काठमाडौं- चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षापछि अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रालयभित्रको 'टप म्यानेजमेन्ट'सँग छलफल गरेका छन्।
मन्त्री खतिवडाले मन्त्रालयका सहसचिवहरुसँग छलफल गर्दै समीक्षाका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै धन्यावाद दिएका थिए।
खतिवडाले रातभर बसेर बजेटको अर्धवार्षिक समीक्षा तयार गरेको भन्दै बजेट तथा कार्यक्रम महाशाखाका कर्मचारीलाई धन्यवाद दिएका थिए।
'रातभर बसेर तपाईंले समीक्षाको काम सक्नुभयो, त्यसका लागि धन्यवाद,' खतिवडालाई उद्धृत गर्दै स्रोतले भन्यो, 'हामीले अझै सहकार्य गर्न बाँकी छ।'
अर्थ मन्त्रालयले बुधबार बिहान मात्रै अर्धवार्षिक समीक्षाको काम सकेको थियो।
यसका लागि बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव रामशरण पुडासैनीसहितको टोली रातभर खटिएको थियो।
केही कर्मचारीलाई राति १० बजे घर पठाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।