• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

'त्यो दिन म भित्रभित्रै मरिरहेकी थिएँ'

64x64
नेपाल लाइभ बिहीबार, पुस २४, २०७६  ०९:३४
1140x725

गत मंसिर २८ गते बिहान मन्दिर दर्शन गरेर फर्किरहेकी गोर्खाकी लिला देवकोटालाई बुढानिलकण्ठमा पृथ्वी मल्लले चलाएको कारले ठक्कर दिएको थियो। 

रातभर ठमेलमा मदिरा सेवन गरेका २१ वर्षीय मल्ल बिहानीपख शिवपुरी पुगेर फर्कनेक्रममा उनले चलाएको निजी कारले अनियन्त्रित भई देवकोटालाई ठक्कर दिएको थियो। देवकोटालाई तत्कालै अस्पताल पुर्‍याइए पनि ज्यान भने जोगिन सकेन।
बुधबार कार चालक मल्ल कारागार चलान भएका छन्। 

सोही कारमा सवार थिइन् मोडल परमिता राणा। जसलाई सोही घटनामा आधारित विभिन्न आरोपहरू लागेका थिए। सोही दिनलाई मध्यनजर गर्दै आफ्नो फेसबुकमा उनले त्यो दिनको विस्तृत घटनाको बारेमा अङ्ग्रेजी भाषामा एक लामो स्टाटस पोस्ट गरेकी छन्। बाँकी उनकै शब्दमा:

आज‚ मभित्र बाकी रहेको सबै हिम्मत जुटाएर गत मंसिर २८ गते शनिबार बिहान भएको घटनाको वास्तविकता सबैलाई भन्ने निर्णयमा पुगेँ। प्रथमतः म सबैसामु माफी माग्न चाहन्छु र यस घटनालाई लिएर म कतिसम्म दुःखी छु भन्ने कुरा पनि सबै सामु पुर्‍याउन चाहन्छु।

४ जनाको अविवेकीपूर्ण निर्णयले एउटा निर्दोष व्यक्तिले ज्यान गुमाउनु पर्‍यो। म चाहन्छु‚ यो साँचो नभइदियोस्‚ एउटा नराम्रो सपना भइदियोस् तर म पनि त्यही कारभित्र थिएँ। घटना घटेको यतिका दिनपछि मैले यसरी लखेकोमा म हृदयदेखि नै माफी माग्न चाहन्छु। त्यो दुर्भाग्यवश घटेको घटनाले मलाई अझै पनि आघात पुर्‍याएको छ। ४ सन्तानले आफ्नी आमा गुमाएका छन्‚ श्रीमान्‌ले आफ्नी अर्धाङ्गिनी गुमाएका छन्। 

उक्त घटनाले मेरो जिन्दगीमा एउटा ठूलो परिवर्तन ल्याएको  छ।  म प्रत्येक दिनको बिहान कस्तो मनस्थिति लिएर उठिरहेको हुन्छु भन्ने कुरा सायद कसैले पनि अनुभव गर्न सक्दैन। अझै पनि त्यो घटना सम्झिँदा मेरो मन चिरिएर आउँछ। अब म कदापि त्यो व्यक्ति हुन्न जुन म त्यो दिन थिएँ। म आज उक्त घटनामा मृत्यु भएकी आमाप्रति मानिसहरूको संवेदनालाई बुझेर यहाँसम्म आएकी छु।

सवारी चलाउँदा मद्यपान गर्नु विकल्प होइन‚ बरु यस्ता घटनामा पीडितको रक्षा गर्नु सबैको कर्तव्य हो। म यो घटनाको बारेमा भारी मन लिएर केही लेख्दैछु। कसैका कारणले एक निर्दोष व्यक्तिले आफ्नो ज्यान गुमाउनुको पीडा सम्झेर म पलपल मरिरहेकी हुन्छु। र‚ म यो पीडा जिन्दगीभरि भोगी नै रहनेछु।

मलाई व्यक्तिगत रुपमा चिन्नेहरूलाई थाहा छ कि मैले अहिलेसम्म एउटा झिंगासम्म पनि मारेको छैन। कारुणता भनेको विश्वको सर्वोत्कृष्ट चिज हो भन्ने समाजमा हुर्किएँ। तपाईंहरूमध्ये कतिलाई थाहा नहुन सक्छ‚ जब म २ वर्षको थिएँ‚ मेरो बुबाको कार दुर्घटनामा मृत्यु भएको थियो। म सधैं यही पीडामा बाँचिरहेको हुन्छु। मलाई मेरी आमाले हुर्काएकी थिइन्। परिवारको कुनै सदस्य आफूसँग नहुँदाको पीडा मलाई राम्रोसँग थाहा छ। म मेरो बुबालाई सम्झेर धेरैपटक रोएको छु। 

