• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

६ महिनामा बजेट खर्च २८ प्रतिशत, कुन मन्त्रालयको कति प्रगति? [विवरणसहित]

64x64
नेपाल लाइभ बिहीबार, फागुन १, २०७६  १४:४०
1140x725

काठमाडौं-  सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेट संशोधन गर्दै १३ खर्ब ८५ अर्ब ९५ करोड रूपैयाँ खर्च हुने अनुमान गरेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले गत जेठ १५ गते प्रतिनिधि सभामा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट घोषणा गरेका थिए।

तर बजेट कार्यान्वयनमा आएको ६ महिनापछि अर्धवार्षिक समीक्षा गर्दै सरकारले बजेटको आकार  करिब १० प्रतिशतले घटाएको हो। 

अर्धवार्षिक समीक्षामा अर्थमन्त्री डा खतिवडाले ८० प्रतिशत विकास खर्च गर्ने लक्ष्य सार्वजनिक गरे।

चालु खर्च ९५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९२ प्रतिशत खर्च हुने अनुमानसमेत मन्त्रालयले बुधबार बजेट समीक्षा गर्दै सार्वजनिक गरेको हो। यसैगरी राजस्व असुली लक्ष्यको ९५ दशमलव ५ प्रतिशत हुने मन्त्री खतिवडाले उल्लेख गरेका छन्। 

मन्त्री खतिवडाले कुल बजेट १५ अर्ब ३२ अर्ब ९६ करोड ७१ लाखमध्ये समीक्षा अवधिसम्म ४ अर्ब २२ अर्ब  ५५ करोड ६ लाख खर्च भएको जानकारी दिए।

यो कुल विनियोजनको २७ दशमलव ६ प्रतिशत हो। विनियोजित रकममध्ये सबैभन्दा बढी खर्च गर्ने मन्त्रालय युवा तथा खेलकुद रहेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

कुन मन्त्रालयले कति गरे खर्च?
१ अर्थ मन्त्रालयः बजेट भाषणमार्फत् अर्थ मन्त्रालयलाई सरकारले २२ अर्ब ६६ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको थियो। मन्त्रालयले ६ महिनामा २ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ। यो कुल विनियोजित बजेटको १२ प्रतिशत मात्रै हो।

२. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय 
चालु आवमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सरकारले १० अर्ब ६२ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको थियो। मन्त्रालयले ६ महिनामा विनियोजित बजेटको १६ दशमलव २ प्रतिशत मात्रै खर्च गरेको छ। मन्त्रालयले ६ महिनामा १ अर्ब ७२ करोड ६५ लाख रुपैयाँ खर्च गरेको हो।

३. कृषि तथा पशुपन्छी विकास मन्त्रालय
यो मन्त्रालयलाई सरकारले कुल २८ अर्ब ९ करोड ३४ लाख रुपैयाँ विनियोजन गरेको थियो। विनियोजित बजेटमध्ये मन्त्रालयले ८ अर्ब १४ करोड ७९ लाख रुपैयाँ खर्च गरेको छ। खर्च रकम कुल बजेटको २९ प्रतिशत हो।

४.भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
मन्त्रालयलाई सरकारले चालु आवका लागि ७ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। ६ महिनासम्ममा मन्त्रालयले २ अर्ब ७ करोड २३ लाख मात्रै खर्च गरेको छ। यो कुल विनियोजित बजेटको २७ प्रतिशत हो।

५. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सरकारले यो मन्त्रालयलाई कुल ६ अर्ब ४० करोड ५२ लाख रुपैयाँ विनियोजन गरेको थियो। मन्त्रालयले ६ महिनाको अवधिमा कुल बजेटका ४ दशमलव १ प्रतिशत अर्थात् २६ करोड २३ लाख खर्च गरेको छ। 

६.वन तथा वातावरण मन्त्रालय
सरकारले    वन तथा वातावरण मन्त्रालयका लाथि १३ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको थियो। मन्त्रालयले ६ महिनाको अवधिमा ३ अर्ब २५ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ। यो खर्च २३ दशमलव ५ प्रतिशत मात्र हो।

