• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

रक्षात्मक अर्थमन्त्री

डा खतिवडाको प्रश्न- कस्तो अर्थमन्त्री खोज्नुभएको?
64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  १९:११
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सुरू गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले भने, 'नयाँ कानून र विधि निर्माणपछि सरकारी वित्त व्यवस्थामा सुधार हुँदैछ। यद्यपि, आयातमा आएको ह्रास र नयाँ राजस्व प्रणालीप्रति व्यवसायीहरू अभ्यस्त हुन समय लागेकाले आयातबाट प्राप्‍त हुने राजस्व अपेक्षाकृत संकलन हुन सकेको छैन भने समग्र बजेट कार्यान्वयनको गतिमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार हुन सकेको छैन।'

सामान्यता आफ्ना एजेण्डा प्रभावकारीरूपमा राख्ने र त्यसलाई स्थापित गर्ने अर्थमन्त्रीले यसपटक रक्षात्मक प्रस्तुतीकरणबाट आफ्नो धारणा राख्न सुरू गरे।

'नयाँ राजस्व प्रणालीप्रति व्यवसायीहरू अभ्यस्त हुन समय लागेको' बताए पनि उनले यसबारे थप व्याख्या गरेनन्। अर्थमन्त्रीले गरेको संकेत अनिवार्य स्थायी लेखा नम्बरको व्यवस्था, भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ प्रणाली र आयातमा गरिएको कडाइ तथा नियन्त्रण थियो। 

पछिल्ला दुई वर्षयता अर्थतन्त्रको ड्राइभिङ सिटमा रहेका खतिवडाले प्रणालीमा नियन्त्रण बलियो बनाए, आफ्नो तर्कका अगाडि अरुका आवाज गौण बनाइदिए। तथ्यांकको अनुकूल विश्लेषण र प्रस्तुतीकरणमा सधैँ अब्बल देखिने खतिवडा बुधबारको पत्रकार सम्मेलनको सुरुमा केही रक्षात्मक भावमा उभिए।

आर्थिक वृद्धिदेखि बजेट कार्यान्वयन र सिंगो अर्थतन्त्रमा चुनौति रहेको भन्दै आफू पनि संसारका अर्थमन्त्री जस्तै राम्रोसँग निदाउन नसकेको उल्लेख गरे। 

गत आर्थिक वर्षलाई समृद्धिको आधार वर्ष भएकाले अर्को वर्षबाट उपलब्धि देखाउने बताउँदै आएका अर्थमन्त्रीले चालु वर्षको बजेटको समीक्षाको सुरुमै गत वर्ष बराबरको पनि काम गर्न नसकेको स्वीकार गरे।अर्थमन्त्रीको यो अभिव्यक्तिले सरकारको काम गराइको गतिलाई प्रष्टरुपमा झल्काएको छ।

आर्थिक वृद्धिको संशोधित अनुमान भनेनन् मन्त्रीले
मन्त्री खतिवडाले आर्थिक क्रियाकलापमा भएको विस्तार, कृषि क्षेत्रको वृद्धि, औद्योगिक उत्पादनमा भएको वृद्धि र होटललगायतका पर्यटन पूर्वाधारमा बढेको लगानीले आर्थिक वृद्धि लक्ष्यको नजिक पुग्ने बताएका छन्।

उनले बजेट र राजस्व दुवैको आकार संशोधन गरेको तथ्यांक प्रस्तुत गरे पनि आर्थिक वृद्धिको संशोधित अनुमान भने सार्वजनिक गरेका छैनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

सरकारले १ खर्ब ४७ अर्ब रूपैयाँले बजेटको आकार घटाएको छ। सरकारी लगानीमा हुने न्यूनतालाई मात्रै आधार मान्ने हो भने पनि अर्थमन्त्रीले गरेको सुरूवाती ८.५ प्रतिशतभन्दा निकै न्यून हुने देखिन्छ।

यसअघि विश्व बैंकले ६.४ प्रतिशतको आर्थिक वृद्धि हुने नयाँ अनुमान सार्वजनिक गरिसकेको छ। 

