• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हिरोइन परमिता चढेको कारले यसरी लिएको थियो लिलाको ज्यान [बयानसहित]

'रक्सीले लठ्ठ उनीहरू रिसोर्टबाटै निकालिए'
64x64
नेपाल लाइभ आइतबार, पुस २७, २०७६  १६:५७
1140x725

काठमाडौं- बुढानीलकण्ठ प्रहरी कार्यालयदेखि विष्णुमति खोलातर्फ आउने सडक। उत्तरमा बुढानीलकण्ठ स्कुल। दक्षिणमा जस्ताले छाएको मोटरसाइकल ग्यारेज भएको टहरो। टहरो अगाडि बिजुलीको कुच्चिएको पोल। खाटा बसिनसकेको आलो रगतको टाटा पोलमा। नजिकै यता उता छरिएर रह‍ेको अवस्थामा एक जोर लेडिज जुत्ता। 

भुईं र पोलमा लत्पतिएको आलो रगत र जुत्ता अरू कसैको नभएर लिला देवकोटाको हो। मन्दिरमा पूजा गरेर घर फर्कँदै गर्दा कारको ठक्करबाट उनको गत मंसिर २८ गते मृत्यु भएको थियो।

फुटपाथमा हिँड्दै गरेका बेला बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिएपछि गोरखा घर भएकी ४० वर्षीया देवकोटा गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि न्यूरो अस्पताल बाँसबारी पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए। 

उक्त भयानक दुर्घटनाका प्रतिवादी कार चालक पृथ्वी मल्ललाई जिल्ला अदालत काठमाडौंले पुस २३ गते पुर्पक्षका लागि कारागार चलान गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ बमोजिमको कसुरमा उनलाई पुर्पक्षका लागि जेल पठाइएको हो। उक्त कसुरमा १० वर्षसम्मको कैद सजाय माग गर्दै मल्लविरुद्ध मुद्दा दर्ता भएको थियो। अनुसन्धानका क्रममा फेला परेका तथ्य र अभियुक्तको बयान र दुर्घटनाको कारणबारे नेपाल लाइभले केही जानकारी खोतल्ने प्रयास गरेको छ।

'डेनिअल्स रक्सीले झ्याप थिएँ, दुर्घटना भएपछि थाहा पाएँ'
अध्ययनको सिलसिलामा पृथ्वी मल्ल विगत १ वर्षदेखि अमेरिका बस्दै आएका थिए। गत मंसिर २३ गते बिदामा काठमाडौं फर्किएका थिए उनी। त्यसको केही दिन साथीभाई भेटघाटमा व्यस्त रहेका मल्ल २७ गते साँझ साढे ५ बजे बा १४ च ६१२३ नम्बरको कार लिएर घुम्न निस्कन्छन्।

त्यसपछि नक्सालस्थित नारायणचौरको जिम पुग्छन् मल्ल। त्यहाँ उनले करिब २ घन्टा बिताउँछन्। ‘बेलुका साढे ७ बजेतिर मेरो साथी करिश मास्केले फोन गरेर बोलाएपछि म उसलाई लिन छाउनी गएँ,’ बयानमा मल्लले भनेका छन्।

त्यसपछि उनीहरु दुई जना बालुवाटारस्थित पलिन्ज गार्डेन रेस्टुरेन्ट पुग्छन्। खाना खान्छन्। राती करिब ९ बजे उनीहरू त्यहाँबाट ठमेल हानिन्छन्। ठमेलस्थित कोशिस रेस्टुरेन्टमा साथी भएकाले भेट्न गएको उनको बयान छ। ‘पृथ्वीले तीन वटा बियर खायो। मैले पनि हल्का पिएँ,’ करिशले बयानमा भनेका छन्।

तर पृथ्वी भने त्यहाँ केही पनि खानपिन नभएको दाबी गर्छन्। त्यहाँ लामै गफ हुन्छ। करिशकै एक साथीलाई ट्याक्सीमार्फत् उनीहरूले थापाथली पुर्‍याउँछन्। त्यसपछि फर्केर उनीहरु ठमेलको एलओडी क्लब पुग्छन्। त्यसबेला रातको साढे १ बजिसकेको हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

एलओडीमा मदिरासँगै उनीहरू एकछिन झुम्मिन्छन्। त्यसपछि बिहान साढे ४ बजे ठमेलकै सेनेठ भन्ने अर्को क्लब पुग्छन्। जहाँ करिशका दुई जना साथीहरु हुन्छन्, नायिका परमिता राणा र मनिषा।

