• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ६, २०८२ Sat, Nov 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!

64x64
अरुण सापकोटा बुधबार, पुस २२, २०७७  १६:२१
1140x725

काठमाडौं- केही बैंकको बदमासीलाई नियन्त्रण गर्न समग्र बैंकिङ क्षेत्रलाई नै 'माइक्रो-म्यानेजमेन्ट' गर्न खोज्दा राष्ट्र बैंकको भूमिकाको आलोचना हुन थालेको छ। गत साता नेपाल बैंकर्स संघको वार्षिक साधारणसभाका क्रममा बैंकर्स अध्यक्ष संघका अध्यक्ष पवन गोल्यानले राष्ट्र बैंकले माइक्रो-म्यानेजमेन्ट गरिरहेको आरोप लगाएका हुन्। 

नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकहरूको आम्दानीमा असर पर्ने गरी विभिन्न निर्देशन जारी गर्दै आएको बैंकरहरू असहमति राख्दै आएका छन्।नियामक निकायले बैंकिङ क्षेत्रको नियमन गर्नु सकारात्मक भएपनि केही बैंकको बदमासी नियन्त्रण गर्न समग्र बैंकिङ क्षेत्रमाथि नै नियन्त्रण गर्न खोज्नु उपयुक्त नहुने पूर्व बैंकर तथा नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल बताउछन्। 

केही बैंकहरुको गतिविधि तथा क्रियाकलापलाई नियन्त्रण गर्ने बहानाम सबै बैंकहरुलाई नै लागू हुने गरी नीति बनाउँदा यस्तो समस्या आएको पौडेलको विश्लेषण छ। उनले भने, 'राष्ट्र बैंकले केही बैंकको बदमासीलाई आधार मानेर बैंकिङ क्षेत्रकै लागि बाध्यकारी व्यवस्था गरिदिँदा समस्या आएको छ।'

केही समयदेखि वाणिज्य बैंकहरूमा निक्षेप तथा कर्जा लगानीमा अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ। बैंकहरूमा तरलता अभाव हुँदा निक्षेप तानातान गर्ने क्रममा महँगो ब्याजदरमा निक्षेप संकलन गर्ने अस्वस्थ अभ्यास हुँदै आएकोमा पछिल्लो समय तरलता प्रवाह बढ्न थालेपछि बैंकहरूबीच कर्जा खोसाखोस चलिरहेको छ। दुई वर्ष अगाडि बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर १३ प्रतिशतसम्म पुर्‍याएका थिए। अहिले तरलता बढेपछि मुद्दति निक्षेपको ब्याजदर ६-७ प्रतिशतमा झारेका छन्। 

एनआइसी एसिया लगायतका केही बैंकहरुले आक्रामक रुपमा मुद्दती निक्षेपको ब्याजदर बढाउँदा अन्य बैंकहरू पनि प्रतिस्पर्धामा गई ब्याजदर बढाएका थिए। तरलता अभाव हुँदा मुद्दती निक्षेपको ब्याजदरमा बढाबढ गर्ने बैंकहरू पछिल्लो समय अर्को बैंकको कर्जा नै खोसाखोसमा उत्रिएका छन्। 

राष्ट्र बैंकले कर्जा खोसाखोसको अवस्थालाई नियन्त्रण गर्न भन्दै यदि ऋणीले कर्जा भुक्तानी अवधि अगावै भुक्तानी गर्न चाहेमा बैंकले लिने शुल्कलाई दोब्बरले बढाइदिएको थियो। केही बैंकको हर्कतले गर्दा असली ऋणी भने मारमा पर्ने अवस्था आएको छ।   

राष्ट्र बैंकले मुद्दति निक्षेप र अन्य बचत खाताको ब्याजदरको अन्तर ५ प्रतिशत हुनैपर्ने बाध्यात्मक व्यवस्था गरिदिएको छ। साधारण बचत खाताको ब्याजदर धेरै नै न्यून हुने अवस्था आएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको थियो।

बैंकहरूबीचमा कर्जा खोसाखोसको अवस्था आएपछि अग्रिम कर्जा भुक्तानी गर्दा बैंकले लिने सेवाशुल्क बढाएको छ। त्यस्तै स्प्रेड दरको विषयमा पनि राष्ट्र बैंकले कडाइ गर्दै आएको छ। यसरी राष्ट्र बैंकले स-साना बैंकिङ कार्यलाई पनि हस्तक्षेप गर्न थालेपछि बैंकहरु कडा रुपमा उत्रिन थालेका छन्। 

Ncell 2
Ncell 2

कुनै एउटा बैंकलाई तह लगाउने भन्दै नियम बनाउनुअघि राष्ट्र बैंकले सम्पूर्ण बैंकर बोलाएर छलफल गर्नु पर्ने बैंकरहरुको धारणा छ। अध्यक्ष गोल्यानले गभर्नर अधिकारी रहकै कार्यक्रममा माइक्रो-म्यानेजमेन्ट गर्नु अगाडि एकपटक छलफल गर्न अनुरोध गरेका थिए। 

राष्ट्र बैंकले कुनै पनि नीति ल्याउनु अगाडि कम्तीमा एक पटक छलफल गर्नुपर्ने पौडेलको सुझाव छ। उनले भने, 'यदि बैंकहरुले बदमासी गरेकै हुन् भने सम्बन्धित बैंकलाई बोलाएर कारबाही गर्नु पर्ने उनको राय छ। तर एउटा बैंकको बदमासीले समग्र बैंकिङ क्षेत्र नै प्रभावित हुनु हुँदैन।' 

