• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

समयरेखामा ओली, १९ महिनापछि फर्किए बालुवाटार

64x64
नेपाल लाइभ बिहीबार, फागुन ३, २०७४  १९:०३
1140x725

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्री भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार छाडेको १९ महिनामै उनी पुनः सोही निवास पुगेका हुन्। यसअघि २०७२ असोजदेखि ०७३ साउनसम्म उनी प्रधानमन्त्री भएका थिए।

नयाँ संविधान जारी भइसकेपछि दुई पटक प्रधानमन्त्री हुने उनी पहिलो नेता पनि हुन्। 

मंसिर १० र २१ मा दुई चरणमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा नेकपा एमाले पहिलो दल बनेपछि ओलीलाई पुन: प्रधानमन्त्री बन्ने अवसर जुरेको हो।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दलको हैसियतमा छ। प्रतिनिधिसभामा एमालेका १ सय २१, कांग्रेसका ६३,  माओवादी केन्द्रका ५३, राजपाका १७ र संघीय समाजवादी फोरमका १६ सदस्य छन्। अन्य ५ वटा दलले १/१ सिट सहित स्वतन्त्र सांसदको हैसियतमा प्रतिनिधित्व गरेका छन्। सरकार निर्माणका लागि १ सय ३८ सिट आवश्यक रहेकोमा एमाले र माओवादीका १ सय ७४ जना सांसद पुग्छन्।

बालुबाटारबाट बाहिरिएर सबैभन्दा छिटो फर्कने प्रधामन्त्री ओली नै हुन्। त्यसपछि भने शेरबहादुर देउवाको नाम आउँछ। ०५९ असोजमा बालुवाटारबाट बाहिरिएका देउवा ०६१ जेठमा फर्किएका थिए। उनी २० महिनापछि प्रधानमन्त्री निवासमा फर्किएका थिए।

०७२ असोज २४ मा प्रधानमन्त्री बन्दा ओलीलाई प्रचण्डले प्रस्ताव गरेका थिए। प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा ओलीले कांग्रेस सभापति सुशील कोइरालालाई पराजित गरेका थिए। त्यतिबेला ओलीले ३ सय ३८ मत पाउँदा कोइरालाले २ सय ४९ मत पाएका थिए। प्रधानमन्त्री हुन त्यतिबेला कम्तिमा २ सय ९८ मत आवश्यक पर्थ्यो। 

कोइरालालाई पराजित गरेर प्रधानमन्त्री बनेका ओली र उनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने प्रचण्डबीच करिब ६ महिनापछि नै असमझदारी देखिन थालेको थियो। ०७३ वैसाख २२ मा प्रचण्डले एक विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियाको बाँकी कार्यभार, संविधानको कार्यान्वयन, पुनर्निर्माणका लागि नेकपा एमालेलाई समर्थन गरेको तर परिणाममुखी कार्य अगाडि बढाउन नसकेकाले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गरेर ती कार्यभार पूरा गर्न आग्रह गरे। उनले ओलीलाई भेटेरै आफ्नो नेतृत्वमा सरकार गठनका लागि सघाउन आग्रह गरे। तर, एमाले र माओवादीबीच वैशाख २३ मा ९ बुँदे सहमति भएपछि तत्कालका लागि ओली सरकार ढलेन। यद्यपि सरकारले बजेट ल्याएपछि प्रचण्ड प्रधानमन्त्री बन्ने भद्र सहमति भने भयो।

तर, बजेटपछि ओलीले राजीनामा नदिएपछि असार २८ मा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो। प्रधानमन्त्रीलाई समर्थन फिर्ताको पत्र पठाउँदै प्रचण्डले भने, 'वर्तमान सरकारको नेतृत्व ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा हाम्रो पार्टी अब यस सरकारमा सहभागी रहिरहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं।' 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसको भोलिपल्ट अर्थात् असार २९ मा प्रचण्ड प्रस्तावक र शेरबहादुर देउवा समर्थक भएर प्रधानमन्त्री ओली विरुद्ध संसदमा अविश्वास प्रस्ताव पेश गरियो। प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा संयुक्त लगायतका दलका गरी २ सय ५५ जना सांसदले हस्ताक्षर गरे। संसद् बैठक साउन ७ का लागि बोलाइयो तर बैठक बस्न सकेन। साउन ८ र ९ गते अविश्वास प्रस्तावमा छलफल भयो। सरकारविरुद्ध प्रस्तुत भएको अविश्वास प्रस्ताव र त्यस क्रममा उठेका विभिन्न प्रश्नका जवाफ दिएपछि ओलीले ९ गते नै संसद्‌बाट राजीनामा दिए। अविश्वास प्रस्तावमाथि मतदान भएन।