nimb
nimb
Ncell 2
Ncell 2

मैले आफूलाई त्यो विषयमा कहिले पनि सम्हाल्न सकिनँ। मेरी आमाले आफ्नो परिवारको लागि गरेको दुःख देखेर मलाई पनि आमाजस्तै बनौं भन्ने सोच सानैदेखि आइरह्यो। मैले जिन्दगीभरि नै आफूलाई सम्हाल्ने कोसिस गरिरहेँ। तर‚ म पनि एउटा मान्छे थिएँ‚ समाजमा मेरो जस्तोसुकै प्रतिष्ठा भए पनि डर त मलाई पनि लाग्छ।

पीडित महिला जोसुकै हुन्थिन्‚ चाहे मेरो प्रिय व्यक्ति‚ चाहे म नै भएको भए पनि यसले मलाई ‘मैले किन उसलाई पिएर गाडी चलाउन हुँदैन भनेर सम्झाउन सकिनँ’ भनेर हरपल झस्काइरहन्छ।

मानिसहरूले मप्रति देखाएको रिस र घृणालाई म बिल्कुल महशुस गर्न सक्छु। तर म पनि त तपाईंहरू जस्तै एउटा मान्छे नै त हुँ। मलाई थाहा छ‚ मैले ठूलो गल्ती गरेको छु जसले मलाई हरक्षण झस्काइरहनेछ। कसैप्रति आरोप‚ प्रत्यारोपको भाषा बोलेर मृतक र उसको परिवारले न्याय पाउने भन्ने पनि होइन।

हो‚ म त्यो बेला डराइएकी थिएँ‚ स्तब्ध भएको थिएँ। त्यो समयमा के गर्ने भन्नेबारे पनि मैले केही सोच्नै सकिरहेको थिइनँ। म त्यस बखत शुन्य भएको थिएँ‚ कान एकनासले बजिरहेको थियो। म अझै भयभित‚ स्तब्ध थिएँ। हलचल गर्ने स्थितिमा थिइनँ।

उक्त घटना घट्दा पनि म कारबाट बाहिर निस्किएको थिइनँ। त्यसैबीच मेरो एकजना साथीले मेरो अवस्था बुझ्यो र मेरो हात समाएर मलाई कारबाट घचेट्यो र ‘जाऊ‚ गइहाल’ भन्दै चिच्याउन थाल्यो। म भयभित त्यहाँबाट निस्केर घटना भएको ठाउँनजिकै बसेर के गर्ने/के नगर्नेको अवस्थामा बसिरहेँ। एकजना महिलालाई हामी चढेको कारले ठक्कर दिएको छ भन्ने बारेमा पनि म अनभिज्ञ थिएँ। जब थाहा पाएँ तब मैले फोनमा रिचार्ज गरें र मैले आफ्ना ठानेका सबैलाई फोन गरें‚ तर कसैले फोन उठाएनन्। म त्यहीँ बसिरहेँ।

मेरो दिमागले काम गरिरहेको थिएन। एकछिनपछि म भएको ठाउँमा त्यहाँका केही स्थानीयबासी आएर म उक्त कारभित्र भए नभएको बारेमा जान्न खोज्दा मैले म कारभित्रै थिएँ भनेको थिएँ। त्यो बेला म जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार थिएँ। त्यसबेला म चिच्याएर रोएको थिएँ।

त्यही बेला कोही स्थानीयले मोटरसाइकलमा मेरो अगाडि आएर त्यो ठाउँ मेरा लागि सुरक्षित नभएको र त्यहाँ जे पनि हुन सक्ने भनेपछि म झन् आत्तिएकी थिएँ। त्यो बेला मैले केही सोचेको थिएँ भने त्यो मेरी आमा हुनुहुन्थ्यो‚ जो मेरै लागि बाँचेकी थिइन्। उनीमाथि के घट्थ्यो होला? उनले जिन्दगीभरि मेरा लागि गरेको समर्पणको के हुन्थ्यो होला? केही समयपछि त्यही मान्छे फेरि ट्याक्सीमा आयो। घर पुगेर मैले मेरो अर्को साथीलाई फोन गरेँ। उसले ठक्कर खाएकी महिलालाई अस्पताल लगिएको र उनीहरूलाई प्रहरीले लगेको जानकारी दियो। 

त्यसपछि मैले वकिललाई फोन लगाएँ। उनले सबै सामाजिक सञ्जालहरू फोनबाट हटाउन आग्रह गर्नुभयो। म दिनरात रोएँ। त्यसपछि उनले मलाई आएका सबै नराम्रा कमेन्टहरूलाई ब्लक गर्न भन्नुभयो। मैले त्यसै गरें। जे भयो नराम्रो भयो र अविस्मरणीय भयो।

