञ्चालन खर्च अधिक बढ्यो। यो अवस्था भने नेपाली बैंकसँग मिल्छ। पछिल्लो समय नेपाली बैंकको सञ्चालन खर्च शाखा विस्तारकै कारण बढिरहेको छ। यस्तो हो भने बैंकहरूले खर्च धान्न नसक्ने अवस्था आउँछ। 

यसको उपाय बैंकिङ प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजाने हो। मानिसले गर्ने कार्य प्रविधिमार्फत भयो भने त्यसले बैंकको खर्च कटौतीमा मद्दत गर्छ। नेपाली बैंकहरूले अबका दिनमा प्रविधिको लागि सबैभन्दा धेरै  लगानी गर्नुपर्ने थापाको सुझाव छ। 'बैंक सञ्चालन गर्दा दुई कदम अगाडि हेर्नुका साथै एक कदम पछाडि हेर्न पनि सक्नुपर्छ। यदि अगाडि पछाडि फर्केर हेर्न जानिएन भने कुन बेला खाल्डमा परिन्छ थाहा हुँदैन,' लामो समय राष्ट्र बैंकमा काम गरेका थापा भन्छन्, 'बैंकहरूले आफूले लिएको रणनीति कत्तिको दीगो हुन्छ हेर्न जरूरी छ। यदि आफूले लिएको रणनीति विफल हुने अवस्था आयो भने तुरून्तै अर्को रणनीति अख्तियार गर्न सक्नुपर्छ।'

भारतको एस बैंक सञ्चालनमा आएको १६ वर्षमा ढल्ने अवस्था आएकाे छ। यस अवधिमा बैंकले आक्रामकरूपमा ११ सयभन्दा धेरै शाखा सञ्जाल विस्तार गर्‍यो। १९ हजारभन्दा धेरै कर्मचारीका साथ २८ वटा प्रदेशमा आफ्नो प्रतिनिधित्व जनायो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निजी क्षेत्रका बैंक मध्ये चौथो ठूलो बैंक बन्ने क्रममा एसले गत वर्ष २१ खर्ब भारतीय रूपैयाँ निक्षेप संकलन गरी २२ खर्ब ५० अर्बको कर्जा परिचालन गर्‍यो। बैंकको वित्तीय विवरणको आकार ३४ खर्ब ५० अर्बको भयो। बैंकको आक्रामक बजार विस्तारसँगै शेयर मूल्य दुई रूपैयाँबाट ४०० रूपैयाँ नाघ्यो।

पछिल्लो समय बैंक डुब्यो भन्ने खबरले १८ रूपैयाँमा झरेको छ। बैंक पूर्णरूपमा समस्यामा परेपछि हाल रिजर्भ बैंक अफ इन्डियाले व्यवस्थापन जिम्मा लिएको छ। बैंकलाई जोगाउन भारत सरकारले पछिल्लो समय एसबिआई बैंकलाई अगाडि सारेको छ। 

विज्ञहरूका अनुसार एस बैंक समस्यामा पर्नुको एउटा प्रमुख कारण बजारको भन्दा अत्याधिक व्यवसाय वृद्धिको होडबाजीले हो। त्यस्तै खराब कर्जा लुकाउन बैंकले हदैसम्मको तरिका अपनाएको प्रारम्भिक अध्ययनले देखाएको छ। 

बैंकले आफ्नो वृद्धिदरलाई टिकाउन कर्पोरेट कर्जालाई धेरै ध्यान दियो। नेपाली बैंकहरूले पनि कर्जा प्रवाह गर्दा सबैभन्दा धेरै ध्यान दिनु पर्ने विज्ञहरू बताउँछन्।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्