७.संस्कृति, पर्यटन तथा नागरिक उड्डययन
सरकारले यो मन्त्रालयका लागि ५ अर्ब २८ करोड २४ लाख रुपैयाँ विनियोज गरेको थियो। विनियोजित बजेटमध्ये मन्त्रालयले ६ महिनामा १  अर्ब १० करोड २१ लाख रुपैयाँ मात्रै खर्च गरेको छ। यो खर्च कुल बजेटको २० दशमलव ९ प्रतिशत हो।

८. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
मन्त्रालयलाई सरकारले ३१ अर्ब ८२ करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको थियो। समिक्षा अवधिसम्म मन्त्रालयले २ अर्ब ५७ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ। यो विनियोजित बजेटको ८ दशमलव १ प्रतिशत मात्रै हो।

९. ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय
सरकारले यो मन्त्रालयलाई ४६ अर्ब ४८ करोड ३ लाख रुपैयाँ विनियोजन गरेको थियो। समिक्षा अवधिसम्ममा मन्त्रालयले ६ अर्ब ७० करोड २५ लाख रुपैयाँ मात्रै खर्च गरेको छ। यो कुल बजेटको १४ दशमलव ४ प्रतिशत मात्रै हो। 

१०. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सरकारले यो मन्त्रालयका लागि ६ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको थियो। बजेटको अर्धवार्षिक समीक्षा अवधिसम्ममा मन्त्रालयले २ अर्ब ५५ करोड ७९लाख रुपैयाँ खर्च गरेको छ। यो खर्च भएको रकम कुल बजेटको ४० दशमलव २ प्रतिशत  हो।

११. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
बजेटमार्फत सरकारले यो मन्त्रालयका लागि १ खर्ब ५६ अर्ब ६३ करोड ३२ लाख  रुपैयाँ विनियोजन गरेको थियो। जसमा मन्त्रालयले ६ महिनासम्मको अवधिमा ३१ अर्ब १० अर्ब ५२ करोड रुपैयाँ मात्रै खर्च गरेको छ। यो विनियोजित बजेटको १९ दशमलव ९ प्रतिशत मात्रै हो।

१२. सहरी विकास मन्त्रालय
सरकारले यो मन्त्रालयलाई ३६ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको थियो। अर्धवार्षिक अवधिसम्ममा मन्त्रालयले जम्मा १० अर्ब २३ करोड २९ लाख रुपैयाँ खर्च गरेको छ। यो विनियोजित रकमको २८ दशमलव १ प्रतिशत मात्रै हो।

१३. राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
सरकारले भूकम्पका संरचनाको विकास गर्न भन्दै प्राधिकरणका लागि १ खर्ब ४१ अर्ब १५ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको थियो। समिक्षा अवधिसम्म प्राधिकरणले २२ अर्ब २० करोड ५३ लाख रुपैयाँ मात्रै खर्च गरेको छ। खर्च गरेको रकम कुल बजेटको १५ दशमलव ७ प्रतिशत हो।

१४. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
यो मन्त्रालयलाई ४२ अर्ब ६७ करोड ९ लाख रुपैयाँ विनियोजन भएको थियो। ६ महिनासम्ममा मन्त्रालयले ९९ करोड ७६ लाख रुपैयाँ मात्रै खर्च गरेको छ। विनियोजित बजेटको २३ दशमलव ४ प्रतिशत मात्र मन्त्रालय खर्च गर्न सफल भएको हो। 

१५. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
सरकारले यो मन्त्रालयका लागि ६५ अर्ब २८ करोड १७ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो। मन्त्रालयले ६ महिनाको अवधिमा १९ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ। खर्च भएको रकम कुल बजेटको ३० दशमलव १ प्रतिशत मात्र हो।

१६. खानेपानी मन्त्रालय
मन्त्रालयका लागि सरकारले २५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको थियो। ६ महिनामा मन्त्रालयले २ अर्ब ६२ करोड १३ लाख रुपैयाँ मात्रै खर्च गरेको छ। खर्च भएको रकम कुल बजेटको १० दशमलव ३ प्रतिशत हो।

