• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

एल क्लासिको : परका दुई सहरको नजिकको भिडन्त

64x64
ऋग्वेद शर्मा शुक्रबार, फागुन १६, २०७६  १७:२१
1140x725

काठमाडौं- फुटबलमा दुई क्लबको रोमाञ्चक भिडन्त ती क्लब कति नजिक छन् भन्ने आधारमा हुन्छन्। तर, रियल मड्रिड र बार्सिलोनाबीचको भिडन्तलाई छाडेर। 

रियल मड्रिड र बार्सिलोना परका सहर भए पनि भिडन्त एउटै सहरका दुई क्लबको भन्दा ज्यादा हुन्छ। जहाँ विश्वभरका फुटबलप्रेमी जोडिन्छन्। त्यहाँ दर्शकबीचको राजनीतिक र भौगोलिक दुरीसमेत पसिदिन्छ। मड्रिडको केन्द्रिय शासन र क्याटालोनियाको स्वतन्त्रताको लडाइँ त्यहाँ छ।  

अहिले ला लिगामा १३ खेल बाँकी रहँदा बार्सिलोना रियल मड्रिडभन्दा दुई अंकले अघि छ। यस्तोमा आइतबार राति बर्नाबेउमा हुने एल क्लासिको नतिजा उपाधिमा प्रमुख हुनसक्छ। क्याम्प नाउमा भएको बराबरीले पनि बर्नाबेउको खेल विशेष बन्दैछ। 

रियल मड्रिड होस् या बार्सिलोना दुवै टिम यो सिजन भरलाग्दा छैनन्। त्यसमा पनि खेलाडी घाइते हुने समस्याले दुवै टिमलाई पिरोलेको छ। च्याम्पियन्स लिगमा रियल मड्रिडले घरेलु मैदानमा भोगेको हारले त थप पीडा दिएकै छ। बार्सिलोनाको पनि च्याम्पियन्स लिग खेल उम्दा भएको होइन। यसैले त यो एल क्लासिको सामान्य अनुमानबाहिर देखिन्छ। 

यो सबैमा विशेष ध्यान हुनेछ, लियोनल मेस्सीमाथि। जो आइतबार राति आफ्नो ४२औँ एल क्लासिको खेल्दैछन्। मेस्सीले १८ वर्षको उमेरमा एल क्लासिको डेब्यू गरेदेखि अहिलेसम्म धेरै कुरा फेरियो। सबैभन्दा बढी त उनको आफ्नै कीर्तिमानहरु। 

सन् २००७ को मार्च महिनामा क्याप नाउमा रियल मड्रिडविरुद्ध लियोनल मेस्सी पहिलो पटक धेरैको नजरमा परेका हुन्। उनको अन्तिम समयको गोलले बार्सिलोनाले आफ्नो पुरानो प्रतिस्पर्धीसँग बराबरी गरेको थियो। जहाँ मेस्सीले आफ्नो पहिलो एल क्लासिको ह्याट्रिक पनि पूरा गरेका थिए। 

त्यसको १३ वर्ष र २६ एल क्लासिको गोलपछि अहिलेसम्म पनि खेलमा परिवर्तन गराउन सक्ने क्षमता उनै मेस्सीसँग नै छ। ला लिगामा २० खेलमा १८ गोल गरेका उनले १२ गोलमा अन्तिम पास मिलाएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

बार्सिलोनामा मेस्सीले गर्न सक्ने परिवर्तन जस्तै रियल मड्रिडमा अहिले करिम बेन्जेमालाई लिन सकिन्छ। उनको गोलका कारण। विशेष त क्रिष्टियानो रोनाल्डो युभेन्टस लागेपछि। 

रियल मड्रिडमा देखिएको गोलको समस्यामा सबैभन्दा बढी आस बेन्जेमामाथि नै छ। गएको हप्ता तालिकाको मध्यतिरको टिम लेभान्टेसँग १–० ले हार्दा रियल मड्रिड ला लिगामा यो सिजन आठौँ खेलमा गोलविहीन भएको थियो। लिगका सुरुवातका खेलहरु हेर्ने हो भने गोलको एक्लो भार बेन्जेमा माथि नै थियो। लिगका पहिलो १६ खेलमा नै उनले १३ गोल गरेका थिए। 

तर क्रिसमस बिदापछिको समय हेर्ने हो भने बेन्जेमाले लिगमा जम्मा एक गोल गरेका छन्। त्यो एथ्लेटिको मड्रिडविरुद्धको एक गोल जितको आधार बनेको थियो। रियल मड्रिडका लागि लिगमा बेन्जेमा पछि धेरै गोल गर्नेमा सर्जियो रामोस छन्। उनको पाँच गोलमा तीन गोल पेनाल्टीमार्फत हो। बेन्जेमा बाहेक फरवार्डको अवस्था त नाजुक छ। 