मन्त्री खतिवडाले समग्र आयात घटे पनि पुँजीगत उत्पादनमा योगदान दिने वस्तुको आयात नघटेको भन्दै त्यसले अर्थतन्त्रको वृद्धिमा नै सहयोग पुर्‍याइरहेको बताए।

मन्त्री खतिवडाले यस्तो बताए पनि उनीअन्तर्गतकै भन्सार विभागले सार्वजनिक गर्ने आयात/निर्यातको तथ्यांकअनुसार निर्माण क्षेत्रका लागि अत्यावश्यक डण्डी उत्पादनको कच्चा पदार्थ घटेको छ।

भन्सार वर्गीकरणअनुसार पुँजीगत आयातको वर्गमा पर्ने अधिकांश वस्तुको आयात गत वर्षको तुलनामा ऋणात्मक देखिएका छन्। 

'पेट्रोलियम पदार्थको आयात घटेको छ, त्यसले हाम्रो आन्तरिक ऊर्जा उत्पादन बढिरहेको र त्यसको खपत पनि बढेको देखाएको छ, निर्माण सामग्रीको उत्पादन घटेको छ त्यसले पनि आन्तरिक उत्पादनकै खपत बढेको देखाएको छ,' उनले भने।

मन्त्री खतिवडाले धानको उत्पादन गत वर्षको तुलनामा २ प्रतिशतले घटे पनि चामल आयात न्यूनीकरण हुनु सुखद रहेको उल्लेख गरे। 

विगतको उच्च खर्च अपवाद
गत आर्थिक वर्षको सुरूवाती विनियोजनको तुलनामा ३० प्रतिशतभन्दा धेरैले पुँजीगत बजेट बढाएका अर्थमन्त्री खतिवडाले यसपटक ८० प्रतिशतमात्रै खर्च हुने नयाँ अनुमान सार्वजनिक गरेका छन्।

उनले 'विरलैमात्रै ८० प्रतिशतभन्दा माथि पुँजीगत खर्च भएको' टिप्पणी पनि गरे। 

४ खर्ब ८ अर्ब रूपैयाँ पुँजीगत खर्चको लक्ष्य राखेका अर्थमन्त्री सुरूवाती प्रक्षेपणबाट 'ब्याक' भएका छन्।

'पुँजीगत खर्च ७५/७६ कै हाराहारीमा विगतमा हुने गरेको हो, कुनै अपवादको वर्षमा ८० प्रतिशतभन्दा धेरै खर्च भएको छ, ती अपवाद नै हुन्,' उनले भने, '२० वर्षमा २/३ वर्षमा त्यो भएको छ।'

यथार्थ बजेट बनाउन किन सकेनन्?
अर्थमन्त्रीका रूपमा दोस्रो बजेट पढेका खतिवडाले  यसपटक बजेटको तेस्रो अर्धवार्षिक समीक्षा गरे। विगतमा राजनीतिक संक्रमणजस्तै उनले तीनैपटकको समीक्षामा बजेटको आकार घटाउँदै आएका छन्।

यसले बजेट प्रणाली यथार्थपरक नरहेको र सरकारको काम पनि अपेक्षाकृत नभएको देखाएको छ। 

पूर्वअर्थमन्त्री डा रामशरण महतले यथार्थपरक बजेट निर्माणको सट्टा प्रचारमुखी बजेट बनाउँदा सरकारले लक्ष्यअनुसारको काम गर्न नसकेको टिप्पणी गरे।

'वैदेशिक व्यापार, आन्तरिक उत्पादन र निजी क्षेत्रको लगानी घटेको छ, यस्तो अवस्थामा ८.५ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गरेरै छाड्छु भन्नु तथ्यांक तोडमोड गर्नुबाहेक अरू केही होइन,' महतले भने, 'केन्द्रीय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकलाई दबाबमा राखेर अर्थ मन्त्रालयले आफूखुशी तथ्यांक बनाइरहेको छ, यो सरासर गलत हो।'

म रक्षात्मक भए कस्तो मान्छे खोज्नुभयो?
मन्त्री खतिवडाले आफू रक्षात्मक नभएको दाबी गरेका छन्। 'पहिलो कुरा त रक्षात्मक हुने कुरै छैन, गल्ती नगरे प्रोएक्टिभ (क्रियात्मक) नै रहने हो,' उनले भने, 'यतिका आर्थिक सूचक सुनिसकेपछि पनि अर्थमन्त्रीलाई रक्षात्मक भन्नुभयो भने तपाईंले खोज्नु चाँहि के भएको हो?'

