काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे चासो व्यक्त गरेका छन्। यस्ता आयोजनाको अपेक्षाकृत प्रगति हुन नसकेकाले प्रधानमन्त्रीले बेलाबेला भिडियो कन्फ्रेन्समार्फत जानकारी लिँदै आएका छन्।
प्रधानमन्त्री ओलीले बुधबार ६ वटा राष्ट्रिय गौरवका आयोजनामा भइरहेको कामका विषयमा आयोजना प्रमुखहरुसँग प्रत्यक्ष संवाद थालेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सम्बन्धित आयोजनामा भइरहेको काम सिसिटिभीको भिडियो हेरेर आयोजना प्रमुखसँग प्रधानमन्त्रीले कुरा गर्ने स्रोतले बताएको छ।
बुधबार प्रधानमन्त्री ओलीले भेरी बबई डाइभर्स बहुउद्देश्यीय आयोजना, सिक्टा सिंचाई आयोना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्गलगायतका आयोजना प्रमुखसँग संवाद गर्नेछन्।
आयोजनाको मुख्य काम हुने स्थानमा सिसी क्यामेरा जडान गरिएकाले प्रधानमन्त्रीले सम्बन्धित आयोजनाको काम प्रत्यक्ष रुपमा हेरिरहेका छन्। त्यस्तै प्रधानमन्त्री ओलीले आयोजना प्रमुखसँग भिडियो कन्फ्रेन्समार्फत् प्रश्नोत्तर गरिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो। प्रधानमन्त्री आलीले आयोजना प्रमुखहरुसँगको संवादपछि आवश्यक निर्देशनसमेत दिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।