रियल मड्रिडमा गोलमा देखिन नसकेका फरवार्डको दोष चोटलाई दिए पनि कारण त्यो मात्र होइन। लेभान्टेसँगको खेलमा पुनः घाइते भएका इडर्न हाजार्डको अनुपस्थितिले पनि चोटको मार थपिएको पक्कै छ। उनी एल क्लासिकोमा मात्रै होइन सिजनका बाँकी खेलमा पनि के हुने हो भन्न सकिँदैन। रियल मड्रिड गोलमा उत्कृष्ट देखिने क्लब हो, जुन अभाव अहिले खड्किरहेको छ। 

चोटको समस्या रियल मड्रिडमा मात्रै होइन बार्सिलोनामा पनि उस्तै छ। उसमान डेम्बेले र लुइस स्वारेज घाइते रहेको टिममा पछिल्लो पटक सर्जी रोबर्टो र जोर्डी अल्बा पनि थपिएका छन्। च्याम्पियन्स लिगमा नापोलीसँगको खेलमा घाइते भएका जेरार्ड पिके पनि खेल्न सक्ने नसक्ने दोधार नै छ। जसले कमजोर देखिएको बार्सिलोनाको डिफेन्स लाइन थप समस्यामा परेको छ। 

फरवार्ड लाइनमा मुख्य खेलाडी लियोनल मेस्सीलाई साथ दिन प्रशिक्षक क्विके सेटियनसँग छनोटका केही अवसर छन्। नापोलीविरुद्धको खेलमा सेटियनले मेस्सी र एन्टोनी ग्रिजम्यानलाई अगाडि खेलाएर मिडफिल्डमा सर्जियो बुस्केट्स, इभान राकिटिक, फ्रान्की डि योङ र आर्टुरो भिडाललाई खेलाएका थिए। 

सेटियन रियल मड्रिडविरुद्ध पनि त्यही शैलीमा देखिन सक्छन्। त्यसबाहेक पनि उनले अगाडि अन्सु फाती र मार्टिन ब्रेथवेटलाई पनि प्रयोग गर्ने अवसर त पाएकै छन्। ब्रेथवेटले अलाभेससँगको खेलमा आफ्नो खुबी पनि देखाएका थिए। 

ला लिगामा हेड टु हेड नतिजाले पनि उपाधिमा असर गर्ने हुनाले रियल मड्रिड र बार्सिलोनाबीचको खेल विशेष हुनेछ। डिसेम्बरमा क्याप नाउमा भेट हुँदाको गोलरहित बराबरी २००२ पछिको बराबरी थियो। रियल मड्रिड र बार्सिलोनाबीचको खेलमा अंक धेरै अघिपछि नभए पनि हारजितले ठूलो अर्थ राख्नेछ। त्यसमा प्रशिक्षक जिनेदिने जिदान या क्विके सेटियन कसले बढी चुनौती ब्येहोर्ने छन् त्यो हेर्न बाँकी छ। 

बार्सिलोना र रियल मड्रिडबीच अहिलेसम्म भएका प्रतिस्पर्धात्मक खेलको संख्या २ सय ४३ पुगेको छ। जसमा रियल मड्रिडले ९५ खेल जितेको छ भने बार्सिलोनाले ९६ खेल जितेको छ। ५२ खेल बराबरी भएका छन्। एल क्लासिकोमा अहिलेसम्मका सबै खेलमा हेर्दा रियल मड्रिडले ४ सय ३ गोल गरेको छ भने बार्सिलोनाले ३ सय ९९ गोल गरेको छ। 

ला लिगामा रियल मड्रिड र बार्सिलोनाबीचको पछिल्लो सात खेललाई हेर्ने हो भने रियल मड्रिड जितविहीन छ। त्यसमा तीन खेल बराबरी खेलेको रियल मड्रिडले चार खेल हारेको छ। बर्नाबेउमै पनि बार्सिलोनाले ला लिगाका पछिल्ला चार खेलमा रियल मड्रिडलाई हराएको छ। तर जारी सिजन बार्सिलोनाको अवे खेल सम्झनलायक भने देखिँदैन। 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
दलित संघका अध्यक्ष विश्वकर्माले दिए पदबाट राजीनामा सोमबार, वैशाख २१, २०८३
महासंघ अध्यक्ष ढकालले भने– नयाँ सरकारलाई अत्यधिक नियमनले बिग्रिएको लगानी वातावरण सुधार्ने अवसर छ सोमबार, वैशाख २१, २०८३
बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल किन्ने सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्