काठमाडौं– बलात्कार र हत्याकाण्डमा दोषी ठहर भएका एकव्यक्तिलाई नेपाल ल्याइएको छ। झापाको चन्द्रगढी–३ का लिलाराज गौतमलाई नेपाल ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।
गौतमलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालय अन्तर्गतको एनसिबीबाट पक्राउ गर्न प्रहरीको अन्तराष्ट्रिय संगठन (इन्टरपोल)मार्फत रेड नोटिसजारी गर्न भन्दै २०७४ असोज २६ गते पत्राचार भएको थियो। सोही अनुसार इन्टरपोलले २०७४ मंसिर १२ गते गौतमविरुद्ध रेड नोटिस जारी गरेको थियो।
इन्टरपोल वासिङ्टनको सहयोगमा उनी सन् २०१८ को जनवरी ५ मा उनी अमेरिकामा रहेको खुलेको थियो। उनले अमेरिकाको अध्यागमन कानून समेत उल्लङ्घन गरेकाले उनलाई तत्कालै पक्राउ गर्न भन्दै नेपाल प्रहरीले उनीविरुद्धको जोहरी दरखास्त, पक्राउ पूर्जी, अदालतको फैसला, आपराधिक विवरण इन्टरपोल वासिङ्टनलाई पठाएको थियो।
सबै कागजात पुगेपछि गौतमलाई सन् २०१८ फेबु्रअरी १३ उनलाई अमेरिकामा पक्राउ गरिएको थियो।
गौतमसहित मनोज खड्का, सिताराम बस्नेतले चन्द्रगढी–३ की सन्धा राजवंशीलाई २०५७ साल असोज २९ गते बलात्कार गरी हत्या गरेका थिए। उनीहरुले बलात्कार पश्चात घाँटी थिची हत्या गरी चालआलीको जंगल एक रुखमा युवतीको शव झुड्एका थिए।
लाश भेटिएको भोलिपल्ट असोज ३० गते उनका बाबु राजकुमार राजवंशीले प्रहरीमा जोहरी दिएका थिए।
गौतमलाई जिल्ला अदालत भाmापाले २०५८ कात्तिक २१ गते सफाई दिएको थियो। उक्त फैसला उपर पुनरावेदन गर्दा २०५८ चैत २८ गते जिल्ला अदालतको फैसला सदर भएको थियो।
पुनरावेदन अदालत इलामको फैसलालले विरुद्ध सर्वोच्चमा उजुरी दिइएको थियो। पछि सर्वोच्च अदालतेले २०६६ भदौ २९ गते गौतमसमेत तीनै जनालाई जन्मकैदको फैसला सुनाएको थियो।
गौतम त्यसबेला २०५७ कात्तिक १ गतेदेखि २०५८ साउन ३२ सम्म १० महिना हिरासत बसेका थिए। उक्त १० महिना कट्टा गरी १९ वर्ष २ महिना कैद गर्न सर्वोच्चले आदेश दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।