• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको सुखद् संकेतले मूर्तरुप पाउला ?

64x64
नेपाल लाइभ शनिबार, चैत ३, २०७४  २३:४९
1140x725

काठमाडौं– केपी शर्मा ओली प्रधानमन्त्री भएको आज ठ्याक्कै एक महिना पुगेको छ। उनी गत फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। उनी १९ महिनामै बालुवाटार फर्किएका थिए। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि त्यसैदिन राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए।

राष्ट्रपति भण्डारीले सोही दिन उनलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाएकी थिइन्। प्रधानमन्त्रीको रुपमा सपथ खानु केहीअघि मात्रै उनी दलको नेतामा समेत सर्वसम्मत चयन भए।

आफू नियुक्त भएकै दिन ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरे। सोही दिन लालबाबु पण्डित र थममाया थापाले क्रमश: जनसंख्या तथा वातावरण र महिला तथा बालबालिका मन्त्रीको रुपमा सपथ लिए। प्रारम्भिक मन्त्रिपरिषद्मा उनले चयन गरेका टिमले मानिसलाई सकारात्मक सन्देश दियो।

मन्त्रिपरिषद्मा थापा नयाँ पात्र भए पनि पण्डित लोकप्रिय नेता हुन्। पहिलो पटक मन्त्री छँदा उनले गरेका केही कामहरुले उनलाई चर्चित बनाएको थियो। तर पण्डितलाई चैत्र २ गतेको मन्त्रिपरिषद् विस्तारसँगै जिम्मेवारी हेरफेर गरियो। अब उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन्।

सोही दिन साँझ बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा विषयमा निर्णय गरेको थियो। केही धन्यवाद, आभार व्यक्त गर्नुका साथै प्रत्येक स्थानीय तहमा न्युनतम एक उद्योगग्राम स्थापना गर्ने, प्रत्येक प्रदेश सदरमुकाममा आधुनिक र सुविधासम्पन्न खेलग्रामसहित रङ्गशाला निर्माण गर्ने र प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यवसायिक महाविद्यालय स्थापना गर्ने निर्णय समेत गरेको थियो। 

४ गते वामदेव गौतमको अध्यक्षतामा सरकारको कार्ययोजना तय गर्न समिति गठन गरियो। सो समितिले ऊर्जा, कृषि र पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ६ गते प्रतिवेदन बुझायो। समितिले वाम गठबन्धनको साझा घोषणापत्रलाई सम्बोधन हुनेगरी कार्ययोजना तयार गरेको थियो।

फागुन ६ गते मन्त्रिपरिषद्को अर्को बैठक बसेको थियो। सो बैठकले अघिल्लो सरकारले फागुन २६ को बैठकबाट सिफारिस गरेका राष्ट्रियसभा सदस्यको नाम फिर्ता लिने निर्णय गर्‍यो। फागुन ८ गते बसेको अर्को मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाका लागि नयाँ तीन जनाको नाम सिफारिस गर्‍यो।

युवराज खतिवडा, रामनारायण विडारी र विमला पौड्याललाई सिफारिस गर्‍यो। तीनै जनालाई राष्ट्रपतिले सोही दिन मनोनीत गरिन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री ओली सोही दिन बालुवाटार सरे। पहिलो पटक बालुवाटार छाड्दा आफैंले रोपेको पिपलको रुखमा पानी हालेर उनी पुन: सोही ठाउँमा प्रधानमन्त्रीको रुपमा प्रवेश गरे। फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गर्‍यो।

सोही दिनको बैठकले मन्त्रालयको संख्या घटाएर १७ बनाउने निर्णय समेत गर्‍यो। यसअघि पहिलो पटक प्रधानमन्त्री भएका बेला २६ वटा मन्त्रालयलाई बढाएर ओलीले नै ३१ बटा बनाएका थिए। तर १७ वटामा झार्ने निर्णयलाई धेरैले सकारात्मक प्रतिक्रिया दिए। उनी चुस्त सरकारको नेतृत्व गर्न चाहिरहेका भन्ने सन्देश प्रवाह भयो। 

फागुन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीलाई झन् शक्तिशाली बनाइयो। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पति शुद्धीकरण अनुसन्धान विभाग जस्ता शक्तिशाली निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइयो।

