• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

महिला क्रिकेटमा थपिएको हौसला

वुमन्स च्याम्पियन्स लिगको ट्रफी चन्द्रागिरीमा
64x64
ऋग्वेद शर्मा बुधबार, कात्तिक ६, २०७६  १७:३१
1140x725

काठमाडौं- ‘हामीलाई ठूलो राशिको पुरस्कार चाहिँदैन, धेरै रकममा खेलाडी किनिदिउन् भन्ने पनि छैन, छ त खेल्ने वातावरण पाइयोस् भन्ने मात्रै’ नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले गएको वर्ष माघमा प्रतियोगिता नै नहुनुको निराशा व्यक्त गर्दै भनेकी थिइन्।

उनै रुबिना नेपालमा पहिलो पटक आयोजना भइरहेको महिला क्रिकेटको फ्रेन्चाइज टी २० क्रिकेट प्रतियोगिता ‘वुमन्स च्याम्पियन्स लिग’ को फाइनल खेल्दै छिन्। जहाँ उनले भनेजस्तै नेपाली महिला क्रिकेटरले खेल्ने राम्रो वातावरण पाएका छन्। 

क्याट क्विन्स काठमाडौं र चितवन राइनोजबीच हुने फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार बिहान ११ः३० मा सुरु हुनेछ। फाइनल खेलअघि आयोजक ‘क्विन्स इभेन्ट म्यानजमेन्ट’ले प्रतियोगिताको ट्रफी बुधबार बिहान चन्द्रागिरीमा प्रदर्शनसमेत गरायो। 

पहिलो पटक महिला क्रिकेटमा ठूलो घरेलु प्रतियोगिता भइरहँदा ‘ट्रफी टुर’ ले आफूहरुमा क्रिकेटप्रतिको हौसला अझ थपिएको फाइनल पुगेको टिम क्याट क्विन्स काठमाडौंकी कप्तान रुबिनाले बताइन्। 

चितवन राइनोजकी कप्तान इन्दु बर्मा पनि वुमन्स च्याम्पियन्स लिगले महिला क्रिकेटको अवस्था सुधार गर्न धेरै सहयोग गरेको र धेरै कुरा बुझ्न पाइरहेको सुनाउँछिन्। दुवै टिमका कप्तान उपाधि आफूहरुले जित्नेमा विश्वस्त देखिन्छन्। 

ट्रफी चन्द्रागिरीमा ल्याएर प्रदर्शन गर्नुले प्रतियोगितालाई लिएर हौसला अझ बढेको भन्दै काठमाडौंकी कप्तान रुबिना भन्छिन्- ‘फाइनल खेल्नुअघि हामीले हाम्रा गल्तीहरु बुझेका छौँ। यसअघि पहिलो खेलमा नै हामी चितवनसँग हारेका थियौँ, पछिल्लो खेलहरुमा हामीले धेरै सुधार गरेका हौँ, फाइनलमा टिमले कसरी राम्रो खेल्न सक्छ भन्ने ध्यान दिइरहेका छौँ।’

चितवनसँगको पहिलो खेल हारेका कारण पनि धेरै कुरा बुझ्न पाएको रुबिनाको भनाइ छ। ‘उनीहरुको खेल कस्तो छ भन्ने हामीलाई थाहा छ। त्यही भएर हरेक खेलाडीलाई विचार गरेर योजना बनाइरहेका छौँ। हामीले राम्रो क्रिकेट खेल्ने छौँ’ उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

फाइनल प्रतिस्पर्धात्मक हुने दुवै टिमका कप्तान सुनाउँछन्। ‘हामी दुवै टिमलाई दुवै टिमको बारेमा थाहा छ, उनीहरुलाई हामीले पहिलो खेलमा हराए पनि त्यसपछिको कमब्याक निकै राम्रो गरेका छन्। त्यसैले फाइनल सहज हुने छैन। हामी जितका लागि पूरा मेहनत गर्नेछौँ’ चितवनकी कप्तान इन्दुले विश्वस्त हुँदै बताइन्। 

