काठमाडौं- चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढे पनि रेमिट्यान्स भने घटेको छ।
नेपाल राष्ट्र बैंक बुधबार प्रकाशित गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव ३ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३ दशमलव ४ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलव ३ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २२ दशमलव ३ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या शून्य दशमलव २ प्रतिशतले बढेको बैंकको तथ्यांकले देखाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १० दशमलव ३ प्रतिशतले बढेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।