काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिमा ढुक्क रहन सबैलाई आग्रह गरेका छन्।
संसदमा प्रधानमन्त्रीका लागि विश्वासको मत माग्दा उठेका प्रश्नहरुको जवाफ दिँदै ओलीले देश विकासको कुरामा कुनै शंका नगर्न प्रतिपक्ष लगायतका दलहरुलाई आग्रह गरे।
‘प्रतिबद्धता र अठोटको काउन्टडाउन हुँदैन’, उनले भने, ‘देश बन्छ, ढुक्क भएर निदाउनुहोला।’
संसदमा प्रतिपक्षले खबरदारी गरोस् भन्ने अपेक्षा सत्तापक्षले राखेको बताउँदै प्रधानमन्त्री ओलीले विकास, समृद्धि र सुशासनको यात्रामा मिलेर अघि बढ्न प्रस्ताव गरे।
‘मानिसहरुले सोध्छन्, केपी ओलीलाई भोट दिइयो कि दिइएन भनेर’, ओलीले ठट्यौली शैलीमा भोट माग्दै भने ‘फर्की-फर्की आफ्नै अन्तरमनले सोध्नेछ, जवाफ दिने तपाईंले हो।’
नयाँ सरकारले परिणाम देखिने गरी काम गर्ने भन्दै ओलीले जनताको जीवनस्तरमा भिन्नता आउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।