केही विषयमा केही बैंकले बदमासी गरेका छन् भने सम्बन्धित बैंकलाई नै बोलाएर उक्त कार्य नगर्न निर्देशन दिने हो भने राष्ट्र बैंकले सुक्ष्म रुपमा यस्ता नीति ल्याउनै नपर्ने पौडेलको राय छ। 

यदि बजारले राम्रोसँग काम गरेको भए, गुनासा नआएको भए सम्भवतः राष्ट्र बैंकले माइक्रोम्यानेजमेन्ट नगर्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्। निजी क्षेत्रको दबदबा रहेको वित्तीय क्षेत्रले धेरै नाफा खोज्दा बजारमा धेरै गुनासा आउने गरेको उनको तर्क छ। 

बैंकिङ क्षेत्रमा सरकारको स्वामित्व धेरै भएको अवस्थामा सरकारी नीतिनियममा बैंक बस्ने र अहिलेको जस्तो बजारमा ब्याजदरको अस्वभाविक उतारचढावको अवस्था नआउने थापा बताउँछन्। ८५ प्रतिशतभन्दा धेरै निजी क्षेत्रको लगानी भएकाले गर्दा उनीहरुले अधिकतम नाफा खोज्ने र केही कुराहरुमा राष्ट्र बैंकले स्वभाविक रुपमा हस्तक्षेप गर्नु पर्ने अवस्था आएको थापाको तर्क छ। 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकरहरुले भनेजस्तै माइक्रोम्यानेजमेन्ट नभएको बताउँदै आएका छन्। बैंकिङ क्षेत्रको बिक्रीति रोक्ने प्रयास मात्रै भएको भन्दै नेपाल बैंकर्स संघको कार्यक्रममा प्रतिक्रिया दिएका थिए। उनको यस्तो नीतिलाई लिएर बैंकहरु रुष्ट छन्। गभर्नरको यस्तो कदमलाई लिएर बैंकरहरुले अर्थमन्त्रीसम्म पुगिसकेका छन्। 

केही समय अगाडि विदेशी बैंकहरुले पनि राष्ट्र बैंकको सुक्ष्म व्यवस्थापनलाई लिएर असन्तुष्टि व्यक्त गर्दै आएका छन्। राष्ट्र बैंकले कोभिडको समयमा नगद लाभांशको वितरणलाई कडाइ गर्दा उनीहरुले असहमति जनाएका थिए।

राष्ट्र बैंकले मौद्रिक नीतिमा वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न नहुने व्यवस्था गरेको थियो। तर राष्ट्र बैंकले जम्मा वितरण गर्ने लाभांशमध्ये ३० प्रतिशतभन्दा बढी नगद हुन नहुने भन्दै हस्तक्षेप गर्‍यो। 

राष्ट्र बैंककै नियमअनुसार बैंकहरूले वित्तीय विवरण तयार पारेका हुन्छन्। बैंकहरूले आर्जन गरेको मुनाफालाई राष्ट्र बैंकले तोकेको क्षेत्रमा व्यवस्था गरेपछि मात्रै मुनाफा वितरण गर्न पाउने नियम हुँदाहुँदै पनि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लागाउन नहुने अर्का बैंकर निरञ्जन टिवरेवाल बताउछन्। उनले भने 'राष्ट्र बैंकले वितरणयोग्य मुनाफबाट पनि लाभांश वितरणमा रोक लागाउनु उचित होइन।'

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
झिनो अंकले घट्यो सेयर बजार, चार कम्पनीको मूल्य सर्किट अघिल्लो दिनको तुलनामा आज नेप्से जम्मा ०.९३ अंक घटेको छ। बिहीबार, मंसिर ४, २०८२
शेयर बजारमा झिनो अंकको गिरावट, १७० कम्पनीको मूल्य घट्यो ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ९ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढेको छ । त्यस्तै उत्पाद... बुधबार, मंसिर ३, २०८२
साताको पहिलो दिन सेयर बजारमा गिरावट बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो दिन तीन अर्ब ४९ करोडको कारोबार भएकोमा आज तीन अर्ब ८९ करोडको कारोबार भएको हो। आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
एनपीएलमा आज दुई खेल, पहिलो जीतको खोजीमा कर्णाली शनिबार, मंसिर ६, २०८२
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना शनिबार, मंसिर ६, २०८२
सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित शुक्रबार, मंसिर ५, २०८२
एनपीएल : सुदूरपश्चिमले दियो पोखरालाई १९४ रनको चुनौतीपूर्ण लक्ष्य शुक्रबार, मंसिर ५, २०८२
पासपोर्ट अभाव अन्त्यका लागि प्रधानमन्त्रीको सक्रियता, ७ लाख थान किन्ने मन्त्रिपरिषद्को निर्णय शुक्रबार, मंसिर ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेन–जी युवालाई साथ दिन सिमरातर्फ लागे सुधन शुक्रबार, मंसिर ५, २०८२
‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ शुक्रबार, मंसिर ५, २०८२
नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी शुक्रबार, मंसिर ५, २०८२
एमालेको कार्यक्रम रोक्न जेनजी आन्दोलनका घाइते माइतीघरमा धर्ना शुक्रबार, मंसिर ५, २०८२
सुदूरपश्चिमविरुद्ध पोखरा- टस जितेर पहिला फिल्डिङ गर्दै शुक्रबार, मंसिर ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्