ओली पहिलोपटक प्रधानमन्त्री हुनु ३ हप्ता अघिदेखि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। प्रधानमन्त्री भइसकेपछि ओलीले भारतीय नाकाबन्दीको विरोधमा अडानहरु लिए। जसले भारतीय दबाबलाई निस्तेज बनाउन सहयोग गर्योे। साथै, ओली राष्ट्रवादी नेताका रुपमा चिनिए। पछिल्लो चुनावमा एमालेको जितका लागि धेरैले ओलीको त्यही प्रधानमन्त्री काल र अडानलाई कारण मान्ने गर्छन्।
त्यस्तै, उनले भारतसँग मात्रै नभई चीनसँग पनि संवाद र सहमतिको प्रक्रिया सुरु गरे। भारतकेन्द्रित सम्बन्धलाई चीनतिर पनि विस्तार गर्ने प्रयास गरे।

तर, उनका केही अभिव्यक्तिले उनलाई मधेसमाझ अलोकप्रिय पात्रका रुपमा उभ्याइदिएको थियो। विशेषगरी उनले मधेस आन्दोलनलाई भारतीय चाहनाको उपजका रुपमा व्याख्या गर्ने र उसैले अह्राएका केही नेताले भाँडभैलो मच्चाएको रुपमा व्याख्या गरेका थिए। र, खुलेआम सोही किसिमको अभिव्यक्ति दिने गरेका थिए। 

अर्कोतिर उनी आफ्ना 'उडन्ते सपना'का कारण पनि विवादित र चर्चित भएका थिए। मानिसले खाना पकाउन ग्यास नपाएर जाडोमा रातभर डिपोअगाडि लाइन लाग्नुपरिरहेका बेला उनी पाइपबाट घरघरमा ग्यास पुर्यानउने सपना बाँड्थे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नाकाबन्दी सुरु भएको एक हप्तामै काठमाडौंका सवारीसाधनलाई इन्धन दिन नसकेर जोरबिजोर प्रणाली कार्यान्वय गर्नुपरेको र मानिसले गाडीको छतमा बसेर जोखिमपूर्ण यात्रा गर्नुपरेको अवस्थालाई कुनै प्रभावकारी सम्बोधन गर्न आवश्यक नठानेका उनले रेल र जहाजका सपना देखाएका थिए। त्यस्तै, उनी अत्यधिक खर्च र आर्थिक सहयोग वितरणका लागि पनि बदनाम भएका थिए।

मूल समस्यामा अनुदार भएका वा बेवास्ता गरेकै कारण माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको बताएको थियो।

ओलीपछि साउन १९ मा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री चुनिए। १० महिना प्रधानमन्त्री भएका उनले गत जेठ १० मा राजीनामा दिए। त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने।

प्रतिनिधिसभाका लागि भएको चुनावमा कांग्रेस दोस्रो ठूलो दल बनेपछि प्रधानमन्त्री देउवाको सत्ता त्याग स्वाभाविक भयो। उनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा गरी पदबाट बाहिरिए।

संविधानको नयाँ प्रावधानअनुसार बिहीबार नै प्रधानमन्त्रीमा ओलीका लागि दाबी गर्दै एमाले र माओवादीले राष्ट्रपतिलाई पत्र बुझाएसँगै उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। बिहीबारै सपथ ग्रहण गरी ओलीले प्रधानमन्त्रीका रुपमा आफ्नो दोस्रो कार्यकाल सुरुवात गरेका छन्। 

प्रतिनिधिसभामा बहुमत जुटाउन सक्ने दलका नेतालाई राष्ट्रपतिलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था अनुसार ओली प्रधानमन्त्री बनेका हुन्। अब उनले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ।

समयरेखामा ओली

२००८ फागुन १० – जन्म (तेह्रथुम, तीनसल्ले)

२०२३ – राजनीतिमा प्रवेश 

२०२७ – कम्युनिस्ट पार्टीको सदस्यता ग्रहण, भूमिगत, पहिलो पटक पक्राउ (फागुन)

२०२९ - झापा आन्दोलन कमिटीको प्रमुख

२०३०–४४– जेल

२०४८– देखि स्थायी समिति सदस्य

२०४८– झापा ६ बाट सांसदमा विजयी

२०५१– झापा ६ बाट सांसदमा विजयी

२०५१– गृहमन्त्रीमा नियुक्त

२०५६– झापा २ र ६ बाट सांसदमा विजयी

२०६३– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमा नियुक्त (जनआन्दोलनपछि गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा)

२०६४– झापा ७ बाट संविधानसभा सदस्यमा पराजित (चैत्र २८ गते सम्पन्न निर्वाचन)

२०७०– झापा ७ बाट संविधानसभा सदस्यमा विजयी (मंसिर ४ गते सम्पन्न निर्वाचन)

२०७०– पार्टी संसदीय दलको नेता (माघ २१ गते)

२०७१– पार्टी अध्यक्ष निर्वाचित (असार १९–२५ मा सम्पन्न नवौं महाधिवेशनबाट)

२०७२– प्रधानमन्त्री निर्वाचित (असोज २४ गते)

२०७४– झापा ५ बाट सांसदमा विजयी (मंसिर २१ गते सम्पन्न निर्वाचन)

२०७४– दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त (फागुन ३ गते) 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०७४  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्