• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!

64x64
अरुण सापकोटा बुधबार, पुस २२, २०७७  १६:२१
1140x725

काठमाडौं- केही बैंकको बदमासीलाई नियन्त्रण गर्न समग्र बैंकिङ क्षेत्रलाई नै 'माइक्रो-म्यानेजमेन्ट' गर्न खोज्दा राष्ट्र बैंकको भूमिकाको आलोचना हुन थालेको छ। गत साता नेपाल बैंकर्स संघको वार्षिक साधारणसभाका क्रममा बैंकर्स अध्यक्ष संघका अध्यक्ष पवन गोल्यानले राष्ट्र बैंकले माइक्रो-म्यानेजमेन्ट गरिरहेको आरोप लगाएका हुन्। 

नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकहरूको आम्दानीमा असर पर्ने गरी विभिन्न निर्देशन जारी गर्दै आएको बैंकरहरू असहमति राख्दै आएका छन्।नियामक निकायले बैंकिङ क्षेत्रको नियमन गर्नु सकारात्मक भएपनि केही बैंकको बदमासी नियन्त्रण गर्न समग्र बैंकिङ क्षेत्रमाथि नै नियन्त्रण गर्न खोज्नु उपयुक्त नहुने पूर्व बैंकर तथा नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल बताउछन्। 

केही बैंकहरुको गतिविधि तथा क्रियाकलापलाई नियन्त्रण गर्ने बहानाम सबै बैंकहरुलाई नै लागू हुने गरी नीति बनाउँदा यस्तो समस्या आएको पौडेलको विश्लेषण छ। उनले भने, 'राष्ट्र बैंकले केही बैंकको बदमासीलाई आधार मानेर बैंकिङ क्षेत्रकै लागि बाध्यकारी व्यवस्था गरिदिँदा समस्या आएको छ।'

केही समयदेखि वाणिज्य बैंकहरूमा निक्षेप तथा कर्जा लगानीमा अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ। बैंकहरूमा तरलता अभाव हुँदा निक्षेप तानातान गर्ने क्रममा महँगो ब्याजदरमा निक्षेप संकलन गर्ने अस्वस्थ अभ्यास हुँदै आएकोमा पछिल्लो समय तरलता प्रवाह बढ्न थालेपछि बैंकहरूबीच कर्जा खोसाखोस चलिरहेको छ। दुई वर्ष अगाडि बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर १३ प्रतिशतसम्म पुर्‍याएका थिए। अहिले तरलता बढेपछि मुद्दति निक्षेपको ब्याजदर ६-७ प्रतिशतमा झारेका छन्। 

एनआइसी एसिया लगायतका केही बैंकहरुले आक्रामक रुपमा मुद्दती निक्षेपको ब्याजदर बढाउँदा अन्य बैंकहरू पनि प्रतिस्पर्धामा गई ब्याजदर बढाएका थिए। तरलता अभाव हुँदा मुद्दती निक्षेपको ब्याजदरमा बढाबढ गर्ने बैंकहरू पछिल्लो समय अर्को बैंकको कर्जा नै खोसाखोसमा उत्रिएका छन्। 

राष्ट्र बैंकले कर्जा खोसाखोसको अवस्थालाई नियन्त्रण गर्न भन्दै यदि ऋणीले कर्जा भुक्तानी अवधि अगावै भुक्तानी गर्न चाहेमा बैंकले लिने शुल्कलाई दोब्बरले बढाइदिएको थियो। केही बैंकको हर्कतले गर्दा असली ऋणी भने मारमा पर्ने अवस्था आएको छ।   

राष्ट्र बैंकले मुद्दति निक्षेप र अन्य बचत खाताको ब्याजदरको अन्तर ५ प्रतिशत हुनैपर्ने बाध्यात्मक व्यवस्था गरिदिएको छ। साधारण बचत खाताको ब्याजदर धेरै नै न्यून हुने अवस्था आएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको थियो।

बैंकहरूबीचमा कर्जा खोसाखोसको अवस्था आएपछि अग्रिम कर्जा भुक्तानी गर्दा बैंकले लिने सेवाशुल्क बढाएको छ। त्यस्तै स्प्रेड दरको विषयमा पनि राष्ट्र बैंकले कडाइ गर्दै आएको छ। यसरी राष्ट्र बैंकले स-साना बैंकिङ कार्यलाई पनि हस्तक्षेप गर्न थालेपछि बैंकहरु कडा रुपमा उत्रिन थालेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कुनै एउटा बैंकलाई तह लगाउने भन्दै नियम बनाउनुअघि राष्ट्र बैंकले सम्पूर्ण बैंकर बोलाएर छलफल गर्नु पर्ने बैंकरहरुको धारणा छ। अध्यक्ष गोल्यानले गभर्नर अधिकारी रहकै कार्यक्रममा माइक्रो-म्यानेजमेन्ट गर्नु अगाडि एकपटक छलफल गर्न अनुरोध गरेका थिए। 

