गोरखा–गृहमन्त्री सुधन गुरुङ राहत सामग्रीसहित शनिबार हेलिकप्टरबाट गोरखाको बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा पुगेका छन्।
गुरुङ चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबास पुगेर बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। सिर्दीबास गृहमन्त्री गुरुङको गृहपालिका मात्र नभई घरसमेत रहेको वडा हो।
उनले गोरखाका अन्य बाढी प्रभावित स्थानको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
स्रोतका अनुसार गृहमन्त्री गुरुङले राहत सामग्रीसँगै सामान ढुवानी गर्न मिल्ने दुईवटा ड्रोनसमेत सोही हेलिकप्टरमा लिएर गएका छन्।
बूढीगण्डकीमा आएको बाढीले त्यस क्षेत्रका सडक तथा पैदलमार्गसमेत बगाउँदा आवतजावत गर्न कठिन भएको छ। बाटो अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन र स्थानीयसम्म पुग्न समस्या भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।