काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई सल्लाहकारमा नियुक्त गरेको हो।
रिमाल ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि राजनीतिक सल्लाहकार नै बनेका थिए। उनी यसअघि एमाले निकट मजदुर ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव एमालेका पोलिटब्युरो सदस्यसमेत हुन्।
आजको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या घटाएर १७ वटा बनाउने निर्णयसमेत गरेको छ। यसअघि ३१ वटा मन्त्रालय सञ्चालनमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।