काठमाडौं- प्रधामनमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयभन्दा अघि नै सक्न निर्देशन दिएका छन्। बुधबार प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित कार्यालयबाट आयोजना प्रमुखहरुसँग भिडियो कन्फ्रेन्स गर्दै यस्तो निर्देशन दिएका हुन्।
सिसिटिभीबाट राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गरेका प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरूलाई काम छिटो सक्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।
अर्यालका अनुसार प्रधानमन्त्री ओलीले बुधबार दिउँसो पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देयीय आयोजना, रानीजमरा र सिक्टा सिँचाइलगायत राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेका हुन्।
भिडियो अनुगमन र कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले विभागीय मन्त्रीहरूलाई साथै राखेर ती आयोजनाको प्रगति विवरण लिएका थिए। प्रधानमन्त्रीले अर्थमन्त्री युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुनलगायतलाई राखेर आयोजनाको प्रगति विवरण लिएको अर्यालले बताए।
प्रधानमन्त्रीले आयोजनाहरू अनुगमनपछि अहिले भइरहेको कार्यशैली बदलेर छिटो काम सक्ने वातावरण बनाउन निर्देशन दिएका थिए। आयोजनाहरु सम्पन्न हुने समय भन्दा अघिनै सञ्चालन हुनेगरि काम गर्ने आयोजना प्रखुमहरुलाई प्रधानमन्त्रीले भनेको अर्यालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।