• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

आगलागीको विपत्ति : आँखैअगाडि खरानी बन्छ घर, राहत–हात्तीको मुखमा जिरा

64x64
नेपाल लाइभ बुधबार, फागुन ३०, २०७४  ०६:३५
1140x725

राजविराज- राजविराज नगरपालिका ७ स्थित गुदरी हटियामा शनिबार आगलागी भयो। राति अढाइ बजे नौसाद सु सेन्टरमा भएको आगलागी ५० लाखभन्दा बढीको समानमा क्षति पुग्यो। चारतले घरमा लागेको आगो निभाउन सिरहाको लहान, सुनसरीको इनरुवा र सप्तरीको राजविराज तथा शम्भुनाथ नगरपालिकाका ४ वटा दमकल, स्थानीयवासी र सुरक्षाकर्मीलाई साढे ३ घन्टा लाग्यो। आगो नियन्त्रणका क्रममा राजविराज नगरपालिकाका फायर म्यान धर्मेन्द्रकुमार यादव घाइते भए।

रिसइबीका कारण परिवारभित्रकाले नै आगो लगाइदिएको पीडितले आरोप लगाएका छन्। तर, कारण नखुलेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले पनि पीडितलाई सान्त्वना दिँदै घटनाको यथार्थ छानबिन हुने र क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

यसको केही दिनअघि मात्रै विष्णुपुर गाउँपालिका १ खुरहुरीयाका विन्देश्वर यादव, हेवन यादव लगायतको घरमा आगलागी भयो। भैँसी, गोरु, बाख्रा नगद र सुन–चाँदीका गहनासमेत जलेर २० लाखभन्दा बढीको क्षति भयो। पीडितको अहिले विचल्ली छ।

पुस ८ गते बलान–बिहुल गाउँपालिका २ का राजीया यादवको घरमा आगलागी हुँदा ५ थान पशु चौपाया सहित १० लाख बढीको क्षति भयो। आगो नियन्त्रणका क्रममा राजिया र उनकी बुहारी बबिता घाइते भए।

यी, सप्तरीमा हुने शृंखलाबद्ध आगलागीका प्रतिनिधि घटना हुन्। चालु आर्थिक वर्षमा मात्रै सप्तरीमा ६२ परिवारका घर आगलागीमा परेका छन्। क्षतिको यकिन तथ्यांक नभए पनि करोडौं मुल्य बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

हावाहुरीको मौसम सुरु हुनासाथ सप्तरीमा बर्सेनि आगलागीका कारण सयौं परिवार घरविहीन हुने गरेका छन् भने करोडौंको धनमाल क्षति हुने गरेको छ। गत वर्ष पनि ३ दर्जनभन्दा बढी आगलागीका घटनामा १० करोडभन्दा बढीको क्षति भएको थियो। आव ०७२/०७३ मा २३६ घरमा आगलागी हुँदा १ जनाको मृत्यु र ४ करोड ६६ लाख ४९ हजार ७६६ बराबरको क्षति भएको थियो। घटनामा ३८ पशु चौपाया मरेका थिए।

आगलागीमा सर्वस्व गुमाएर आहत भएका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी लगायतका विभिन्न संघसंस्थाले राहत वितरण गर्ने गरेका छन्। तर, ती राहत सामग्री पीडितहरुका लागि ‘हात्तीको मुखमा जिरा’ जस्तै हुने गरेको छ। ‘आँखैअगाडि आफ्नो लाखौंको समान खरानी भएको टुलुटुलु हेरेर बस्नुपर्छ,’ पीडितहरु भन्छन्, ‘तर, राज्यका निकाय भने च्युरा, मुरी, पाल र एकदुई हजार दिएर दायित्व पूरा भएको ठान्ने परम्परा छ।’

Ncell 2
Ncell 2
nimb
nimb

क्षति बढी हुने कारण
सामान्य असावधानी र मौसम अनुसार सचेत हुन नसक्दा सप्तरीमा हरेक वर्ष आगलागीका घटना दोहोरीने गरेको छ। लामखुट्टे धपाउन बालेको घुर, ग्यास, विद्युत लगायतका कारण आगलागी हुने गरे पनि अधिकांश घटना हावाहुरीका बेला असावधानीपूर्ण आगोको प्रयोगले हुने गरेको पाइएको छ।

आगलागीपछि समयमा नियन्त्रणको पहल हुन नसक्दा क्षति बढी हुने गरेको छ। सीमित दमकल र जीर्ण बाटोका कारण घटनास्थलमा पुग्नै समय लाग्ने र पुगिसकेपछि पनि पानीको अभावमा नियन्त्रणको काम सन्तोषजनक हुन सकिरहेको छैन। बाटो अतिक्रमण गरी बनाइएका घर र गोठका कारण पनि दमकल पुग्न नसक्दा आगो नियन्त्रणमा समस्या हुने र क्षति बढी हुने गरेको बोदेवरसाईन नगरपालिका ९ सिम्रहाका नरेन्द्रनारायण साहु बताउँछन्। ‘आगो नियन्त्रण गर्न बोलाइएको दमकल कहिलेकाहीँ बाटो नपाएर घटनास्थल पुग्नै सक्दैन,’ उनी भन्छन्, ‘दमकलका कर्मचारी बाल्टी वोकेर कुद्नुपर्ने अवस्था छ।’

