• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?

64x64
अरुण सापकोटा सोमबार, पुस २७, २०७७  ०७:३२
1140x725

काठमाडौं- 'क' वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूले वार्षिक चार करोड रुपैयाँसम्म तलब सुविधा लिने गरेका छन्। अर्बौं रुपैयाँको निक्षेप तथा कर्जा लगानीको मुख्य जिम्मेवारी सिइओको हुने भएकाले उनीहरूको तलबभत्ता अन्य क्षेत्रका उच्च पदस्थ कर्मचारीहरूको भन्दा बढी हुन्छ।

आर्थिक वर्ष (आव) २०७६/७७ मा सम्बन्धित बैंकहरूले प्रकाशन गरेको विवरणअनुसार नेपालका २७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी तलबभत्ता स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तीदारले बुझेका छन्। उनले उक्त आवमा झन्डै ४ करोड तलबभत्ताका रुपमा बैंकबाट बुझेका छन्। दास्तीदारले बोनससहित गत आवमा ३ करोड ९८ लाख रुपैयाँ बुझेको बैंकको विवरणमा उल्लेख छ।

सबैभन्दा बढी तलबभत्ता तथा सुविधा लिने सिइओको सूचीमा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रहेका छन्। उनले गत आवमा तीन करोड ४२ लाख रुपैयाँ तलबभत्ता तथा सुविधाबापत रकम बुझेका थिए।

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले प्रभुका शेरचनलाई पछ्याएका छन्। गत आवमा पाण्डेले तीन करोड ६ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा बुझेको बैंकको विवरण छ। उनले यसबाहेक नियमअनुसार बोनस रकम पनि प्राप्त गरेका छन्।

ग्लोबल आइएमई बैंकका सिइओ बढी तलबभत्ता बुझ्ने सूचीको चौथो नम्बरमा छन्। ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज हुनुअगाडि महेश प्रसाद ढकाल कार्यकारी सिइओ थिए। जनतालाई मर्ज गरेसँगै पर्शुराम कुँवर सिइओ बनेका थिए। संयुक्त रुपमा दुईले प्रमुख कार्यकारीको भूमिकामा दुई करोड ८२ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा लिएको बैंकको विवरण छ। कुँवरले ग्लोबल आइएमई छाडिसकेका छन्।

आकर्षक तलब बुझ्नेमा बैंक अफ काठमाण्डूका सिइओ शोभनदेव पन्त पाँचौँ नम्बरमा छन्। उनले गत आवमा २ करोड ८१ लाख रुपैयाँबराबरको तलब भत्ता तथा अन्य सुविधा लिएको देखिएको छ।

त्यस्तै हिमालयन बैंकका सिइओ अशोक राणाले दुई करोड ७९ लाख रुपैयाँ तलब भत्ता तथा अन्य सुविधा प्राप्त गरेका छन्।

बजार विस्तारमा आक्रामक रुपमा प्रस्तुत भएको एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले गत आवमा बोनसबाहेक २ करोड ५० लाख रुपैयाँ बुझेका छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

हालसम्म लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका बैंकहरूमध्ये सबैभन्दा कम लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले एक करोड ९ लाख रुपैयाँ बुझेका छन्। यसबाहेक उनले नियम अनुसार थप बोनस रकम प्राप्त गर्छन्।

यो समाचार प्रकाशन हुँदाको मितिसम्म सिभिल बैँकले वार्षिक साधारणसभा आह्वान गरेको छैन। अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनअनुसार सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले एक करोड ४३ लाख रुपैयाँ बुझेका थिए।

बैंकिङ क्षेत्रमा अलि बढी चर्चा  हुने गरेका सिइओ अनिल केशरी शाहको तलबभत्ता यस वर्ष घटेको छ। उनले यस वर्ष एक करोड ६२ लाख रुपैयाँ बुझेका छन्। गत वर्ष उनले तलब सुविधामा एक करोड ९८ लाख रुपैयाँ बुझेका थिए। 