राष्ट्र बैंकले कुनै पनि नीति ल्याउनु अगाडि कम्तीमा एक पटक छलफल गर्नुपर्ने पौडेलको सुझाव छ। उनले भने, 'यदि बैंकहरुले बदमासी गरेकै हुन् भने सम्बन्धित बैंकलाई बोलाएर कारबाही गर्नु पर्ने उनको राय छ। तर एउटा बैंकको बदमासीले समग्र बैंकिङ क्षेत्र नै प्रभावित हुनु हुँदैन।' 

केही विषयमा केही बैंकले बदमासी गरेका छन् भने सम्बन्धित बैंकलाई नै बोलाएर उक्त कार्य नगर्न निर्देशन दिने हो भने राष्ट्र बैंकले सुक्ष्म रुपमा यस्ता नीति ल्याउनै नपर्ने पौडेलको राय छ। 

यदि बजारले राम्रोसँग काम गरेको भए, गुनासा नआएको भए सम्भवतः राष्ट्र बैंकले माइक्रोम्यानेजमेन्ट नगर्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्। निजी क्षेत्रको दबदबा रहेको वित्तीय क्षेत्रले धेरै नाफा खोज्दा बजारमा धेरै गुनासा आउने गरेको उनको तर्क छ। 

Xtrem

Xtrem

बैंकिङ क्षेत्रमा सरकारको स्वामित्व धेरै भएको अवस्थामा सरकारी नीतिनियममा बैंक बस्ने र अहिलेको जस्तो बजारमा ब्याजदरको अस्वभाविक उतारचढावको अवस्था नआउने थापा बताउँछन्। ८५ प्रतिशतभन्दा धेरै निजी क्षेत्रको लगानी भएकाले गर्दा उनीहरुले अधिकतम नाफा खोज्ने र केही कुराहरुमा राष्ट्र बैंकले स्वभाविक रुपमा हस्तक्षेप गर्नु पर्ने अवस्था आएको थापाको तर्क छ। 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकरहरुले भनेजस्तै माइक्रोम्यानेजमेन्ट नभएको बताउँदै आएका छन्। बैंकिङ क्षेत्रको बिक्रीति रोक्ने प्रयास मात्रै भएको भन्दै नेपाल बैंकर्स संघको कार्यक्रममा प्रतिक्रिया दिएका थिए। उनको यस्तो नीतिलाई लिएर बैंकहरु रुष्ट छन्। गभर्नरको यस्तो कदमलाई लिएर बैंकरहरुले अर्थमन्त्रीसम्म पुगिसकेका छन्। 

केही समय अगाडि विदेशी बैंकहरुले पनि राष्ट्र बैंकको सुक्ष्म व्यवस्थापनलाई लिएर असन्तुष्टि व्यक्त गर्दै आएका छन्। राष्ट्र बैंकले कोभिडको समयमा नगद लाभांशको वितरणलाई कडाइ गर्दा उनीहरुले असहमति जनाएका थिए।

राष्ट्र बैंकले मौद्रिक नीतिमा वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न नहुने व्यवस्था गरेको थियो। तर राष्ट्र बैंकले जम्मा वितरण गर्ने लाभांशमध्ये ३० प्रतिशतभन्दा बढी नगद हुन नहुने भन्दै हस्तक्षेप गर्‍यो। 

राष्ट्र बैंककै नियमअनुसार बैंकहरूले वित्तीय विवरण तयार पारेका हुन्छन्। बैंकहरूले आर्जन गरेको मुनाफालाई राष्ट्र बैंकले तोकेको क्षेत्रमा व्यवस्था गरेपछि मात्रै मुनाफा वितरण गर्न पाउने नियम हुँदाहुँदै पनि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लागाउन नहुने अर्का बैंकर निरञ्जन टिवरेवाल बताउछन्। उनले भने 'राष्ट्र बैंकले वितरणयोग्य मुनाफबाट पनि लाभांश वितरणमा रोक लागाउनु उचित होइन।'

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
आज कति पुग्यो डलर ? आइतबार, असोज २५, २०८३
गोरखाको चुमनुब्रीमा बाढी, सल्लेरी र जगत बजार जोखिममा आइतबार, असोज २५, २०८३
सरकारले इ–बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : बस्नेत आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्