‘ग्रामीण क्षेत्रमा आगलागीबाट बढी क्षति हुनुको प्रमुख कारण एकपछि अर्को जोडिएका लहरेघर पनि हुन्,’ उनी भन्छन्, ‘एउटा घरमा आगो लागेपछि गाउँ नै नसकिएसम्म नियन्त्रण गर्नै सकिन्न।’ यसैका कारण हालसम्म स्वर्णपट्टि टोल चारपटक पूरै जलिसकेको र अकल्पनीय क्षति बेहोर्नुपरेको साहु बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दमकललाई भ्याइनभ्याई
दिनहुँ आगलागीको घटना हुन थालेपछि राजविराज नगरपालिकासँग रहेको एक मात्र वारुणयन्त्रलाई धपेडी सुरु भएको छ। हुन त राजविराज नगरपलिकासँग अन्य २ वटा दमकल पनि छन्, तर ५ वर्षदेखि मर्मत नहुँदा बिग्रेर ग्यारेजमा थन्किएको दमकल इन्चार्ज उमेश यादवले बताए।

‘सञ्चालनमा रहेको एउटा वारुणयन्त्र पनि ग्रामीण क्षेत्रमा पुग्न सक्ने अवस्थाको छैन,’ यादव भन्छन्, ‘दमकल अति नै होचो छ, ग्रामीण क्षेत्रको जीर्ण बाटो भएर घटनास्थलसम्म पुग्न सक्दैन।’ दमकल किन्दै ध्यान नदिएका कारण खेतबारी र आली भएर जानुपर्ने अवस्था आयो भने सडकमा बसेर गाउँ खरानी भएको हेर्नुबाहेक अर्को विकल्प नभएको उनले गुनासो गरे।

‘कुनैकुनै बेला त एकै पटक ४/५ ठाउँवाट आगो लाग्यो भन्दै खबर आउँछ,’ यादवले थपे, ‘अन्यौल हुन्छ, तर घटनाको प्रकृति हेरेर प्राथमिकता निर्धारण गर्ने गरेका छौं।’ 

यसवर्षदेखि शम्भुनाथ र हनुमाननगर कंकालिनी नगरपालिकाले पनि दमकल खरिद गरेकाले केही सहज हुने उनी बताउँछन्।

पानीको स्रोत छैन
आगलागीका कारण दमकललाई पानीको अभाव हुने गरेको छ। गाउँमा प्रशस्त पोखरी भए पनि आगलागी हुँदा पानी प्रयोग गर्न बन्देज लगाइने गरेको राजविराज नगरपालिकाका दमकल इन्चार्ज उमेश यादव बताउँछन्। 

‘पोखरीमा पानी कम भएपछि अक्सिजनको कमी हुने र माछा मर्ने भन्दै ठेकेदारले पानी भर्नै दिदैनन्,’ उनले भने, ‘यस्तो भएपछि कसरी आगो निभाउनु?’ आगलागीमा तत्काल प्रयोग गर्नुपर्ने दमकल पानी खोज्न घुम्दाघुम्दै आधा गाउँ डढ्ने गरेको उनले गुनासो गरे।

आगलागीको बेला सहज रुपमा प्रयोग गर्न सक्ने गरी स्थानीय तहले आ–आफनो क्षेत्रमा पानीको स्रोत तयार गर्न नसकेका आगलागी नियन्त्रणमा अझ समस्या आउन सक्ने उनको अनुमान छ। आगलागीका बेला पनि मान्छेले व्यक्तिगत स्वार्थ मात्रै हेर्ने गरेको भन्दै उनले थपे, ‘२/४ वर्षअघिसम्म दमकलको साइरन बजेपछि जस्तोसुकै अवस्थामा पनि बाटो खाली हुन्थ्यो। तर अहिले ट्राफिक जाम भएर राजविराजबाट बाहिर निस्कनै १५ मिनेट लाग्छ।’

पूर्वतयारीको अवस्था
गत वर्षायामको बाढीले सप्तरीमा मात्रै ५ जनाको ज्यान लियो, डेढ अर्बभन्दा बढिको क्षति भयो। बाढीको यो तनाव सकिन नपाउँदै आगलागीका घटना सुरु भएपछि सप्तरीवासी त्रसित छन्। यसै अवस्थालाई मध्यनजर गरी फागुन २२ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।

समितका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भागीथ पाण्डेयको अध्यक्षतामा बसेको बैठकले आगलागीका घटना हुन नदिन, भइहाले क्षति कम गर्ने उपाय अवलम्बन गर्न र उद्धार तथा राहतमा जुट्न पूर्वतयारी गर्ने निर्णय गरेको छ।

बैठकले स्थानीय तह, सरकारी निकाय, सुरक्षा निकाय, रेडक्रम, जिल्ला वन कार्यालय र विपदको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थालाई आ–आफनो क्षेत्रमा आगलागी सम्बन्धि चेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन गरेको छ भने स्थानीय एफएम तथा पत्रपत्रिकामा चेतनामूलक सामग्री प्रसारण गर्ने पनि निर्णय भएको प्रजिअ पाण्डेयले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  ०६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्