काठमाडौं- चालु आर्थिक वर्षमा सरकारले ८० प्रतिशत विकास खर्च गर्ने लक्ष्य सार्वजनिक गरेको छ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित बजेटको अर्धवार्षिक समीक्षामा कूल पुँजीगत खर्चको ८० प्रतिशत विकास खर्च गर्ने लक्ष्य लिएको जानकारी दिइएको हो।
चालु आवमा चालू खर्च ९५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९२ प्रतिशत खर्च हुने अनुमानसमेत मन्त्रालयले सार्वजनिक गरेको छ।
यसैगरी मध्यावधि समीक्षा मार्फत् सरकारले बजेटको आकारसमेत घटाएको छ। लक्षित बजेटमा करिब १० प्रतिशत आकार घटाउने भएको छ।
चालू वर्षको बजेटको मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले १३ खर्ब ८५ अर्ब ९५ करोड रूपैयाँ खर्च हुने संशोधनसहितको अनुमान सार्वजनिक गरेका हुन्।
गत जेठ १५ गते १५ खर्ब ३२ अर्ब रूपैयाँको बजेट ल्याएका खतिवडाले सुरूवाती अनुमानको ९०.४ प्रतिशत खर्च हुने बताए।
यसैगरी राजस्व असुली लक्ष्यको ९५.५ प्रतिशत हुने मन्त्री खतिवडाले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।