लिग चरणको ४ खेलमा ४ जित निकाल्दै फाइनल पुगेको चितवन प्रतियोगितामा अपराजित टिम हो। यता पहिलो खेलमा चितवनसँगै ५ विकेटले हारेको काठमाडौं त्यसपछिका सबै खेल जित्दै फाइनल पुगेको हो। इलिमिनेटर खेलमा विराटनगर टाइटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनलमा पुग्यो। 

उपाधि जित्ने उत्साह भन्दा ठूलो दुवै कप्तानमा पहिलो फ्रेन्चाइज टी २० प्रतियोगिता खेल्न पाउनुले नै देखिन्छ। खेलविहीन भएर क्रिकेटबाटै पलायन हुनुपर्ने हो कि भन्ने डर लिएर बाँचिरहेका उनीहरु घरेलु मैदानमा भइरहेको क्रिकेट उत्सवको निरन्तरताको आशमा छन्। 

‘असाध्यै रमाइलो वातावरणमा क्रिकेट खेल्न पाइरहेका छौँ। महिला क्रिकेट प्रोमोट भइरहेको छ। त्यसले हामीमा धेरै हौसला थपिएको छ। हामीले जस्ता खाले प्रतियोगिता होस् भन्ने चाहन्थ्यौँ त्यो भइरहेको छ। त्यसलाई सकेसम्म राम्ररी कसरी प्रयोग गर्ने भन्नेमा हामीले ध्यान दिएका छौँ’ रुबिनाले भनिन्।

रुबिना

साग खेलकुदअघि राष्ट्रिय स्तरमा यत्तिको प्रतियोगिता हुनु ठूलो कुरा भएको रुबिनाको भनाइ छ। ‘सागअघि यत्तिको वातावरणमा खेल्न पाउनु हाम्रो लागि राम्रो अनुभव हो। हामीमा थपिएको उत्साहले सागमा मनस्थिति बलियो हुनेछ। यसले खेलाडीको विकास राम्रो भइरहेको छ, नयाँ आशाको उदय भएको छ’ उनले भनिन्। 

रुबिना जस्तै इन्दु पनि महिला फ्रेन्चाइज क्रिकेटले आफूहरु एकदमै उत्साहित भएको बताउँछिन्। ‘हामीमा धेरै उत्साह थपिएको छ। यसले नेपाली महिला क्रिकेटलाई ठूलो सहयोग गर्नेछ। लुकेका खेलाडीहरु बाहिर देखिन पाएका छन्’ उनले भनिन्। 

२००७ मा मलेसियामा एसीसी प्रतियोगितामा सहभागी हुँदै अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेको नेपाली महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा राम्रो प्रतियोगिता खेल्न पाइरहेका छन्। २०१८ को अप्रिलपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सबै सदस्य राष्ट्रबीचको टी २० खेललाई अन्तर्राष्ट्रिय टी २० को मान्यता दिनुले पनि नेपाली टिमको टी २० अनुभव बढाउन यस्ता प्रतियोगिताले सहयोग गर्ने नै छ। 

इन्दु

नेपाली महिला टिमका प्रशिक्षक बिनोद दास पनि ‘वुमन्स च्याम्पियन्स लिग’ जस्तो प्रतियोगिताले नेपालमा महिला क्रिकेटको विकासमा ठूलो सहयोग गरिरहेको बताउँछन्। ‘महिला खेलाडीहरुका लागि प्रतियोगिता खेल्न पाउनु नै ठूलो कुरा भइरहेको छ। खेलाडीहरुले जति धेरै प्रतियोगिता खेल्न पाउँछन् उति नै निखारिने हुन्, यसैले यस्तो प्रतियोगिताको महत्व ठूलो छ’ दासले भने। 