फरकफरक मन्त्रालयका मातहत हरेका ती निकायहरुमा प्रभावकारी काम नभइरहेको गुनासो बढिरहेका बेला प्रधानमन्त्री मातहत राखिनुलाई पनि धेरैले नराम्रो प्रतिक्रिया जनाएनन्। कतिपयले भने प्रधानमन्त्री अनावश्यक शक्तिशाली बन्न खोजेको आरोप लगाए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रधानमन्त्री ओलीले फागुन १४ गते पुन मन्त्रिपरिषद् विस्तार गरे। विस्तारित मन्त्रिपरिषद्मा एमालेका दुई (ईश्वर पोखरेल र युवराज खतिवडा) र माओवादीका दुई (रामबहादुर थापा बादल र मातृका यादव) मन्त्री थपिए। दोस्रो पटक विस्तारित मन्त्रिपरिषद्मा जोडिन आइपुगेका खतिवडाप्रति आम मानिसले निकै अपेक्षा व्यक्त गरे।

भद्रगोल अर्थतन्त्रलाई उनले ट्र्याकमा ल्याउने विश्वास व्यक्त गरे। अर्कोतर्फ मातृका यादवप्रति पनि सकारात्मक भाव देखियो। उनी इमानदार भएको र दृढ भएर काम गर्ने विश्वास व्यक्त गरे। ओलीको झनै प्रशंसा भयो।

प्रधानमन्त्री ओलीले फागुन २७ गते विश्वासको मत लिए। संसदमा भएको मतदानमा ओलीको पक्षमा २०८ सांसदले मत दिएका थिए।

त्यस्तै विपक्षमा भने ६० मत खसेको थियो। २७५ सांसदमध्ये २६८ मत खसेको थियो। प्रधानमन्त्री ओलीले तीन चौथाइभन्दा बढी मत पाएका थिए। ओलीलाई मधेस केन्द्रित राजनीतिक गरिरहेका र व्यक्तिगत रुपमा पनि ओलीप्रति तिक्त अभिव्यक्ति दिने नेताहरुले मत दिए।

यसले राजनीतिमा समीकरणहरु बदलिएको, स्वार्थ बदलिएको मात्रै नभइ अब मधेसका मागहरुको सहज र रचनात्मक सम्बोधन हुने आशा पनि व्यक्त भएको छ। मधेसी आन्दोलनप्रति सधैं कटाक्ष गरिरहेका ओलीले नै मधेस मुद्दालाई किनारा लगाउँछन् कि लगाउँदैनन्, त्यो भने हेर्न बाँकी छ।

चैत्र २ गते मन्त्रिपरिषद् पुन: विस्तार भयो। प्रधानमन्त्री ओलीले एमाले र माओवादी केन्द्रबाट ११ मन्त्री र ४ राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद् २२ सदस्यीय पुर्‍याए। अब उनले संविधानतः तीन जना सदस्य थप्न पाउनेछन्।

मन्त्रिपरिषद् विस्तार गर्नुअघि १ गते बेलुका बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा मन्त्रालय टुक्रयाएको थियो। मन्त्रालयको संख्या घटाएको तीन हप्तामै फुटाउनुलाई धेरैले सकारात्मक रुपमा भने लिएका छैनन्। कारण, पहिलो कार्यकालमा जस्तै उनले गठबन्धनलाई भाग पुर्‍याउनैका लागि मन्त्रालय फुटाएको पक्का छ।

तर, पूर्व प्रधानमन्त्री देउवाको कार्यकालमा जस्तो ६४ सदस्यीयसम्म मन्त्रिपरिषद् बन्न नसक्ने भएकाले खासै नकारात्मक हुनु नपर्ने भन्ने अभिव्यक्ति राख्नेहरु पनि छन्।

अघिल्लो कार्यकालमा अनेकथरी आश्वासन दिएर नाम वा बदनाम दुवै भएका थिए, प्रधानमन्त्री ओली। सोही कार्यकालकै जस्तो तिब्र त होइन तर आश्वासनहरु वितरण हुन थालेका छन्।

उनले बाचाहरु गर्न थालेका छन्। विशेषगरी उनले मुलुकको समृद्धिलाई केन्द्रमा राखेर बाचा गरिरहेका छन्। उनले नेपाल र नेपालीको मुहारमा खुसीयाली ल्याउने महाअभियान सुरू गर्ने बताइसकेका छन्। विश्वासको मत लिने दिन आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने थिए– देश बन्छ, ढुक्क भएर निदाउनुहोला । अब प्रतीक्षा छ, प्रधानमन्त्री ओलीका बाचा र आश्वासनहरुले मूर्त रुप पाउँछ कि भाषणमै सीमित रहन्छ। 

प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  २३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रव... बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनसहित अमेरिकी कंग्रेसका कर्मचारीहरूको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्