काठमाडौं– विपक्षी दलहरूले नेपालले भारतको सीमा मिचेको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको भौतिक उपस्थिति नहुने हो भने लिखित स्टेटमेन्ट माग गरेका छन् । बुधबार रास्वपा सभापति रवि लामिछानेसँगको बैठकमा विपाक्षी दलहरूले सो माग राखेका हुन् ।
बैठकमा रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जवाफ दिने प्रस्ताव राखेका छन् । बुधबार विपक्षी दलहरूसँगको बैठकमा उनले सो प्रस्ताव गरेका हुन् ।
लामिछानेको प्रस्तावमा विपक्षी दलहरू भने सहमत छैनन् । ‘परराष्ट्रमन्त्रीले नै सरकारको तर्फबाट जवाफ दिनुहुन्छ, उहाँलाई बोल्न दिऔँ भन्ने रवि लामिछानेज्यूको प्रस्ताव छ । प्रधानमन्त्रीले अर्को कुनै सन्दर्भमा आउँदा थप स्पष्ट गर्नुहुन्छ भन्ने थप भनाइ राख्नुभयो,’ बैठकमा सहभागी एक नेताले शिलापत्रसँग भने ।
छलफलमा कांग्रेस दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक वासना थापा, एमालेका प्रमुख सचेतक ऐन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी खुश्वु ओली सहभागी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।