काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीको सपथ लिएलगत्तै ओलीले एमालेका दुई नेताहरु लालबाबु पण्डित र थममाया थापालाई सपथ गराएका हुन्।
पण्डितले जनसंख्या तथा वातावरण र थापाले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
ओली आजै प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। एमालेलाई सघाएको माओवादीले भने तत्काल सरकार नजाने भएको छ। उसले पार्टी एकताको प्रक्रिया टुंगो नलागेसम्म सरकारमा नजाने बताएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।