१७. महिला तथा जेष्ठ नागरिक मन्त्रालय
यो मन्त्रालयलाई सरकारले ७७ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयले ६ महिनाको अवधिमा १३ करोड ९८ लाख रुपैयाँ खर्च गरेको छ। खर्च भएको रकम कुल बजेटको १८ प्रतिशत मात्रै हो।

१८. युवा तथा खेलकुद मन्त्रालय
सरकारले यो मन्त्रालयका लागि वार्षिक बजेटमार्फत् ३ अर्ब ४७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको थियो। मन्त्रालयले ६ महिनाको अवधिमा २ अर्ब ७८ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ। खर्च भएको रकम कुल बजेटको ८० दशमलव २ प्रतिशत हो।  तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) का लागि २ अर्ब ५० करोड ६६ लाख थप निकासा दिइएको र कार्यक्रमसमेत सम्पन्न भइसकेकाले अन्य मन्त्रालयका तुलनामा खर्च उच्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

१९. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
बजेटमार्फत् यो मन्त्रालयलाई ४ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ विनियोजन भएको थियो। जसमा मन्त्रालयले ५ महिनाको अवधिमा १ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ मात्रै खर्च गरेको छ। खर्च भएको रकम कुल बजेटको ३१ प्रतिशत हो।

२०. रक्षा मन्त्रालय
सरकारले यो मन्त्रालयलाई बजेटमार्फत् ५० अर्ब २७ करोड ११ लाख रुपैयाँ विनियोजन गरेको थियो। जसमा ६ महिनाको अवधिमा मन्त्रालयले २४ अर्ब ३० करोड २१ लाख रुपैयाँ खर्च गरेको छ। खर्च भएको रकम कुल बजेटको ४८ दशमलव ३ प्रतिशत हो।

२१. गृह मन्त्रालय
सरकारले यो मन्त्रालयलाई १ खर्ब ३५ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ विनियोजन गरेको थियो। ६ महिनामा मन्त्रालयले ५३ अर्ब १२ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ। खर्च भएको रकम कुल बजेटको ३९ दशमलव २ प्रतिशत हो।

२२. कानुन, न्याय तथा संसदीय व्यवस्था
सरकारले यो मन्त्रालयलाई ५० करोड ९१ लाख रुपैयाँ विनियोजन गरेको थियो। जसमा ६ महिनाको अवधिमा मन्त्रालयले १२ करोड ९१ लाख रुपैयाँ खर्च गरेको छ। खर्च भएको रकम कुल बजेटको २५ दशमलव ४ प्रतिशत हो।

२३. परराष्ट्र मन्त्रालय
सरकारले यो मन्त्रालयका लागि ६ अर्ब ५ करोड ८४ लाख रुपैयाँ विनियोजन गरेको थियो। जसमा ६ महिनाको अवधिमा मन्त्रालयले २ अर्ब ५१ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ। खर्च भएको रकम कुल बजेटको ४१ दशमलव ५ प्रतिशत हो।

यो पनि:
रक्षात्मक अर्थमन्त्री

बजेट समीक्षापछि अर्थमन्त्रीले भने- रातिसम्म काम गर्नुभयो, अझै सहकार्य गर्न बाँकी छ

१५ वर्षपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सक्ने सरकारको घोषणा

८० प्रतिशत विकास खर्च गर्ने सरकारको प्रक्षेपण, राजश्व असुली ९५ प्रतिशत नाघ्ने

डेढ खर्ब घट्यो बजेटको आकार, अब १३ खर्ब ८५ अर्बमा सीमित

मूल्यवृद्धिले नाघ्यो लक्ष्यको अधिकतम बिन्दु, पुग्यो ६.४ प्रतिशत

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या
८ अंक घट्यो सेयर बजार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट बिहीबार, जेठ २८, २०८३
फ्लाई दुबईले पाेखरा-दुबई दैनिक उडान भर्ने बिहीबार, जेठ २८, २०८३
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल बिहीबार, जेठ २८, २०८३
लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न मन्त्रालयलाई निर्देशन बिहीबार, जेठ २८, २०८३
बजेट समता र सामाजिक न्यायमा केन्द्रित छ : अर्थमन्त्री बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्