काठमाडौं- चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६.४ प्रतिशत मूल्यवृद्धि भएको छ। अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै मूल्यवृद्धि लक्ष्यभन्दा माथि पुगेको बताएको हो।
सरकारले यस वर्ष मूल्यवृद्धि ६ प्रतिशतभन्दा माथि जान नदिने लक्ष्य लिएको थियो। तर लक्ष्यभन्दा ०.४ प्रतिशत बिन्दूले बढेको हो।
गत आर्थिक वर्षको यही अवधिमा मूल्यवृद्धि ४.६ प्रतिशत थियो।
एक वर्षको अवधिमा १.८ प्रतिशत बिन्दुले बढेको हो।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ५ महिनाको समीक्षा गर्दा औषत मूल्यवृद्धि ६.५५ प्रतिशतले बढेको जनाएको थियो।
भारतमा खाद्यान्नको मूल्य आकासिए पछि यसको असर नेपालमा पर्दै आएको छ।
भारतमा तरकारीको मूल्य मात्रै ४० प्रतिशतभन्दा बढीले मूल्यवृद्धि हुन पुगेको छ।
भारतमा भएको मूल्यवृद्धिको असर नेपाली बजारमा समेत परिरहेको छ। यस्तै अवस्था रहिरहे मूल्यवृद्धि झन् बढ्दै जाने विश्लेषण गरिएको छ।
तर अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भने मूल्यवृद्धि ६.४ प्रतिशत मात्रै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।