त्यो गाडीमा चढेर घर आउन म किन राजी भएँ भनेर आफैंले आफैंलाई धिकार्न थालेँ। कार चलाउने व्यक्ति मेरो नजिकको साथी थियो। ऊ असल बोली‚ व्यवहार भएको मान्छे थियो। त्यो बेला पनि उसले राम्रैसँग ब्रेकफास्टका लागि जान आग्रह गर्‍यो। मलाई पनि भोक लागिरहेको थियो त्यसैले मैले पनि जाने कुरामा सहमति जनाएँ। 

यदि मलाई यस्तो हुन्छ भन्ने थाहा हुन्थ्यो भने म सँधैझैं कुनै एउटा ट्याक्सी बोलाएर घर गएर सुत्ने थिएँ। तपाईंहरूमध्ये धेरैलाई थाहा छ कि मलाई गीतहरू ठूलो साउन्ड बनाएर सुन्न मन पर्छ। यो मेरो एकप्रकारको उपचार हो। डिप्रेसनको शिकार हुनु सामान्य विषय होइन। हरेकपटक जब म सामाजिक सञ्जाल खोल्थें तब मैले मेरो जिन्दगीलाई नै त्याग्दिने बारेमात्र सोच्थें।

म फेरि आत्महत्या गर्ने अवस्थामा पुगिसकेको थिएँ। यदि मैले आक्रामक रुपमा कसैलाई चोट पुर्‍याएको भए‚ म हृदयदेखि नै माफी माग्न चाहन्छु। म शान्त बसेको बेला मलाई अन्यथा सोचेर नकारात्मक धारणा बनाउनु पक्कैपनि उचित होइन। म तपाईंको मप्रतिको रीस‚ आवेगलाई महशुस गर्न सक्छु। तर‚ गलत आरोप र चरित्र हत्यालाई म कदापि स्वीकार्न सक्दिनँ। तर म मेरो गल्तीलाई स्वीकार्छु‚ जसमा म पूर्ण रुपमा जिम्मेवार छु। यदि मैले तपाईंहरुलाई कुनै चोट पुर्‍याएको भए हृदयदेखि नै माफि माग्न चाहन्छु।

मलाई थाहा छ‚ घटना घटेको दुई दिनपछि म फेसन शोमा जाँदा तपाईंहरू धेरैलाई चित्त बुझेको छैन। तर‚ मैले वचन दिसकेकाले मैले उक्त शोलाई इन्कार गर्न सकिनँ। त्यही कारमा गएर बस्नु मेरो इच्छा थियो। तर‚ त्यो घटना छोडेर हिँड्नु मेरो इच्छा थिएन। 

बाहिर देख्दा ठाडो शीर बनाएर हिँडे पनि त्यो दिन भित्रभित्र म मरिरहेको थिएँ। यो कारण हरदिन मलाई पश्चातापले पिरोलिरहनेछ कि म यो दुर्घटनाको एक हिस्सा थिएँ। मैले कहालीलाग्दो घटनाबाट मेरो जीवनको पाठ सिकें। यदि नाइटआउटपछि बिहान कोही गाडी चलाउनुहुन्छ भने म बिन्ती गर्छु कि यस्तो कदापि नगर्नुस्।

जुनैबेला पनि मलाई घटेको घटना तपाईंलाई नघट्ला भन्न सकिँदैन। मैले कहिले पनि अरूको मूल्यांकन गरिनँ‚ सधैं क्षमाशील नै भइरहेँ। त्यो बेला जे भयो गलत भयो र यसले मलाई हरक्षण पिरोलिरहन्छ। विशेषतः म लीला देवकोटाको आत्माले चीर शान्तिको पाओस् भन्ने कामना चाहन्छु। उनको मृत्युले सबैभन्दा बढी चोट पुगेका परिवारसँग माफी माग्न चाहन्छु।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  ०९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रपति पौडेल दुःखी, उद्धार र राहतमा जुट्न आह्वान
भोटेकोसीको बाढीपछि अस्पतालमा ‘इमर्जेन्सी मोड’, १०० भन्दा बढी बेड खाली
रसुवा बाढीमा फसेका १२ जनाको उद्धार
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रपति पौडेल दुःखी, उद्धार र राहतमा जुट्न आह्वान बुधबार, भदौ १०, २०८३
भोटेकोसीको बाढीपछि अस्पतालमा ‘इमर्जेन्सी मोड’, १०० भन्दा बढी बेड खाली बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा फसेका १२ जनाको उद्धार बुधबार, भदौ १०, २०८३
राहत, उद्धार र खोजमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने बुधबार, भदौ १०, २०८३
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्