एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुजमा अमेरिकी अपाचे हेलिकोप्टर खसालेको आरोप लगाउँदै इरानविरुद्ध नयाँ सैन्य आक्रमणको अनुमति दिएका छन् ।
ट्रम्पका अनुसार उक्त घटनामा संलग्न दुई अमेरिकी पाइलट सुरक्षित रहेका छन्, तर आक्रमणको जवाफ दिन आवश्यक भएको भन्दै अमेरिका अघि बढेको हो ।
त्यसलगत्तै अमेरिकी केन्द्रीय कमाण्डले इरानमाथि आत्मरक्षात्मक आक्रमण पुनः सुरु गरेको घोषणा गरेको छ ।
आक्रमणपछि इरानको दक्षिणी बन्दरगाह शहर सिरिकलगायत होर्मुज क्षेत्रका विभिन्न स्थानमा विस्फोट भएको खबर आएको अल जजिराले जनाएको छ । यद्यपि, इरानले हेलिकोप्टर खसालेको दाबी पुष्टि वा खण्डन गरेको छैन ।
इरानी विदेशमन्त्री अब्बास अर्घाच्चीले अमेरिकी सेना होर्मुज क्षेत्रबाट फिर्ता हुनुपर्ने बताएका छन् । उनले इरानको सार्वभौमिकता उल्लंघन भए कडा जवाफ दिइने चेतावनी पनि दिएका छन् ।
यो घटनाले ८ अप्रिलमा भएको युद्धविराम सम्झौता संकटमा पार्ने जोखिम बढाएको छ । पछिल्ला दिनहरूमा इरान, अमेरिका र इजरायलबीच लगातार आक्रमण र प्रतिआक्रमण भइरहेका छन्, जसले पश्चिम एसियमा तनाव थप चुलिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।