• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

१५ वर्षपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सक्ने सरकारको घोषणा

64x64
नेपाल लाइभ बुधबार, माघ २९, २०७६  १८:२४
1140x725

काठमाडौं- सरकारले बाराको निजगढमा बनाउने लागेको आधुनिक सुविधासम्पन्न निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आगामी १५ वर्षमा निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ।

अर्थ मन्त्रालयलले चालु आव २०७६/०७७ बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको हो।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाई एसियाकै ट्रान्जिट हब विमानस्थलका रूपमा विकास गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सरकारले अगाडि सारेको आयोजना हो।  

यो आयोजना आर्थिक वर्ष २०७१/७२ मा सुरु भई आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने अपेक्षा गरिएको थियो।

अपेक्षा गरिएको समय सकिनै लागे पनि अर्थ मन्त्रालयले विमानस्थल निमार्णको सम्पन्न हुने सयममा संशोधन गरेको हो।

मन्त्रालयको संशोधित कार्यतालिका अनुसार आर्थिक वर्ष २०९१/९२ मा विमानस्थल निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ।

साथै मन्त्रालयले आयोजनाको कुल अनुमानित लागत १ खर्ब २० अर्ब रहने जनाएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

विमानस्थल निमार्णको विषय अहिले लगानी बोर्ड नेतृत्व गरिरहेको छ। लगानी बोर्डले प्राविधिक रूपमा दक्ष ठहर गर्दै जुरिच अन्तर्राष्ट्रिय विमानस्थलसँग विमानस्थल निर्माणको आशयपत्र माग गरिसकेको छ।

हालसम्म विमानस्थल निर्माण क्षेत्रको दक्षिण-पूर्वी र पश्चिम सीमामा तारबार (फेन्सिङ) कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ। पश्चिमी सिमाना पसाहा खोलामा तटबन्ध निर्माण गरी विमानस्थल निर्माण क्षेत्रको चारकिल्ला यकिन गर्ने कामसमेत सम्पन्न भइसकेको छ।

विमानस्थल निर्माण क्षेत्रमा रहेको १ सय १० बिघा व्यक्तिका नाममा रहेको जग्गाको मुआब्जा वितरणको काम पनि ६० प्रतिशत पूरा भइसेको छ। तर, सर्वोच्च अदालतको आदेशका कारण निर्माणस्थलको रूख कटान गर्ने कार्य भने स्थगित भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षामा उल्लेख छ।

आयोजनाका लागि चालु आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएकोमा समीक्षा अवधिसम्म १ रुपैयाँ पनि खर्च नभएको जनाएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थल पाँच वर्षभित्रै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने बताउँदै आएका छन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 
यो आयोजना सन् २०१५ मा सुरु भएको थियो। तत्कालीन समयमा सरकारले सन् २०१७ को डिसेम्बरमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर अहिले विमानस्थल निर्माणको काम ३१ मार्च, २०२० मा सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ।

यस आयोजनाको कुल लागत ३० अर्ब ४१ करोड रुपैयाँ पुगिसिकेको छ। यो आयोजनाको मुआब्जाका लागि मात्र २३ अर्ब रुपैयाँ खर्च भइसकेको छ। विमानस्थलको धावनमार्ग ३ हजार मिटर र चौडाइ ४५ मिटर छ। अहिले विमानस्थलम अन्तिम चरणको काम भइरहेको छ। हाल विमानस्थलमा फिनिसिङ र  संचार उपकरण भइरहेको छ। यसैगरी उपकरण जडान गर्ने कार्य पनि तीव्र गतिमा भयरहेको छ।

आयोजनाका लागि सरकारले आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब ३३ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको  थियो। जसमध्ये समीक्षा अवधिसम्म ४६ करोड ३३ लाख रुपैयाँ मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
यो आयोजनाको काम सन् २०११ बाट सुरु भएको थियो। तर, नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा मात्रै ऋण सम्झौता भएपछि निर्माणको काम अगाडि बढेको थियो।

सरकारले यो विमानस्थल सन् २०२१ को जुलाईसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। अहिलेसम्म विमानस्थल निर्माणको ५० प्रतिशतभन्दा बढी काम भइसकेको छ।

आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ। आयोजनाको आर्थिक वर्ष २०७५/७६ मा नै धावनमार्ग, ट्याक्सी-वे र एप्रोन निर्माण, धावनमार्ग निर्माणको काम सम्पन्न भइसकेको थियो। अहिले टर्मिनल भवन र अन्य १४ वटा भवनहरू निर्माण कार्य जारी छ।

आयोजनाका लागि सरकारले चालु आर्थिक वर्षमा जग्गा अधिग्रहणसहित विमानस्थल निर्माण कार्यको लागि ८ अर्ब रुपैयाँ विनियोजन गरको थियो। तर, समीक्षा अवधिसम्ममा ४ अर्ब  ३ करोड ५५ लाख खर्च भइसकेको अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या
८ अंक घट्यो सेयर बजार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट बिहीबार, जेठ २८, २०८३
फ्लाई दुबईले पाेखरा-दुबई दैनिक उडान भर्ने बिहीबार, जेठ २८, २०८३
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल बिहीबार, जेठ २८, २०८३
लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न मन्त्रालयलाई निर्देशन बिहीबार, जेठ २८, २०८३
बजेट समता र सामाजिक न्यायमा केन्द्रित छ : अर्थमन्त्री बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्