नेपाल क्रिकेट संघ (क्यान) को समेत चुनाव भइसकेको अवस्थामा महिला क्रिकेटको घरेलु प्रतियोगितामा अझ विकास होला कि भन्ने आशमा प्रशिक्षक दास देखिन्छन्। ‘अब त क्यान पनि आएको छ। हेरौँ क्यानले पनि महिला क्रिकेटको विकासका लागि घरेलु प्रतियोगितामा राम्ररी अगाडि बढ्छ नै होला। वर्षमा यस्ता खाले प्रतियोगिताहरु तीन चार वटा भइदिने हुन् भने धेरै सहयोग पुग्नेछ’ उनले भने। 

खेलाडीहरुलाई आर्थिक रुपमा ठूलो सहयोग पुग्न पनि प्रतियोगिताको संख्यामा नै बृद्धि हुनुपर्ने दासको भनाइ छ। ‘एउटा प्रतियोगिताले नै खेलाडीलाई आर्थिक रुपमा ठूलो मद्धत पुग्न सक्दैन, त्यसका लागि धेरै प्रतियोगिता नै चाहिन्छ। तर, यसले उदाहरणीय सुरुवात गरेको छ निरन्तर होस् भन्ने कामना गर्दछौँ’ उनले भने।

साथै प्रशिक्षक दासले राष्ट्रिय टिमको छनोटमा पनि यस्ता प्रतियोगिताले मद्धत हुने बताए। ‘कुनै समय क्लोज क्याम्पमा खेलाडीको संख्या समेत पुग्दैन थियो। प्रतियोगिता नै नहुँदा खेलाडी खोज्न पनि समस्या नै हुन्छ। अहिलेको प्रतियोगिताले नयाँ खेलाडीहरुमा उत्साह थपेको छ। यहाँबाट पनि केही खेलाडी राष्ट्रिय टिममा आउन सक्छन्’ उनले बताए। 

गएको फागुनदेखि विभिन्न समय मिति तय हुँदै सर्दै गरेको प्रतियोगितामा क्याट क्विन्स काठमाडौं र चितवन राइनोजसँगै पोखरा पल्टन, ललितपुर फाल्कोन्स, विराटनगर टाइटन्स गरी ५ सहरका नाममा ५ टिम सहभागी भएका हुन्। जसमा हरेक टिममा १४ गरी ७० खेलाडी आबद्ध रहेका छन्। जो २५ हजारदेखि ७५ हजारसम्ममा टिममा आबद्ध भएका थिए। यसले गर्दा एकैपटक ठूलो संख्यामा महिला खेलाडीको क्रिकेट विकासमा सहयोग गरेको प्रशिक्षक दास बताउँछन्। 

काठमाडौंका प्रशिक्षक मनोज कटुवाल र चितवनका प्रशिक्षक सामसङ जङ थापा पनि बिहीबार हुने फाइनललाई लिएर जत्तिकै उत्साहित नेपाली महिला क्रिकेटमा भएको विकासले छन्। दुवै प्रशिक्षक आफूहरुको तयारी राम्रो भएको सुनाउँदै उपाधि जित्नेमा समेत विश्वस्त रहेको बताउँछन्।

‘महिला क्रिकेटमा भइरहेको यो प्रतियोगिताको रेस्पोन्स राम्रो छ। आफ्नै देशमा खेलाडीहरुले यस्तो अनुभव लिन पाउनु राम्रो कुरा हो। पुरुष खेलाडीका प्रतियोगिता भइरहँदा महिला खेलाडीलाई पनि यस्तै प्रतियोगितामा सहभागी हुन पाए भन्ने इच्छा भइरहेको हुन्थ्यो जुन अहिले पूरा भएको छ’

चितवनका प्रशिक्षक सामसङ भन्छन्, ‘हामीले सबै खेलमा राम्रो गरिरहेका छौँ, बिहीबार काठमाडौंलाई हराएर उपाधि जित्न पूरा मेहनत गर्नेर्छाैँ।’

प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले एउटा स्कुटरसहित नगद ५० हजार पाउनेछिन्। उत्कृष्ट ब्याटर र बलरले समान २५/२५ हजार प्राप्त गर्नेछन्।

प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  १७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्