सबै परिसूचकमा आफूलाई चुनौति गर्न पनि मन्त्री खतिवडाले आग्रह गरे। 'अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपलिज इकोनोमि इज हेडिङ टुवार्ड्स सोलिड पाथ भनेको छ,' मन्त्री खतिवडाले भने, 'अहिलेसम्म अन्तर्राष्ट्रिय मुद्रा कोषको आर्टिकल फोरको प्रेस नोटमा योभन्दा अर्को कुरा भेट्नुभयो भने रक्षात्मक हुन्छु।’ 

सुधारका के गर्नुपर्छ? अर्थमन्त्रीको टिप्स
संघीयता कार्यान्वयनको क्रममा देखापर्ने समस्या समाधान गर्न संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय गर्ने कानुन बनाउनुपर्ने उनले बताएका छन्।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्‍‌चालन ऐनलगायत कतिपय ऐनका प्रावधानहरू एक आपसमा बाझिएकाले ती प्रावधानमा सुधार गर्न सम्बन्धित ऐन नियमहरूमा तत्काल संशोधन गर्ने उनले बताएका छन्। 

समाजिक सुरक्षा र कृषि तथा अन्य क्षेत्रमा दिइने अनुदानमा दोहोरो तेहोरोपना हटाई राज्यबाट प्रदान गरिने अनुदानमा प्रभावकारिता कायम गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदन कार्यान्वयन गर्ने उनको भनाइ छ।

यसैगरी तहगत सरकारका सहलगानीका क्षेत्र र प्रारूप तयार गरी लागू गर्ने उनले उल्लेख गरे। 

अहिले विश्वका कुन अर्थमन्त्री राम्रोसँग निदाइरहेको छ?
अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यका कारण संसारका सबै अर्थमन्त्रीहरू अहिले दबाबमा रहेको टिप्पणी गरे।

उनले अहिलेको सरकारलाई कामका आधारमा निरीह भन्नु नपर्ने उल्लेख गर्दै भने‚ 'निरीह भनेर तपाईंले पेशाको स्वतन्त्रताको शब्द प्रयोग गर्नुभएको हो।' मन्त्री खतिवडाले आफूले काम गरिरहेको र प्रचार नगरेको पनि दाबी गरे। 

पत्रकार सम्मेलनको अन्त्यमा अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा चुनौती रहेको स्वीकार भने गरेका छन्।

'आज विश्वका कुन चाँहि अर्थमन्त्री गहिरो निन्द्रामा रातभरी सुत्न सकेका होलान्,' मन्त्री खतिवडाले प्रश्न गरे, 'अहिले विश्वको परिवेशमा, क्षेत्रीय परिवेशमा एउटा अर्थमन्त्रीले गर्नुपर्ने दायित्वका विषयमा ऊ सँधै सजगता र जोखिममा रहेको हुन्छ।' 

यो पनि:
१५ वर्षपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सक्ने सरकारको घोषणा

८० प्रतिशत विकास खर्च गर्ने सरकारको प्रक्षेपण, राजश्व असुली ९५ प्रतिशत नाघ्ने

डेढ खर्ब घट्यो बजेटको आकार, अब १३ खर्ब ८५ अर्बमा सीमित

मूल्यवृद्धिले नाघ्यो लक्ष्यको अधिकतम बिन्दु, पुग्यो ६.४ प्रतिशत

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या
८ अंक घट्यो सेयर बजार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट बिहीबार, जेठ २८, २०८३
फ्लाई दुबईले पाेखरा-दुबई दैनिक उडान भर्ने बिहीबार, जेठ २८, २०८३
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल बिहीबार, जेठ २८, २०८३
लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न मन्त्रालयलाई निर्देशन बिहीबार, जेठ २८, २०८३
बजेट समता र सामाजिक न्यायमा केन्द्रित छ : अर्थमन्त्री बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्