उक्त क्लबबाट नायिका परमिता, मनिषा र करिशलाई कारमा लिएर पृथ्वी बाहिरिन्छन्। ‘ग्रिनभ्याली रिसोर्टमा खाना खाने भनेर हामी निस्केका थियौं,’ करिशले बयानमा भनेका छन्।

त्यसबेला अधिकांश पसल बन्द थिए। गोल्फुटारमा रहेको बिगमार्ट भने खुल्लै थियो। उनीहरू चारै जना त्यहीँ छिरे। चिप्स, चक्लेट र अन्य जंक फुड किने। जंक फुड खाँदै उनीहरुले ग्रिनभ्याली रिसोर्ट पुगे। रिसोर्टमा पुगेर खाना अर्डर गर्दा बिहान करिब ८ बजेको थियो।

प्याक गरेको खाना लिएर उनीहरू पुनः सोही बाटो हुँदै घर फर्किए। ‘म र दुई केटी साथी पछाडिको सिटमा बसेर प्याक गरेको खाना खाँदै थियौं। पृथ्वीले गाडी चलाएको थियो। बुढानीलकण्ठ स्कुल अगाडि आएपछि कार अनियन्त्रित भई सडकपेटीमा ठोक्किन पुगेछ,’ करिशले भने, ‘सिटबाट झेरेर हेर्दा एउटा मोटरसाइकल कच्याककुचुक भएको थियो। एक महिला रक्ताम्य भएर भुईंमा लडेकी थिइन्।

उता चालक पृथ्वीले पनि लापरबाहीका कारण दुर्घटना हुँदा देवकोटाको मृत्यु भएको स्वीकार गरेका छन्। पृथ्वीले बयानमा भनेका छन्, ‘रातभरको अनिँदो र डेनिअल्स रक्सीले म झ्याप थिएँ। बुढानीलकण्ठको पुल कटेपछि कार अनियन्त्रित भई विपरीत दिशातर्फ हिँड्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएपछि झ्ल्यास्स ब्युझिएँ।’

चालक पृथ्वी यतिसम्म झ्याप थिए कि उनको लाइसेन्स मापसे गरेको भनेर ट्राफिकले लगेको थियो। ट्राफिकले काटेको चिटसमेत उनले हराएको कुरा प्रहरी समक्ष बताएका छन्। करिब १२ घन्टाभन्दा अघिदेखि गरेको लगातारको रक्सी सेवन, अनिँदो र थकान हुँदाहुँदै पनि लापरबाही गर्दै कार चलाएकाले दुर्घटना हुन पुगेको प्रहरीको निष्कर्ष छ। उनको स्वास्थ्य परीक्षणमा समेत अत्यधिक मदिरा सेवन गरेको पाइएको थियो। 

रिसोर्टका गार्ड भन्छन्– रक्सीले लठ्ठ थिए, अनेक हर्कत गरेपछि रिसोर्टबाट निकाल्यौं 
ग्रिनल्याड रिसोर्टका सुरक्षा गार्ड सुरज चौधरीसँग समेत प्रहरीले घटनाबारे सोधपुछ गरेको थियो। पृथ्वीसँग आएका अर्का युवक करिश मास्के, नायिका परमिता र मनिषा रक्सीले झ्याप भएर रिसोर्ट पुगेको बयान सुरक्षागार्ड चौधरीले दिएका छन्।

'म ग्रिनल्यान्ड रिसोर्टमा काम गर्दै आएको छु। सो क्रममा गत मंसिर २८ गते मेरो मेन इन्ट्री पोइन्टमा ड्युटी थियो। सोही बेला बिहान ८:२६ बजे पृथ्वी मल्ल आफैंले बा १४ च ६१२३ नम्बरको कार चलाएर २ केटी र एक केटा लिएर आएका थिए। त्यसबेला उनीहरूले अत्यधिक मादक पदार्थ सेवन गरेको जस्तो देखिन्थ्यो। रिसोर्टमा खाजा अर्डर गरे। त्यन्तिजेन्ल रिसोर्टमा बस्दा पृथ्वी मल्ल र उनीसँगै आएकी एक जना केटी अंगालो मार्ने, किस गर्ने जस्ता क्रियाकलाप गर्न थाले। म्यानेजरले यस्तो हर्कत नगर्नुस् खानाको पैसा तिर्न लगाएर रिसोर्टबाट बाहिर जान लगाए। बिहान ९:४० मा उनीहरू रिसोर्टबाट बाहिरिएका थिए।'

यो पनिः
'त्यो दिन म भित्रभित्रै मरिरहेकी थिएँ'

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री
बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन आइतबार, असोज ४, २०८३
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री आइतबार, असोज ४, २०८३
बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए आइतबार, असोज ४, २०८३
‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ :ओली आइतबार, असोज ४, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्