तीन वटा सरकारी लगानी भएका वाणिज्य बैंकबाहेक अन्य वाणिज्य बैंकका सिइओको तलब भत्ता तथा अन्य सुविधा एक करोड रुपैयाँ भन्दा बढी छ। गत वर्ष राष्ट्रिय वाणिज्य बैंकको सिइओको तलब नायब प्रमुख कार्यकारी अधिकृतको भन्दा कम हुन गएको थियो।

Xtrem

Xtrem

विदेशी लगानी भएका नेपाल एसबिआई बैंक र एभरेस्ट बैंकका सिइओले उनीहरुकै प्रतिनिधि बैंकबाट तलब सुविधा बुझ्छन्। उनीहरुका लागि नेपाली बैंकहरुले आवास, गाडी तथा अन्य सुविधा दिँदै आएका छन्।

प्रमुख कार्यकारी अधिकृतहरूले बैँकबाट नियमअनुसार प्राप्त गर्ने सेवा सुविधाका साथै अन्य विभिन्न लाभ समेत लिन्छन्। सिइओले बुझ्ने वार्षिक तलब सुविधासँगै करोडौं रुपैयाँ सरकारलाई कर पनि तिरिरहेका हुन्छन्। सबैभन्दा धेरै तलब बुझ्ने स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृतले सरकारलाई एक करोड ९२ लाख रुपैयाँ बुझाएका छन्।

गत आवमा कसको वार्षिक तलबसुविधा कति?

प्रस्तुतिका आधारमा प्याकेजमा तलब सुविधा दिने अन्तर्राष्ट्रिय अभ्यास
वाणिज्य बैंकका सिइओले पाउनले तलब सुविधा उनिहरुले दिने प्रस्तुतिका आधारमा तय हुनुपर्ने पूर्व बैंकर उपेन्द्र पौडेलको तर्क छ। विश्वमै बैंकहरूले सिइओलाई प्रस्तुतीकरणका आधारमा ठूला प्याकेज दिने गरेको उनको भनाइ छ। छिमेकी मुलक भारतमै बैंकहरुको सइओको तलब सुविधा आकर्षिक हुने गरेको उनले बताए। 

नेपालको अर्थतन्त्र अनुसार बैंकको सिइओको तलब सुविधा बढी भएको भन्दै आलोचना हुने गरेको छ। नेपालीहरुको औषत प्रतिव्यक्ति आय वार्षिक एक हजार ९० डलर रहेको छ। जबकि निजि स्तरका वाणिज्य बैंकका सिइओले कम्तीमा एक करोड रुपैयाँ तलब सुविधा लिएका छन्।

बैंकिङ क्षेत्रमा तलबको विवरण तुलनात्मक रूपमा बढी पारदर्शी मानिन्छ। बैंकका उच्च पदस्थ कर्मचारीहरूको तलब भत्ता तथा अन्य सुविधाका विवरण सार्वजनिक हुने गरेको छन्। तर निजी क्षेत्रका कतिपय कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृतलाई करोडौँ रुपैयाँ तलब भत्ता तथा सुविधा दिएपनि सार्वजनिक गर्ने गरेका छैनन्।

बैंकका सिइओको तलब सुविधाका विषमया लगानीकर्ताबीच बहस पनि हुने गरेको छ। बैंकहरुले आयोजना गर्ने साधारणसभामा बोल्ने क्रममा सेयरधनीहरुले नै बैंकका सिइओको तलब धेरै भएको भन्दै आलोचना गर्ने गरेका छन्। लगानीकर्तालाई दिने प्रतिफल कम हुँदै जाने तर सिइओहरूको सेवासुविधामा बढी रकम खर्च गर्नु उपयुक्त नहुने सेयरधनीहरूको टिप्पणी हुने गरेको छ।

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट बिहीबार, असोज ८, २०८३
परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्